नेपालको राजनीतिमा रबिन्द्रहरुको राजनीतिक अवसान
-नारायण प्रसाद शर्मा
काठमाणडौ-नेपालको राजनीतिक इतिहासमा रबिन्द्रहरुको फरक ढंगको रह्यो । धेरै रबिन्द्रहरु बिभिन्न काण्डकै कारण अवसानको अवस्थामा आइपुगेका छन् । पञ्चायतको राजनीतिबाट आएका रविन्द्रनाथ शर्मा मरणेपरान्त भ्रष्टाचारी घोषणा गरिए । एमालेका तत्कालिन पोलिटब्यूरो सदस्य तथा मन्त्री रबिन्द्र श्रेष्ठ पार्टीको कार्यकर्तासँगै दोस्रो श्रीमती विवाह गरेर बेपत्ता भए । अहिले तीन पटकसम्म कास्की जिल्लाबाट निर्वाचित रबिन्द्र अधिकारीलाई वाइडबडी काण्डले नराम्ररी थिच्यो । उनी माथि चार अर्व ३५ करोड घोटला काण्डमा संलग्न भएको गम्भिर आरोप छ । विवेकशील साझा पार्टीका रबिन्द्र मिश्र भने संघीय निर्वाचनमा हारेका कारण अहिले नै पतनको दिशामा पुगिकेका छैनन् ।
मरोणापरन्त भ्रष्टाचारी
रबिन्द्रनाथ शर्मा
नवलपरासीमा जन्मेका रविन्द्रनाथ शर्मा २०२४ सालमा राष्ट्रिय पञ्चायतका सदस्य बनेका थिए । पञ्चायतकालमै २०२९ सालमा मन्त्री बने । २०५३ सालमा अर्थमन्त्री भएका थिए । राप्रपाका महामन्त्री बनेका शर्मा नेपाली कांग्रेसको भोट समेत मिलाएर राष्ट्रियसभाका सांसद बने । तत्कालीन एमाले पार्टीसँग मिलेर अर्थमन्त्री नै बने । अर्थमन्त्री बनेपछि सुन तस्करहरुलाई सेटिङ मिलाइदिए । उनलाई चिन्ने नाम नै सुनबुढा राखियो । उनी कांग्रेसका कोइराला परिवारका नजिकका नातेदार हुन् अर्थात नोना कोइरालाकी बहिनी ज्वाई । उनको समयमा हजारौ क्वीन्टल सुन भन्सार नातिरी भित्रााइयो । प्रहरीकै गाडीमा ल्याइएको चर्चा चल्यो । उक्त समयमा गृहमन्त्री वामदेव गौतम र प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द थिए ।
२०६० साल मंसिर १२ गते उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर ग¥यो । शर्मा सर्र्वोच्च अदालतबाट मरोणपरन्त भ्रष्टाचारी ठहरिएका पहिलो राजनीतिज्ञ हुन् । उनकी श्रीमती सरोज शर्मालाई २०७० सालको संविधानसभाको निर्वाचनमा कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट समानुपातिक सांसद बनाएका बनाइएको थियो । उनले चार करोड, ९५ लाख ५४ हजार भ्रष्टाचार गरेको र उक्त रकम छोराहरु शिशिर ज्ञावली, शरद ज्ञावली, बहुारीहरु अरुणा शर्मा ज्ञावली र शैलजा शर्मा ज्ञावली, सम्धिनी स्वस्तिका शर्मा लगायतका नाममा लुकाएर राखेको खुलेको थियो ।
दोस्रो श्रीमती लिएर टाप
रबिन्द्र श्रेष्ठ
माओवादी पार्टीमा लागेर जनयुद्धमा संलग्न रविन्द्र श्रेष्ठ एमाले पार्टीमा प्रवेश गरे । उनी मणि थापासँगै माओवादी राजनीतिबाट अलग्गिएका हुन् । माओवादी पार्टी छाडेरबसेका श्रेष्ठ एमाले पस्दा पोलिटब्युरो सदस्यसहित माधव नेपाल नेतृत्वमा मन्त्री पद समेत पड्काएका थिए । रवीन्द्र श्रेष्ठ (प्रभाकार प्रधानाङ्ग) मन्त्री निवास पुल्चोकबाटै आफूले प्रयोग गरेको सवारीसाधनसमेत त्यहीँ छाडेर बेपत्ता भए । पछि पत्रपत्रिकामा खबर आएपछि थाहा भयो, उनी त जेठी पत्नी र छोरीलाई अलपत्र पारेर काठमाडौंमा कलेजमा अध्ययनरत धादिङ निवासी अखिल कार्यकर्ता शुभेच्छा सिलवालसँग पो टाप ठोकेका रहेछन् । सभेच्छा २२ वर्षकी थिइन् भने रबिन्द्र ५० वर्षका थिए । यसबाट पार्टी कै बेइज्जत भयो भन्दै एमालेको अनुशासन कमिटीले भगौडा रबिन्द्रलाई निलम्बन समेत गरेको थियो । माओवादीका भगौडा रविन्द्र अहिले पत्रिकामा स्तम्भ समेत लेखेर नेपालै रहेको जनाउँ दिने गरेका छन् ।
सत्तामा नपुग्दै खटपट
रबिन्द्र मिश्र
बीबीसी नेपाली सेवामा लामो समय पत्रकारिता गरेका रबिन्द्र मिश्रलाई पनि नेपालको राजनीतिमा संलग्न हुने इच्छा जाग्यो । उनी बीबीसी नेपाली सेवाबाट राजिनामा दिएर संघीय निर्वाचनमा काठमाडौं १ बाट निर्वाचन लडे । तर, उनी झिनो मतले प्रकाशमान सिंहसँग हारे ।
अहिले उनी संलग्न रहेको बिबेकशील साझा पार्टीमै खटपट भएको छ । तत्कालिन बिकेकशील पार्टीका उज्जवल थापासँग रविन्द्र मिश्रको साझा पार्टीका कार्यकर्ताहरु बीच खटपटका कारण अहिले पार्टी विभाजनको तहसम्म पुगेको छ ।
वाइडबडी काण्डमा सङ्लग्न
रबिन्द्र अधिकारी
कास्कीको भरतपोखरीमा जन्मेका रविन्द्र अधिकारी एमालेमा आशालाग्दा युवा थिए । नेकपाको सरकारमा उनले राम्रो काम गर्ने चौतर्फि आशा गरिएको थियो । उनले “… भनेको जेठाजु प¥यो” भन्ने नेपाली उखानलाई चरितार्थ गरिदिए । उनी वाइडबडी खरिद काण्डमा ४ अर्ब ३५ करोड भ्रष्टाचार काण्डमा संलग्न भएको तथ्यांक लेखा समितिले छानविन गरेको उपसमितिले औल्याएपछि विवादको घेरामा परे । मन्त्री अधिकारीले वाइडबडि सम्बन्धि विवादित खरिदमा पनि नेपाल एयरलाइन्सका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई बचाउन कहिले महालेखा परीक्षकसँग किस्ता रकम पठाउन अनुमति लिएको भन्ने त कहिले मन्त्रालयबाटै छानविन गरिरहेको झुठो वयान दिएका थिए । भने महाप्रवन्धक कंसाकारलाई बचाउने प्रयास गरेकै कारण उनलाई कारबाही गर्न उपसमितिले सिफारिस गरेको छ । तर, वाइडबडि सम्झौता भने कांग्रेस पार्टीबाटै मन्त्री बन्ने जीवन बहादुर शाही र फोरम लोकतान्त्रिकबाट मन्त्री बनेका जितेन्द्र देबको पालामा भएको थियो । नेपाल एयरलाइन्समा सबै पाटपुर्जा, त्यसका प्राविधिकहरु बोइङ कम्पनीको हुँदाहुँदैपनि कमिसनकै मोहमा महाप्रवन्धक कंसाकारले एयरबस ल्याउने सम्झौता गरेका थिए । खरिद सम्झौतामा २४२ टन भनिएपनि मात्रै २३० टन भारको जहाज भित्राइएको थियो ।
संघीय चुनाव ुहनुभन्दा अघि नै लेखासमितिका तत्कालिन सभापति डोर प्रसाद उपाध्यायको सभापतित्वमा बसेको वाइडबडि खरिद सम्बन्धि बैठकमा कंसाकार प्रति नै सबैजसो सांसदले प्रश्न उठाएका थिए । नेपाल एयरलाइएन्सको व्यवस्थापन चुस्त दुरुस्त नबनाईकन अर्को जहाज नल्याउनु भनिकन लेखा समितिको बैठकले नै निर्देशन गरेको थियो । तर, सबै पार्टीका नेताहरुसँग आर्थिक लेनदेनबाटै आफ्नो काबुमा राखेको ठानेका कंसाकारले व्यवस्थापनको विषयमा टेरपुच्छर नै लगाएनन् । अझ उनले हावादारी गफ गरेर साँसदको प्रस्तुतिहरुलाई नै हासि मजाकमा उडाएका थिए । टिकट बेचेर तलब भत्ता खानुपर्ने नेपाल एयरलाइन्सका कर्मचारीहरुले केबल एयरपोर्ट हेण्डलिङबाट प्राप्त रकमले तलब भत्ता खाएका छन् । केहि ब्रोडसिट दैनिकमा समेत लगानी गरेका कंसाकार नेपाल टेलिकममा पछिल्लो पटक ७ अर्ब रुपैयाको उपकरण डम्पिङ गराएर करोडौं अनियमितता गरेका व्यक्ति हुन् ।