डा. केसीको सैली जंगबहादुर, लगानी गरेर सेवागर्न पाइयोस

-राजु बिक्रम चाम्लिङ्
काठमाण्डौ- डा. गोन्दि केसीले सोहौं अनसुन सुरु गरेरपनि सातौं दिन भइसकेको अवस्था भएको छ । काठमाडौंबाट सुरु गरेको अनसन १५ औं अनसन पश्चिममा टोडेसँगै १६ औं अनसन पूर्वको इलाममा थालेका छन् । राज्यको एक कर्मचारी भएर पटक पटक अनसन बस्दै पूर्बाग्रही रुपमा अनसन बसीरहेको संघिय सांसद सुरेश कुमार राईले बताएका छन् । काठमाडौं विश्वविद्यालयले १२ भन्दा बढी सम्बन्ध प्राप्त गर्दा समेत केसीले कुनै अनसन नगर्नु तर अन्यको सम्बन्धन प्राप्त लिन खोज्दा बारबार अनसन बस्नु यो नियतबस हो । नेपालका युवाहरु स्वास्थ्य शिक्षा अध्ययनको लागी हजारौं संख्यामा बाहिरजाँदा आर्थिक समेत विदेसीरहेको अवस्थामा नेपालमा सम्बन्ध प्राप्त विस्तार गर्दा कुनै असर नपर्ने बताए । शिक्षा तथा स्वास्थ्य विषयगत समितिले छलफलको लागी बोलाउँदा केसीले जंगबहादुर शैलीमा आफ्नो प्रस्तुतीकरण गरेको अवगत गराउनु भयो ।
उहाँले दाहोरो संवाद नगर्ने, आफ्नो मात्र कुरा एकोहोरो राख्ने यदी सम्वाद गरेमा छलफल नै सहभागी नभई उठेर जाने आफ्नो नांगो प्रस्तुती दिएको बताए । यस्तो पूर्वाग्रहीपुर्ण अनसनले देशलाई घाटा गरिरहेको सांसद राईले बताए । केसीलाई उचाल्ने प्रतिनीधिको पात्रको रुपमा नेपाली कांग्रेसको सांसद रहेको पनि बताउनु भयो । केसीले गरेको अनसन विसुद्ध राज्यलाई सही रुपमा दिसा निर्देश गर्नको लागी भन्दा पनि कुनै राजनीतिकदलको गोटि अमुक कार्यकर्ता भएर आफ्नो अनसन बसिरहेको सांसद राईले बताए ।
मनमोहन कलेजमा नेपाली जनताहरुको ३००० भन्दा बढीले शेयर राखेका छन् । यसरी सहकारी मोडलमा संयुक्त रुपमा आर्थिक लगानी गरेर स्वास्थ्य क्षेत्रमा लगानी गर्नु गलत होइन । यसकारण उहाँहरुले आफ्नो लगानी गरेर सेवा दिन र आर्थिक व्यवस्थापन गर्न पाउनु पर्दछ ।
https://www.youtube.com/watch?v=tK3csk_32pg&fbclid=IwAR3j3NgztD_a1bG74IqPlC-08YJDh9NPAdzinJSN9fVeUfd7iTZt8rg7U6U&app=desktop