Logo

विशेष सम्मान तथा साङगितिक कार्यक्रम हुँदै


मुन्धुमस्टार डेस्क

काठमाण्डौ- दशैको शुभकामना साङगितिक कार्यक्रम २०७५ भब्य रुपमा गएको असोज महिनामा “आवाज नहुनेहरुको आवाजको साथमा, राष्ट्रीय कलाकारहरुको ओखलढुङ्गा चिसङ्खुगढी गाउपालिका १ कुइभिरको माझमा” भन्ने मुल नाराको साथमा चर्चित र ख्यातिप्राप्त कलाकारहरुले ओखलडुंगामा भब्य सम्पन्न भएको थियो । उक्त कार्यक्रमको कुईभिर साङगितिक कार्यक्रममा देश तथा बिदेशबाट आर्थिक, नैतिक र भौतिक सहयोग गरेर सफल बनाई दिनुहुने सम्पुर्ण महानुभावहरुलाई सम्मान स्वरुप पौष २८ गते शनिवारका दिन राष्ट्रिय नाचघर जमलमा ( विशेष सम्मान तथा साङगितिक कार्यक्रम ) भब्य गर्न लागेको छ । कुईभीर युवा साङितिक ग्रुपको उर्जाशिलयुवाहरुको आयोजना रहेको छ ।

यस कार्यक्रममा लोक-आधुनिक गायनको सम्राट बरिष्ठ गायक शम्भु राई, चर्चित  गायिका खुशी थुलुङ, युबा गायक जनम थुलुङ्, युबा गायक कुमार प्रयास, युबा गायक उदास थुलुङ, युवा गायक गणेश थुलुङ र युबा गायक मनिष पिएमले साङगितिक कार्यक्रमको बेजोड प्रस्तुती दिनेछन । यस कार्यक्रममा हट डान्सर एलिशा राई, डान्सर सुस्मा राईले घमेकेदार डान्सले स्टेज तताउने छन ।

ओखलढुङ्गा कुईभीरमा भब्य साङितिक कार्यक्रम हुँदै गर्दा बरिष्ठ गायक शम्भु राई, उद्घोषक शाहस राई लगायत अन्य कलाकारहरु

यस कार्यक्रममा संयोजकहरु, जसिहब थुलुङ, बिशाल राई, योग्य राई, बबिन राई र सुरेश कोइराला रहेको छन । त्यस्तै गरी आयोजक पबन राई, अधिश थुलुङ, दिमाहाङ राई, गजुरमान राई, बन्देश राई र अईन्द्र राई रहेको कुइभिरेली युबाहरुको सयोजन रहेको छ ।  अझ उर्जाशिल युबाहरुलाई अन्य सहयोगी सस्थाहरु कुइभिर सेवा समाज काठमाण्डौ, चस्कुच्यो मुलिनेम्, कुइभिर माबि कुइभिरटारले साथ दिएको छ ।

ओखलढुङ्गा कुईभीरमा भब्य साङितिक कार्यक्रम हुँदै गर्दा उपस्थित दर्शकहरु

चर्चित युबा हास्यकलाकार फुलेन्देको आमाले पेट मिचिमिची हसाउने छ । यस कार्यक्रममा चर्चित उद्घोषक साहस राईले गर्ने छन । यस कार्यक्रममा मुन्धुमस्टार डटकम र आफ्नो एफएम ओखलढुङ्गाले मिडिय पाटनर रहेको छ । मुख्य संयोजक साहस राई भने,  ‘युबाहरुको रहर लाग्दो र उर्जाशिल उत्साहले गर्दा नै यस्ता गर्बिलो कार्यक्रम एक युगमा एक पटक गर्छौ ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्