Logo

हलेसीको समृद्धि बारे मन्थन लाकुरी भञ्याङमा


-मान्सुङ चाम्लिङ

हलेसी तुवाचुङ नगरपालीकाको पहलमा हलेसी गुरुयोजना समिति गठन गरेसँगै विभिन्न सामाजिक संगठनहरुमा यसको अभियान तिब्र हुन थालेको छ । हलेसी प्रतिष्ठानद्धारा आयोजना गरिएको वनभोज कार्यक्रमको अवसर पारेर प्रतिष्ठानले सम्मान कार्यक्रम आयोजना गरेको थियो । ललितपुर जिल्लाको लाकुरी भञ्याङमा आयोजना गरिएको वनभोज कार्यक्रमको सम्मान कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सुविन्द्र गिरीले अध्यक्षता गर्नु भएको थियो । प्रतिनीधि सभा सदस्य मा. विशाल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको कार्यक्रममा विशेष अतिथिको रुपमा नगरपालीकाका प्रमुख ईबन राई र अतिथि सोही नगरका प्रशासकिय प्रमुख राजकुमार राई लगायत समाजसेवी तथा युवा राजनीतिज्ञहरु र स्थानिय समूदायहरुको करिब १०१ बढीको उपस्थिति रहेको थियो ।

 

नगर प्रमुख ईबन राईले नगरलाई समग्र रुपमा विकास गर्न आवश्यक सहकार्य गर्न नगरले स्थानिय समूदायहरु, सामाजिक अभियान्ता तथा सामाजिक संघ संस्थाहरु, प्रदेश सरकार र केन्द्रिय सरकार तथा अन्य सरकारी, गैरसरकारी तथा राष्ट्रिय र अन्तराष्ट्रिय निकायहरुसँग सहकार्य गर्नको लागी अभियानको रुपमा अगाडी बढिएको जानकारी गराउनु भयो । प्रतिष्ठान आफैले पनि स्थानिय समुदायहरुमा सोलार लगायतको अन्य सामाजिक सेवाका कार्यहरु गर्दै आएको बारेमा नगर प्रमुखले खुलेर प्रतिष्ठानको प्रशंसा गर्नु भएको थियो । प्रमुख अतिथि भट्टराईले सबै राजनीतिक दलहरु, जनता सबै एक भएर मात्र हलेसीको विकास गर्न सकिने हुनाले प्रतिष्ठानले आयोजना गरेको वनभोज कार्यक्रमले पारिवारीक घुलमेलका साथै सबै कार्यहरुमा सहकार्य र सद्भावको विकास हुने अवगत गराउनु भयो ।

भट्टराईले आफु पनि विद्यार्थीकालमा रहँदा ५ पटक भन्दा बढी वनभोजको आयोजना गरेर विद्यार्थीहरुलाई शिक्षा, सामाजिक क्षेत्र र राजनीतिमा संगठित गर्दै अगाडी बढेको स्मरण गराउनु भयो । वनभोज जस्ता कार्यक्रमहरुले समाजलाई सकारात्मक रुपमा रुपान्तरण गर्न, एक आपसमा भेटभाट गर्न चौतारीको काम गर्ने अनुभव प्रस्तु गर्नु भयो । आफु खोटाङ जिल्लाको माननिय भएको हुनाले हलेसी गुरुयोजनालाई राष्ट्रिय परियोजनाको रुपमा लागु गर्न कुनै पनि कसुरबाँकी नराख्ने र यसलाई कार्यान्वयन गर्न स्थानिय जनताहरुको सहकार्य र भूमिका पनि उत्तिकै महत्वपुर्ण रहेको अवगत गराउनु भयो । प्रशासकिय प्रमुख राईले वनभोज कार्यक्रम एक उर्जा उत्पादन गर्ने संयोग भएको बताउनु भयो । आफु नगरमा रहेको र नगरवासी जनताहरुसँग नै खुशी साट्न पाएकोमा गर्व भएको बताउनु भयो ।

उक्त कार्यक्रममा प्रतिष्ठानलाई आर्थिक तथा अन्य सामाजिक रुपमा सहयोग पुर्याउनु भएका डेकेन्द्र राई, विदेश राई लगायतलाई सम्मान गरेका थिए । प्रतिष्ठानको अध्यक्ष सुविन्द्र गिरीद्धारा मायाको चिनो प्रमुख अतिथि विशाल भट्टराईलाई दिनु भएको थियो । उक्त मायाको चिनोमा हलेसी भेग ऐतिहासिक, धार्मिक, साँस्कृतिक स्थलहरुलाई संरक्षण गर्न आवश्यक भएको झल्किने चिनो दिनु भएको थियो । उक्त कार्यक्रममा वडा अध्यक्ष चयन्द्र राई, युवा नेता सुरेन्द्र राई, समर भुजेल, व्यवसायी हेम कार्की, समाजसेवी गजुरमान राई, भोगीराज राई लगायत उपस्थित रहेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्