Logo

लोकतन्त्रमा समृद्ध नेपालको नारा-भाई किराती


“लोकतन्त्रमा नेपाल समृद्ध बन्दैन, जब समृद्ध बन्छ त्यहाँ लोकतन्त्र नै हुँदैन ।”

लोकतन्त्र र समृद्धिका कुरा, सँगसँगै एकै साथ अघि बढ्न कदापि सक्दैन । अर्थात यी दुई थरी वस्तु आपसमा बिरोधी नै हुन, तथापि एकअर्कामा परिपुरक भने होइनन् । तर नेपालको राजनीतिक बजारमा भने “लोकतन्त्र भनेकै समृद्धि हो, समृद्धि भनेको नै लोकतन्त्र हो” भन्दै, लोकतन्त्र भन्ने बुख्याँचालाई समृद्धिको महंगो टाइ-सुटले सजाएर रंगीचंगी विज्ञापनका साथ साम्राज्यवादी दलालहरुको गोदामबाट धमाधम वितरण गरिँदैछ । त्यही भ्रमको भोका ग्राहकहरु पनि हारालुछ गरिरहेकै छन । किन कि नेपालमा सबैभन्दा धेरै खपत हुने चिज नै भ्रम हो ।

नेपाली समाजमा दन्त्य कथा र उखान टुक्काको महत्व उच्च आदर्शको रुपमा स्थापित छ । त्यसैकारण  समाजको ठूलो हिस्सा दन्त्य कथामा मन्त्रमुग्ध हुने र उखान टुक्कामा मज्जा लिने बानी सार्वभौम जस्तै छ । दन्त्य कथालाई अहिलेको युगसँग कसरी ट्याली गर्ने हो ? त्यसलाई विज्ञान र प्रविधिसँग कसरी जोड्ने हो ? भनेर बुझ्नु त परैजावस, सत्य कुरा गर्‍यो भने उल्टो सोच्छन । हुन पनि हो नै, यहाँ धार्मिक नश्लिए सत्ताको दवदवाले चेत अंकुराउँने परागकणहरु सबै फोस्रीएका छन । फेरि वर्गीय समाज भनेको लोकतन्त्रको लागि उर्बरभूमि मानिन्छ । तसर्थ लोकतन्त्र शब्दको ब्यापार निक्कै सप्रीने गर्दछ । समृद्धिका कुरा त टाढैको हो । यसरी समाजमा भ्रमको ब्यापार नफस्टाउँदो हो त लुटतन्त्र जीवित रहने कुराको कल्पना सम्म निरर्थक हुन्छ । खास लोकतन्त्रको साँचो अर्थ त्यो हुँदैहोइन, जुन ब्यापारीहरुले व्यक्त गर्दछन ।
आखिर लोकतन्त्र के हो ? :- दलाल पुँजीवादको ब्यापारको वस्तु मध्ये सबैभन्दा छिटो, छरितो र सस्तोमा बिक्ने लोकतन्त्रको मिथक नै हो । लोकतन्त्रको शाब्दिक अर्थ “लोक” भनेको जनता, “तन्त्र” भनेको शासन अर्थात लोकतन्त्र भनेको जनताको शासन हो ।


“लोकतन्त्र भनेको आम जनताले आफ्नो निम्ति आफुलाई चाहेको जस्तो आफैले शासन गरिने, संसारकै उत्कृष्ट व्यवस्था हो ।” भनी जनतालाई मख्ख पार्दछन । हो रूपपक्षलाई लिँदा ज्यादै आच्छा र लोकप्रिय नै छ । र यो भन्दा असल अर्को कुनै  व्यवस्थाको कल्पना सम्म गर्न सकिन्न ।


उता दलाल पुँजीवादको त अझै मिठास ब्याख्या छ । र अझ उनीहरूले के सम्म पनि भन्न भ्याउँछन भने, “लोकतन्त्र भनेको आम जनताले आफ्नो निम्ति आफुलाई चाहेको जस्तो आफैले शासन गरिने, संसारकै उत्कृष्ट व्यवस्था हो ।” भनी जनतालाई मख्ख पार्दछन । हो रूपपक्षलाई लिँदा ज्यादै आच्छा र लोकप्रिय नै छ । र यो भन्दा असल अर्को कुनै  व्यवस्थाको कल्पना सम्म गर्न सकिन्न । तर, तर्क र तथ्यको आधारमा भने लोकतन्त्रको वास्तविक अर्थ त्यो कदापि हुनसक्दैन । सारत: “लोकतान्त्रिक प्रणालीमा, “लोक” भनेको त्यो वर्ग हो, जसले एकाधिकार पुँजीवादी सत्ताको रक्षा गर्दछ ।” त्यसरी उसले आफ्नो रक्षकको जिम्मेवारी सुम्पिएको वर्गलाई मात्र लोक मान्दछ । यसको सोझो अर्थ, पुँजीवादी दलाल सत्ताको रक्षकहरु मात्र “लोक” हुन, अरु होइनन् । अर्थात यस शासन पद्धति अनुसार उसको रक्षक वर्ग बाहेक अरुलाई “लोक” भनेर मान्दैन । अत: यसको सिधा अर्थ, यो हो कि “नब्बे प्रतिशत श्रमजीवी वर्गलाई “गैर लोक” को बिल्ला भिडाई, पाँच देखि दस प्रतिशतको संख्याले, त्यो पनि असली साम्राज्यवादी सत्ताको मतियारहरुले मात्र शासन गर्न पाउने व्यवस्था नै लोकतन्त्र हो ।” यसमा आम जनताले चाहेजस्तो आफ्नो निम्ति आफै शासन गर्न पाउने प्रणाली भनिएको होइन । यदि देशमा त्यो ब्याख्या अनुसारको शासन प्रणाली भैदिएको भए, करिब बीस – पच्चीस वर्ष अघि नै नेपालमा जनताको शासन सत्ता स्थापित भैइ, आज हाम्रो देश उदाहरणीय बनिसक्ने कुरामा कुनै सन्देह गर्नै सकिँदैन ।

नेपालमा लोकतान्त्रिक शासन प्रणालीको हालत त्यो छ । तर विडम्बना नै मान्नु पर्छ कि नेपाल यस्तो देश हो, जहाँ कम्युनिस्ट पार्टीको स्थापना त हुन्छ, तर एउटा उत्कर्षमा पुगेपछि त्यो पनि  लोकतन्त्रवादमा पतन हुन्छ । २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिस्ट पार्टीको स्थापना भएदेखि त्यो आशाको केन्द्र बनेको थियो । तर २०४६ सालको आन्दोलन यता ठूलो हिस्साले लोकतन्त्रवाद सामु आत्मासमर्पण गर्दै संवैधानिक राजतन्त्र स्वीकार गर्‍यो । किन कि राजसंस्थाको स्वीकारोक्तिमा मात्रै लोकतन्त्रको प्राण रहन सक्थ्यो । मदन भण्डारीको अन्त्यसँगै, नेपाली बजारमा बहुदलीय प्रजातन्त्र भन्ने वस्तु नि:संकोच बिक्री गरिए । भने उता प्रचण्डले पनि माओवादको ब्यापार फिँजाए । एकताका अरुको भन्दा उसकै दोकान चल्यो । र त्यस्ले नेपालमा निक्कै उथलपुथल पनि गर्‍यो ! समयको मागसँगै राजतन्त्र सम्म हटायो । आम जनतामा यो पार्टीले धेरै गर्छ भन्ने विश्वास जगायो पनि । अन्तत: फेरि नेपाली समाजलाई धोका दिँदै जनयुद्ध लडेका मध्ये ठूलो हिस्सा लोकतन्त्रवादमा पतन भयो । निष्कर्षमा अब बहुलवादमा आधारित संसदीय ब्यवस्थाको बिकल्पै छैन ।

नेपालमा लोकतन्त्र शब्दको ब्याख्या पनि गलत ढंगबाटै गर्ने गरिन्छ । यहाँ मुखरित ब्याख्यालाई आधार मान्दा, लोकतन्त्र भनेको सबैभन्दा असल ब्यवस्था हो भन्ने कुरामा त मान्छे सहमतै होलान । यद्यपि यो व्यवस्थामा सबैलाई समान हुन्छ, अधिकार बराबर हुन्छ, स्वतन्त्र र बिकासशील  हुन्छ, तसर्थ लोकतान्त्रिक व्यवस्थाले मात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ, भन्नु सरासर भ्रम हो । लोकतन्त्रमा समृद्धिको नारा घन्काउनु भनेको दलाली वर्गचरित्र भएका मान्छेहरुको लागि मात्र समृद्धि हुनु भनिएको हो । बरु यसले नेपाली समाज सम्पन्न तथा समृद्ध भएको देख्न सम्म चाहँदैन । तसर्थ यो नियम आम जनतामा कदापि लागु हुनसक्दैन । यहाँ लोकतान्त्रिक प्रणालीको उच्चतम रुप संसदीय व्यवस्था हो । जुन व्यवस्थामा जो मन्त्रीहरु, संसदहरु र उच्च पदाधिकारीहरुको किनबेचका कुरा सार्वभौम नियम हुन्छ । तसर्थ मान्छेहरु त्यो स्थान हासिल गर्नको लागि करोडौं खर्च साथै हदैसम्मको हर्कत गर्नु पनि पछि पर्दैनन् । किनभने त्यहाँ मात्रै लोक भनिनेहरुको उचित मोलमोलाइ वा मुल्य हुन्छ । यसबाट स्पष्ट हुन्छ कि नेपालमा सर्वसाधारण अथवा सामान्य श्रमिक वर्ग, संसद लगायत उच्च पदाधिकारीको स्थानमा पुग्न सक्दैन । किन कि उसँग दलाली वर्ग चरीत्र नै हुँदैन । त्यस्तो वर्ग चरीत्र नभएका मान्छेहरुबाट उसको सत्ताको रक्षा सम्भव नै छैन । यसले, लोकतन्त्र आम जनताको हितमा छैन भन्ने कुरा पुष्टि गर्दछ । लोकतन्त्रमा, उनीहरूले भनेको जस्तै हुने भए देखि मार्क्स, एङ्गेल्सले बैज्ञानिक समाजवाद भन्ने शब्दावलीको प्रयोग गर्न सायद भ्याउने थिएनन् नै । यो लोकतन्त्र भन्ने शब्द खासमा साम्राज्यवादद्वारा निर्मित नारा हो । अत: यसले आफू बाहेक बाँकी जनतालाई समान, स्वतन्त्र र सार्वभौम बन्न दिँदैन ।

विश्वमै संसदीय प्रणाली गलत सिद्ध भैसकेको हुनाले यसको विकल्प खोज्ने वा त्यसको बैज्ञानिक बिकासको आधार निर्माण गर्ने युगमा, हामीले अझै त्यसैलाई नै  घिसारिहिड्नुको कुनै औचित्य छैन । यसर्थमा “लोकतान्त्रिक प्रणालीमा समृद्ध नेपाल हुनसक्दैन, बरु नेपाल समृद्ध हुँदा, लोकतन्त्र अस्तित्व हिन भैइसकेको हुनेछ ।” नेपालमा लोकतन्त्रको अस्तित्व कायम रहनुको मुल कारण नेपाली समाज, राष्ट्रिय पुँजी निर्माणको तहमा पुगिसकेको छैन भन्न सकिन्छ । यसो हुनुमा साम्राज्यवादको ठुलो भूमिका रहेको छ । अत: राष्ट्रिय पुँजीको उच्चतम बिकास नभई नेपाल समृद्ध हुनै सक्दैन ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्