Logo

गायिका सुनुवारको गीत सुनुवार भाषामा पनि अब्बल


-मान्सुङ चाम्लिङ

चर्चित गायिक पुजा सुनुवार नेपाली गीतहरुमा तथा युवा गायिकाहरु मध्ये अब्बल नै छिन् । यसको साथै अब उहाँ आफ्नो मात्री भाषामा पनि अब्बल रुपमा प्रष्तुत भएकी छिन् । युवा गायिका युवा पुस्तामाझ लोकप्रिय भएसँगै देश, विदेशको कार्यक्रमहरुमा भ्याई नभ्याई छिन् । भर्खरै विभिन्न अन्तराष्ट्रिय कन्सर्टहरुमा आफ्नो दमदार प्रष्तुती दिएर उत्कृष्ट गायिकाको रुपमा पुरष्कृत समेत भइरहेकी छिन् ।

किरातीहरुको चाड उधौली भव्य रुपमा मानिरहेको समयमा गायिका सुनुवारले आफ्नो समूदायको पहिचान, संस्कृतिलाई संरक्षण गर्न र आफ्ना भाषिक पहिचानलाई स्थापित गर्न गायनको माध्यमबाट समेत नयाँ गित श्रोता माझ ल्याएकी छिन् । सुनुवार समूदायहरुले भव्य रुपमा मनाउने उधौली नृत्यसँगै सुनुवार भाषामा गित र नाचलाई आफ्नो पहिचानलाई स्थापित गर्न यस गितले सहयोग पुर्याएको छ ।

गायिका पुजा सुनुवार, बरिष्ट गायक जितेन राई लगायत कलाकार सम्मान लिन्दै …

गायिका सुनुवार अब नेपाली भाषाको साथै सुनुवार भाषा र अन्य भाषाहरुमा पनि उत्तिकै रुपमा गायिकाको रुपमा स्थापित हुँदै आएको प्रमाणित गरेकी छिन् । यस गितले श्रोताहरुको मन र समूदायहरुको भावना जितेसँगै आगामी दिनहरुमा थप आफ्नो भाषामा, आफ्नो भाषिक साँस्कृतिक पहिचानलाई संरक्षण गर्ने र पहिचान दिने साँगितिक प्रस्तुतीहरु प््रास्तुत गर्दै जाउन सुशकामना छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्