Logo

होलैसुङ जनकराज मार्ग मर्मतको लागी अवलोकन


-मान्सुङ चाम्लिङ

सडक उपभोक्ता समिति गठनसँगै स्तरउन्नती गर्नको लागी कार्यसमिति र अनुगमन समितिले सडक अवलोकन गरेको छ । होलैसुङ जनकराज राई मार्ग स्थानियवासीहरुको पहलमा आर्थिक संकलन गरेर करिब एक करोड बराबरको रकम संकलन गरी १३.२७ कि.मी. कच्ची सडक सम्पन्न गरेको छ । होलैसुङ समूहको विषेश पहलमा स्थानिय नगर तथा प्रदेश सरकारसँगको सहकार्यमा प्रदेश एकबाट यही आर्थिक वर्ष ०७५÷०७६ को रकममा ५५ लाख विनियोजन भएको छ ।

उक्त रकमलाई सडक स्तरउन्नती गर्नको लागी उपभोक्ता समिति र अनुगमन समिति तिब्र रुपमा लागि परिरहेको समितिका अध्यक्ष गमिता राईले बताउनु भयो । उक्त अवलोकनसँगै यसलाई थप अगाडी बढाउन नगरपालीकासँग आवश्यक पहल गर्ने अनुगमन समितिका अध्यक्ष हस्त बहादुर राईले बताउनु भयो ।

सडक अवलोकनमा उपभोक्तम समिति अध्यक्ष गमिता राई, उपाध्यक्ष धनहरी राई, सचिव प्रदिप राई, सहसचिव भोजराज किराती, कोषाध्यक्ष कमल राई, सदस्यहरु तामान राई, चेतुविकल चाम्लिङ, अनुगमन समितिका अध्यक्ष हस्तबहादुर राई, सदस्य केवल नारायण राई र समाजेसवी जनकराज राई रहेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्