नयाँवर्ष येलेसम्बत सुनुवारको दम्दार प्रस्तुती

-मान्सुङ चाम्लिङ
राई, याक्खा, लिम्बु र सुनुवारहरु जातिहरु आफुलाई अब्बल किराती जातिको रुपमा मान्दछन् । अन्य समूदायहरुको नयाँवर्ष जस्तै अथवा बिक्रम सम्वत र ईश्वी सम्बत जस्तै किरातीहरुले पनि माघ १ गते देखी नयाँवर्षको सुरुवात मान्दछन् । यही अवसरमा किरातीहरुले आफ्नो पहिचान झल्किने, संस्कृति संरक्षण हुने किसिमले अन्र्तक्रिया, प्रशिक्षण, साँस्कतिक कार्यक्रमहरु गायन तथा नृत्यहरु जस्ता कार्यक्रमहरु राखेर आफ्नो समूदाय अनुसार सोही किसिमको परिकारहरु खाँदै एकआपसमा खुशी साटासाट गर्दछन् । यही अवसरमा सुनुवार समुदायले समिबु पिदार तथा येले सम्बत ५०७९ को अवसरमा कोटेश्वर काठमाडौंमा मनाउने क्रममा गायिका पुजा सुनुवारले आफ्नो धमाकाको साथ सुनुवार भाषामा दम्दार रुपमा प्रस्तुती दिइन ।

उक्त साँस्कृतिक कार्यक्रममा सुनुवार वुद्धिजिवि, युवा, विद्यार्थी, महिला लगायत अन्य समुदायहरुका साँस्कृतिक र भाषिक प्रेमीहरुको व्यापक जनसहभागीता रहेको थियो । शाँदार पिदारमि गोपिकु ग्लुम्शो भन्ने गितमा गायिकाले आफ्नो प्रस्तुती दिंईरहँदा श्रोताहरुले पौष महिनाको अन्तिमको चिसो अनि माघ महिनाको सुरुवातको जाडो सर्लकै फालेर पसिना पसिना भएका थिए ।
स्मरण रहोस गायिका पुजा सुनुवार संगित र साँस्कृतिक क्षेत्रमा लागिरहँदा अन्य कलाकारहरु भन्दा फरकपन पाउन सकिन्छ । गायिकाको गितहरुमा नेपाली संगितले नेपाली पहिचानलाई उच्च स्थानमा राख्न सफल बनाएकी छिन भने, आफ्नो मातृभाषामा गित गाएर आफ्नो समूदायको पहिचानलाई स्थापित र संरक्षण गर्न सहयोग पुगेको छ । आगामी दिनहरुमा यस्ता र यस्तै प्रकृतिका नयाँ नयाँ गित संगितहरु पस्किरहुन् शुभकामना छ ।