नेकपा (माओवादी केन्द्रको)ले आठौं राष्ट्रिय महाधिवेशनको प्रचार थाल्यो
रामजी प्रयास
काठमाण्डौ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी केन्द्र) को आठौं महाधिवेशन प्रचार-प्रसार अभियान उद्घाटन कार्यक्रम पुस २५ देखि सुरु भएको छ।
नेकपा (माओवादी केन्द्रले शिक्षाको केन्द्रबिन्दुलाई सफाई गर्दै पार्टिको प्रचार-प्रसार थालनी गरिएको हो । नेपालकै पुरानो क्याम्पस त्रिचन्द्र क्याम्पसबाट सरसफाइको सुरुवात गरेको छ। जनयुद्ध दिबसको अवसर पारी फागुन १ गते हुने महाधिवेशनको लागी प्रचार प्रसार र जनसयोग अभियान सुरु भएको हो ।

पुनर्गठित नेकपा (माओवादी केन्द्र)का संयोजक गोपाल किराँतीले क्रान्तिकारी विचार बोकेका पार्टीहरूसँग सहकार्य गरी सशस्त्र विद्रोह गर्ने चेतावनी दिएका छन्। किराँतीले भने ‘माक्र्सवाद, लेनिनवाद र माओवाद सिद्धान्त आत्मसात गरिरहेका क्रान्तिकारी पार्टीहरूबीच चाँडै एकता हुने र सशस्त्र विद्रोह थाल्ने छौ।’

किराँतीले तत्कालीन नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा केही नेताहरू एमालेसँग ‘आत्मसमर्पण’ गरी विलय पथमा अघि बढेका कारण क्रान्तिकारी माओवादी शक्तिहरूबीच एकता गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले विद्रोहका लागि ढिलो–चाँडो क्रान्तिकारी माओवादीहरूले सशस्त्र संघर्ष गर्नुपर्ने अवस्था निम्तिएको पनि दाबी गरे।

आठौं महाधिवेशनको लागी ब्यापक तयारी गरि रहेको नेकपाले पौष ११ गते देखी पौष ३१ गते सातै प्रदेशमा प्रदेश बैठक र प्रशिक्षण कार्यक्रम गरेर (नेकपा माओवादी केन्द्र) को भाबना आन्दोलन र इतिहासको निरंतरता विषयकमा छलफल,बैठक र प्रशिक्षण कार्यक्रम गरेको थियो। अकिल क्रान्तीकारी अध्यक्ष आलोक रायमाझिले भने ‘अब माओवादी आन्दोलन निकै बैचारिक रुपमा परिपक्वता र रचनात्मक रुपले अघि बढ्ने छ।

आठौं महाधिवेशन फागुन १ गते जनयुद्ध दिबसमा हुने भएकोले माओवादी प्रती आस्थावान सम्पूर्ण एक ठाउ आएर माओवादी पार्टीले विगतमा सर्वहारा वर्गका मुक्तिका खातिर उठाएका मुद्दाहरूलाई केन्द्रिकृत गरेर अघि बढनको लागी प्रचार-प्रसार गरिएको कुरा उपाध्यक्ष तिलक थापा मगरले बताए ।



