Logo

होलैसुङले गर्यो पन्ध्र हजार सहयोग अदृष्यकला केन्द्रलाई


राम रोदुङ

काठमाण्डौ- होलैसुङ समूहले विभिन्न सामाजिक सेवा तथा सहकार्य गर्दै आएको छ । यस समूहले सडक, बिरामी, आपतकालिन विपद, अग्नी पिडित, सडक दुर्घटना लगायताका सामाजिक कार्यहरुमा आर्थिक, भौतिक सहयोग गर्दै आएको छ । यसै क्रममा हलेसी तुवाचुङ नगरपालीकामा उदाउँदै गरेको युवा विद्यार्थीहरुको संगठन जुन अदृश्य कला केन्द्र स्थापना भई कलाकारिता विशेष गरी गित, संगित, नृत्य तथा अन्य साहित्यिक विद्यामा स्थानि स्तरमा अगाडी बढीरहेको छ ।

उक्त संस्थालाई हौसला स्वरुप होलैसुङ समूहको आर्थिक सहयोग रु.१५,००० (अक्षेरुपी पन्ध्र हजार) समूहका संयोजक जनकराज लगायत समितिका सदस्यहरुको उपस्थितिमा वडा नं.५ दुर्छिममा संस्थाको अध्यक्ष कुबेर राई लगायत संस्थाका संस्थाको बगम राई, रोम बहादुर राई र बुदी राईको उपस्थितिमा प्रदान गरियो ।

स्मरण रहोस होलैसुङ समूहको विशेष पहलमा करिब एक करोड बराबरको होलैसुङ जनकराज राई मार्ग १३.२७ कि.मी.को सडक दलश्वर राईचोक छापडाँडाबाट बतासेघाट ख्रोपा सम्म कच्ची सडक सम्पन्न गरेको छ । यसैगरी अन्य सामाजिक सेवाहरुमा करिब २५ लाख भन्दा बढी आर्थिक सहयोग गर्दै आएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्