Logo

आदिवासी किरात महासंघमा नयाँ नेतृत्व : यस्तो छ घोषणा !


आदिवासी किरात महासंघको अध्यक्षमा चन्द्रसिं कुलुङ निर्वाचित भएका छन् । हासंघको चौथौ राष्ट्रिय सम्मेलनमा राष्ट्रिय सभाका सांसद अगमप्रसाद बान्तावाको प्रमुख आतिथ्य तथा प्रतिनिधी सभाका सांसद कृष्णकुमार याक्खा राईको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा भाषाविद डा. लाल रापाचा लगायत १३ सदस्य संस्थाको अध्यक्षहरुको उपस्थिति रहेको थियो । सम्मेलनले किरात प्रदेश स्थापनामा जोड दिने, किरात विश्व विद्यालय स्थापनाका लागि सम्बन्धीत निकायमा पहल गर्ने । भिन्न भाषा संस्कृति रहेका समुदायलाई जातिय पहिचानका लागि निरन्तर पहल गर्ने लगायत ७ बुदे घोषणापत्र जारी गरेको छ ।

काठमाडौंमा भएको चौथो राष्ट्रिय सम्मेलनले कुलुङको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा तेज नाछिरिङ, वल्लो किरात उपाध्यक्षमा नारादमणी साम्पाङ, माझ किरात उपाध्यक्षमा भलाकाजी थुलुङ र पल्लो किरात उपाध्यक्षमा के.बी. वान्तावा सर्वसम्मत निर्वाचित भएको आदिवासी किरात महासंघका महासचिव धिरेन सुस्तोचा बाहिङले बताए । महसचिबमा कुमार जेरो र धिरेन्द्र रुम्दाली बिच झण्डै चुनाब स्थिती भए पनि अन्तिम समय सहमतिमा अघी बढेको थियो ।

हालका निर्बाचित अध्यक्ष सहित २१ सदस्यीय केन्द्रीय कार्यसमितिको फोटो ।

त्यसैगरी महासचिवमा धिरेन सुस्तोचा बाहिङ, वल्लो किरात सचिवमा नैन सेताल्चु जेरुङ, माझ किरात सचिवमा डेगेन्द्र मेवाहाङ र पल्लो किरात सचिवमा सुजन खालिङ निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा मधुमाया मेवाहाङ, सह कोषाध्यक्षमा चाहाना थुलुङ सर्वसम्मत निर्र्वाचित भएका हुन् ।

सदस्यहरुमा प्रितम देवान, शान्ती नाछिरिङ, कविता बाहिङ, चतुरमान साम्पाङ, भद्र कला बान्तावा, रेखा कुलुङ, देव तोनीमी बाहिङ, राम कृष्णा जेरुङ, लक्ष्मी जेरुङ, दिप वालिङ सर्वसम्मत निर्वाचित भएको महासचिव बाहिङले बताए ।

 

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्