Logo

होलैसुङ जनकराज मार्ग स्तरउन्नती हुँदै


 राजु बिक्रम चाम्लिङ

काठमाण्डौ- होलैसुङ जनकराज राई मार्ग स्थानियवासीहरुको पहलमा आर्थिक संकलन गरेर करिब एक करोड बराबरको रकम संकलन गरी १३.२७ कि.मी. कच्ची सडक सम्पन्न गरेको छ । समूहले कच्ची सडक निर्माण पश्चात विभिन्न सरकारी निकायहरुसँग सहकार्य गरेर आर्थिक सहयोग जुटाउँदै सडक स्तरउन्नती गर्दै आएको छ । गएको आर्थिक वर्षमा प्रदेश नम्बर एक बाट ४ लाख र हलेसी तुवाचुङ नगरपालीकाबाट ७ लाख रकम लिएर मर्मत सम्भार गरेको थियो । साथै यसैवर्ष वडा कार्यालय दुर्छिमबाट ५ लाख रकमले सडक स्तरउन्नतीको काम गरिरहेको छ ।

उपस्थित होलैसुङ समूह

होलैसुङ समूहको विषेश पहलमा प्रदेश एकबाट यही आर्थिक वर्ष ०७५÷०७६ को रकममा ५५ लाख विनियोजन भएको छ । उक्त रकमलाई सडक स्तरउन्नती गर्नको लागी उपभोक्ता समिति गठन गरिएको छ । साविकको वडा नं.१, ३ र ४ को स्थानिय उपभोक्ताहरुको उपबिस्थतिमा वडा कार्यालय ५ को कार्यबाहक अध्यक्ष फलामसिंह राई, सदस्य हर्कराज राई, महिला सदस्य सुभद्रा राई, वडा नं.५ को सचिव सुरेश राईको उपस्थितिमा, जेष्ठ अभिभावक तथा सदस्य श्री हर्कराज राईको अध्यक्षतामा तथा कार्यवाहक वडा अध्यक्ष फलामसिंह राईको प्रमुख आतिथ्यमा उपभोक्ता समितिको छलफल गरेर गठनको गरिएको थियो । उपभोक्ता गठन प्रक्रियाको बारेमा सचिव सुरेश राईले स्थानिय तहको नीति र निर्देशिका अनुसार प्रस्तुत गरे पश्चात उपस्थित सबै उपभोक्ताहरुले ३ देखी ५ मिनेट सम्म ४५ जनाले सुझाव र सल्लाह दिएका थिए । गठनको क्रममा सबै टोलबाट उनीहरुको नै छनौटमा प्रतिनीधि पठाइएको थियो ।

उक्त छनौट भएका प्रनिधिहरुबाट पदाधिकारीहरुको छनौट सर्वसहमति मार्फत गरिएको थियो । ११ जनाको कार्यसमिति चयन गरिएको उपभोक्ता समितिमा एकतिहाई महिला रहेका छन् । समितिको अध्यक्षमा गमिता राई, उपाध्यक्ष धनहरी राई, सचिव प्रदिप राई, सहसचिव भोजराज किराती, कोषाध्यक्ष कमल राई, सदस्यहरु डिबी राई, चेतुविकल चाम्लिङ, अम्बिका राई, तामन राई, चमेली विक, दिनकला राई, सुरेश राई र जगत राई रहेका छन् । यसैगरी अनुगमन समितिमा संयोजक हस्तबहादुर राई (आमोद), सदस्यहरुमा सुलोचना राई, अन्जिल राई, रोम बहादुर राई र केबल नारायण राई रहेका छन् ।

समितिको पहिलो वैठक समेत राखेर पादर्शीताको बारेमा स्पष्ट बनाउन सडक स्तरउन्नती गर्दा गरिने आवश्यक सामग्रीहरुको जानकारी गर्न विभिन्न ३ स्थान सुचना पार्टी राखेर हरेक पटक सरसमान खरिद गरेपछि उपभोक्ता तथा समूदायहरुलाई जानकारी दिने स्थलमा राखिने, साथै समान खरिद गर्दा स्थानिय जानकार व्यक्तिहरुको प्रत्यक्ष सहभागीता गराइने निर्णय गरिएको छ । स्मरण रहोस यस समूहले सामाजिक सेवा तथा कार्यहरु गर्दा आफनै स्वखर्चमा व्यवस्थापन गर्दै आएको छ । यसकारण यस उपभोक्ता समितिले पनि सडक स्तरउन्नतीको परियोजनामा पादर्शी रुपमा कार्य गर्ने सबै जनता तथा जनप्रनिधिहरुले आसा राखेका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्