तुवाचुङ जायजुम् स्थल संरक्षण गर्न व्यवस्थित गर्दै लगिने
-मान्सुङ चाम्लिङ
विश्वको एकमात्र त्रिधार्मिक स्थल हलेसीसँगै रहेको किरातीहरुको उद्गमथलो तुवाचुङ जायजुमलाई संरक्षण गर्नको लागी व्यवस्थित गर्दै लगिने समितिका अध्यक्ष राकेश राईले बताउनु भयो । समितिको कार्यसमिति र हलेसी तुवाचुङ नगरपालीकाको नगरप्रमुख ईबन राई, उपप्रमुख विमला राई, प्रशासकिय अधिकृत राजकुमार राई, वडाध्यक्षहरु पृथ्वी राई, चयन्द्र राई र रमेश तिवारीलगायतका नगर कार्यकारीहरुसँगको छलफलमा तुवाचुङलाई यथासक्य संक्षण र सम्बद्र्धन गर्नको लागी नगरपालीकाले यसै आर्थिक वर्ष २०७५/०७६ देखी नै व्यवस्थित गर्न तुरुन्त पहल गर्ने प्रमुख राईले बताउनु भयो । तुवाचुङमा पर्यटक तथा तीर्थालुहरु आउँदा गाइड वा जानकारी दिने सहयोगी नभएको, तुवाचुङ स्थलमा जान गारेटो स्थायी नभएको हुनाले प्रथम चरण्माा गोरेटो स्टेप तथा सम्भव भएसम्म एक कर्मचारीको व्यवस्था तुरुन्तै आवश्यक भएको छलफलको निश्कर्ष रहेको छ ।
हलेसी तुवाचुङ नगरपालीकाले गुरुयोजनाको समिति गठन गरेसँगै यस अभियानलाई तिब्र रुपमा अगाडी लाने क्रममा तुवाचुङ समिति र नगरपालीका कार्यकारी समितिबीच भएको छलफलले थप गुरुयोजनाको कार्यलाई सहयोग पुगेको र आगामी दिनहरुमा यस समितिले आफ्नो तर्फबाट नगरपालीकालाई हरदम् सहयोग र सहकार्य गर्दै अगाडी बढ्ने समितिका उपाध्यक्षहरु बबि चाम्लिङ र सर्वधन राईले बताउनु भयो ।
स्मरण रहोस विश्वका क्रिश्चियनहरु जीवनमा एकपटक इजरायलको जेरुसेलमलाई पुग्ने अन्तिम इच्छा राख्दछन् । मुस्लिमहरु मक्कामदिना, बौद्धमार्गीहरु लुम्बिनीमा, यसैगरी नेपाली हिन्दुधार्मीहरु पशुपतिनाथमा जाने इच्छा राख्छन् । तर किरातीहरुको निश्चित धार्मिक हिसाबले अहिले सम्म अन्तिम इच्छा व्यक्त गरेर जाने स्थल भएको छैन । तरपनि किरात सभ्यता विश्वको प्राचीन सभ्यता हो । जसका स्रष्टा पुर्खाहरु तोयामा र रैछाकुले मानिन्छ । किरातीहरुको जिनको सुरुवात यही तुवाचुङ जायजुमबाट नै सुरुभएको तथा मानव सभ्याताको सुरुवात यहींबाट सुरु भएको हाम्रो मुन्धुमले औंल्याएको हुनाले विश्वमा रहेका किरातीहरु आफ्नो जीवनमा एकपटक यस उद्गम स्थलमा आउनको लागी र विश्वमा किरातीहरुको अस्तित्व बचाउनको लागी यसलाई संरक्षण गर्न आवश्यक भएको समितिका महासचिव दिनेश राईले बताए ।