प्रवीण पुमाको हेत्छाकुप्पा नाटकमा ‘पहिचान’को खोजी
-प्रा.डा. नोवलकिशोर राई
काठामाण्डौ- प्रवीण पुमाको हेत्छाकुप्पा नाटक मुन्दुमी नाटक हो । यस नाटकमा हेत्छाकुप्पा पात्रको वरिपरि सबै पात्रहरू, परिस्थितिहरू र घट्नाहरू घुमेको छ । यसैले यस नाटको शीर्षक पनि सान्दर्भीक छ । त्यसलाई पुमाले नाटकको रूपमा देखाउन सफल भएको छ । यस हेत्छाकुप्पा नाटकमा मुख्य पात्र हेत्छाकुप्पाले आफ्नो पहिचान खोजेको छ ।
पहिचान भनेको आफ्नो वास्तिविकतालाई जस्ताको त्यस्तै उभ्याउँने हो । हरेक बस्तुको आफ्नो नै पहिचान हुन्छ । प्रत्येकले आफ्नो पहिचान खोज्छ । यस नाटकमा हेत्छाकुप्पा पात्रले पनि आफ्नो पहिचान खोजेको छ । यस नाटकमा हेत्छाकुप्पा शून्यतामा छ । यस नाटकमा सुन्यताबाट उठेको हेत्छाकुप्पाको मृत्युसम्मको घटनाहरू छन । यो नाट्यघटना नै यस नाटकको मूल कथावस्तु हो । यस नाटकमा मानवीय सम्बन्धहरू छन् । यस नाटकमा हेत्छाकुप्पासँग पशुपंक्षी, जीवजन्तु, रुखपात, चराचुरूङ्गीहरूका विचको सम्वन्ध देखाइएको छ । यी सबै मानवइत्तर सम्बन्धहरू हुन । यो कल्पना वा ईश्वरीय शक्तिको आधारमा मानिसहरू वार्तालाप गराइएको छ । यो नाट्यघटना नै हेत्छाकुप्पाको पहिचान हो ।
“पहिचान भनेको आफ्नो वास्तिविकतालाई जस्ताको त्यस्तै उभ्याउँने हो । हरेक बस्तुको आफ्नो नै पहिचान हुन्छ । यस नाटकमा प्रकृति र मान्छेको सम्बन्धलाई तादाम्यता देखाएको छ । यस नाटकमा मुन्दुमी संस्कारलाई देखाइएको छ ।”
यस नाटकमा हेत्छाकुप्पा टुहुरो पात्र हो । उस्को कुनै ज्ञानै थिएन । भोकले बेहोस भयो । तर दिदीहरूले उसलाई मरेको सम्झियो । मृत्यु संस्कार गरिदियो । र हेत्छाकुप्पालाई छोडेर पनि गयो । यो हेत्छाकुप्पाको विसम परिस्थिति हो । हेत्छाकुप्पाले केही गर्न सक्दैन । त्यैपनि आप्mनो पहिचानको लागि हेत्छाकुप्पाले आफूलाई सुन्यताबाट उभ्याएको छ । यो नै हेत्छाकुप्पाको मुख्य पहिचान हो । सुन्यताबाट आफूलाई उभ्याई सकेपछि हेत्छाकुप्पाले कतै आफूलाई निरिह ठानेको छ । कतै आफूलाई मान्छेको प्रतिनिधि ठानेको छ । यो नै हेत्छाकुप्पाको परिचय हो । उसको पहिचान हो । पहिचान भन्नु नै आफ्नो स्थापित मुल्य र मान्यता बताउनु हो । यो कुरा हेत्छाकुप्पाले आफ्नो बारेमा आफै बोलेको छ ।
हेत्छाकुप्पालाई मरेको सम्झिएर तायामा र खियामाले छोडेर जान्छन् । तर हेत्छाकुप्पा व्युउँतिन्छ । व्युउँतिएपछि हेत्छाकुप्पा एक्लै हुन्छ । कर्तव्य विहीन हुन्छ । उसकोे जीवनमा पहिचानको खाँचो हुन्छ । समस्याको पर्खाल बन्छ । चक्रङङधिक्माको आक्रमण सहनु पर्छ । महाअनिकालको सामना गर्नु पर्छ । त्यसबेला आफूले आफूलाई विश्वास गर्न सक्दैन । उसले आफ्नो जीवनको बाटो पहिल्याउँन सक्दैन । त्यहीँ अवस्थामा हेत्छाकुप्पाको पहिचानमा अप्ठ्यारो परिस्थिती आउँछ । तर आफ्नो पहिचानको खोजिमा हेत्छाकुप्पाले जीवनमा पाएको पहिचानका समस्याहरू स्वभाविक नै हो । यसलाई वर्तमान व्यक्तिको जीवनलाई प्रतिनिधित्व गरेको छ । सुन्यताबाट उठेर यो स्थितिसम्म आइपुग्दा हेत्छाकुप्पाले धेरै हन्डर खाएको छ । यो हेत्छाकुप्पाको जीवनमा आएको पहिचानको समस्या हो । तर अत्यमा आप्mनो पहिचान बनाएको छ ।
यस नाटकमा हेत्छाकुप्पाले आफ्नो दिदीहरूसँग, प्रियसीसँग, रुखपात, चराचुरूङ्गीसँग संम्वाद गरेको छ । यसबाट नाट्यघटना अगाडि बडेको छ । यो नाट्यघटना नै हेत्छाकुप्पाको पहिचान पनि हो । यस हेत्छाकुप्पा नाटकमा प्रकृतिको कुरा गरिएको छ । तायामा लेखतिर र खियामा बेशितिर जान्छ । हिउँद र वर्षा लाग्दा उनीहरूको भेट हुन्छ । तायामा र खियामालाई फूल र चरामा चित्रण गरिएको छ । यसले प्रकृति र मान्छेको सम्बन्धलाई तादाम्यता देखाएको छ । यस नाटकमा मुन्दुमी संस्कारलाई देखाइएको छ । यस नाटकमा प्रेम विवाहपछि बच्चा जन्मिएर वा पहिलो चरणको वैवाहिक संस्कार सकिएपछि बच्चा जन्मिएपछि पनि विवाह गरिएको छ । यो चलन अहिले पनि मुन्दुमी संस्कारमा कायमै छ । मुन्दुमी समाजमा यो संस्कार स्वभाविक हो । तर अन्य समुदायको संस्कारमा लागि यो संस्कार अस्वभाविक पनि हुन सक्छ । यस्को मुख्य कारण चाहिँ मुन्दुमी संस्कृति नबुझ्नु नै हो । तर नाटककारले यस हेत्छाकुप्पा नाटकमा ती मुन्दुमी संस्कार पनि चखाएको छ । अत: प्रवीण पुमाको हेत्छाकुप्पा नाटकमा पक्का पहिचानको खोजिएको छ ।