अनुभव, अनुभूति र समयको कमारो हो जिबन-भुपेन्द्रजङ्ग राई
सुमन बाङदेल
काठमाण्डौ- खोटाङ जिल्लाको साउनेमा जन्मेर कर्म थलो मकाउमा रहेर गित लेखि रहेको एक युबा प्रतिभा हुन भुपेन्द्रजङ्ग राई । ‘प्रदेशिको खबर सुनाइदिनु राम्रै छ भनेर,’ ‘मनको साथी मुटुमा राखी बाच्दैछु सम्झेर’ भन्ने चर्चित गित गितकार भुपेन्द्रजङ्ग राईले लेखेको हुन । जिबनको भोगाईको कथा ब्यथालाई गीत सङ्गीत मार्फत दर्शक सामु ल्याउने जिबन्त गितकार हुन राई । गीत सङ्गीत एउटा जिबनको दुख सुखको साथी हो, जब जीवन र जगतसित मेल खान्छ तब जिबनको दर्शन गितबाट सबैको सामु राख्ने एक प्रतिभावान गितकार हुन ।
सानै स्कुले उमेर देखी गित कोर्ने राई बिगत १० बर्ष देखी बैदेशिक रोजगार सिलसिलामा बिबिन्न देश हुँदै हाल मकाउमा रहेको छ । उनले देखेको सपना र भोगेको पिडाको भाब छ ‘प्रदेशी खबर्’ गितमा जुन उनको शन्देश एल्बममा रहेको छ । मकाउमा विशेष गरेर ब्यापार, क्यासिनो, होटेल, डिस्कोमा बिश्वब्यापी मान्छेहर आउने जाने रङ्गिन दुनियमा भौतारिएको शरिर भए पनि भाबना र बिचार नेपाल रहेको राईले बिदेशको पिडा लाई कठोर मन मस्तिष्कबाट कोरिएको एक जिबनको प्रतिबिम्ब देखिन्छ, गितकार भुपेन्द्रजङ्ग राईको गितमा ।
गित र संगीतको क्षेत्रमा प्रदेशको भुमिमा रहेर झण्डै एक दशक देखी काम गरिरहेको छन । आफनै सन्तुष्टी लागी गित लेखे पनि सकेसम्म राम्रो गित लेखेर दर्शक श्रोताहरुको मन जित्न चाहाना रहेको कुरा मुन्धुमस्टार मिडियलाई राईले बताए ।
बिदेशमा बसेर पनि देशको लागी राम्रो सोच बिचार राख्ने आउदो दिनमा नेपालमा केहि गरेर गर्ने योजना रहेको बताए । मेरो देश बिश्वको एउटा सुन्दर स्वार्ग जस्तै छ नेपाल तर यो सुन्दर देश अहिलेसम्मकै परिवेशमा राजनीतिले जोगी बनाएको छ । आउदो समयमा देशमा जुनसुकै पार्टीहरुले चलाए पनि समृद्धी र बिकास होस भन्ने कामना छ, गितकार राईले थपे ।
गितकार राईले जिबन बारे भनेको छन ‘जीवन एउटा जन्म र मृत्यु बिचको अनुभव,अनुभूति र समयको कमारो हो’ । ‘प्रदेशको भोगाइ दुख सुख जसोतसो चल्दैछ, जब हामी नेपालीहरु बिदेशी भुमिमा काम गर्ने रहर कसैको होइन एउटा बाध्यताको बिबशता हो । जुन आफ्नै जन्मभूमि भुलेर आफ्नो आम्दानीको हिसाबले बिदेशी भुमिमा काम गर्नु पर्दछ,’ गितकार राईले थपे ।
मेरो जीबनमा पैसा सबैथोक होइन एउटा समस्याको समाधान गर्नु मात्रै पैसा हो । मलाई लाग्छ माया, प्रेम र देशको स्वभिमानमा सधै बाच्छु । खेलकुद क्षेत्रमा समेत सक्रीय रहेको राई म्याराथुन्, साइकिलिङमा भाग लिने गरेको छन । स्वास्थ र इज्जतको लागि खेलकुद लागेको हुन ।
गितकार राईले प्रदेशमा बसेर समाजसेवा गरिरहेको छन । समाजसेवा अन्तर्गत किराँत राई यायोखा, तमु गेधुङ, लिम्बुको चुम्लुङ लगायत बिभिन्न जातिहरुले आफ्नो पर्व बर्षमा मनाउदा तथा गाह्रो सारो पर्दा समेत सक्रीय सहभागी भई समाजसेवा गरी राखेको छन ।