Logo

भाषा आयोगले नाछिरिङ भाषा सर्बेक्षण गर्दै


-शान्ती नाछिरिङ

काठमाण्डौ-नेपालामा जम्मा १२४ भाषा बोलिन्छ, त्यही मध्य एक हो नाछिरिङ भाषा । पौष २१ गतेका दिन भाषा आयोगको एक टोली नाछिरिङ बसोबास भएको क्षेत्रमा लोपन्मुख भाषा सर्बेक्षण गर्न गएको छ । भाषा आयोगको तर्फबाट डा. तोयनाथ खनालको तेतृत्व अन्य ४ जनाको सदस्यहरु सहित आदिबासी किरात नाछिरिङ जातिको भाषा ‘प्राइमरी सर्भेक्षण’ गर्न खोटाङ जिल्लाको ऐसेलुखर्क गाउपालिका वार्ड १ को राखा बाङदेलमा गएको थियो । किरात नाछिरिङ जातिको बिशेष बसोबास र उत्पतीसँग जोडिएको ऐतिहासिक थलो राधाम्मा समेत रहेको छ । ठेट भाषा समेत यही ठाउमा रहेको छ, जहाँ किरात नाछिरिङ भन्दा अन्य किरातिको मिक्स बसोबास छैन त्यही भएर बिशुद्ध नाछिरिङ भाषा बोलिन्छ ।

उक्त कार्यक्रम बाङ्देलको नाछिरिङ भबनमा नाछिरिङ समुदायको उपस्थिमा कार्यक्रम गरिएको थियो । मुन्धुमबिद तथा नोक्छो असारमनी नाछिरिङ्, भाषाबिद तथा पुर्खाहरु हरी नाछिरिङ्, पुर्णध्वज नाछिरिङ्, खड्ग सिंह नाछिरिङ्, डाकमान नाछिरिङ लगायत दर्जन  उपस्थित थिए । शिक्षक रमेश नाछिरिङ्, युबा नेता प्रदिप नाछिरिङ र जिल्लाको नेता गृह बहादुर नाछिरिङ लगायत गाउलेको उपस्थिमा ‘प्राइमरी सर्बेक्षण’ अन्तर्गत पहिलो चोटी नाछिरिङ भाषा सर्बेक्षण भएको छ । ‘यो पहिलो पटक महा-सचिब र मेरो पहल मा भएको हो अब अर्को बर्ष बृहत सर्बेक्षण हुने कुरा’ किरात रदु नाछिरिङ शाखामको अध्यक्ष तारा नाछिरिङ्ले बताए ।

किरात रदु नाछिरिङ शाखाम केन्द्रिय कार्यसमितिले बिगत २०५३ साल देखी सस्थापक अध्यक्ष प्रताप सिंह नाछिरिङ्को नेतृत्वबाट अहिले सम्म पहिचान र हक अधिकारको लागी काम गर्दै आएको छ । ऐसेलुखर्क गाउपालिकाको अध्यक्ष बिश्व प्रसाद निरौलाले ‘नाछिरिङ भाषालाई बिकास गर्न आफ्नो गाउपाली सधै तत्पर रहने’ कुरा बताए । त्यस्तै गरी ऐसेलुखर्क गाउपालिका वडा न १ को वडा अध्यक्ष झन कुमार नाछिरिङ्ले ‘अब आउदो दिनमा बजेट छुट्टाएर नै भाषा तथा सस्कृती बिकास गर्न लागेको’ समेत मुन्धुमस्टार मिडियलाई भनेको छन ।

किरात रदु नाछिरिङ शाखाम केन्द्रिय कार्यसमितिको महा-सचिब सुमब बाङदेलले ‘बिगत देखी भाषाको लागी सर्बेक्षण गर्न पहल भए पनि हाल सम्म भएको थिएन तर सस्थाको पहलमा हाम्रो भाषाको हालको स्थिती अनुसार पहिलो चरणको सर्बेक्षण भएको’ बताए । बाङ्देलले थपे ‘किरात नाछिरिङ समुदायको आफ्नो छुट्टै मौलिक भाषा छ । विविध परिस्थितिले गर्दा अहिले किरात नाछिरिङको मातृ भाषा लोपोन्मुख हालतको संघारमा पुगेको छ । यो भाषाको संरक्षण, प्रबद्र्धन, भाषा, विज्ञान विकास गर्न र पुस्तान्तरणका खातिर ढिलै भए पनि किरात नाछिरिङ समुदायबाट यो भाषा जोगाई राख्ने प्रयासको थालनी भएको छ ।’

 

नाछिरिङ जाती को हुन ?

हाल प्रकाशन भएको किरात महासँगको जर्नल मा प्रकाशन भएको ‘नाछिरिङ जातिको परिचय’ शिर्षकमा अन्तर्गत सस्थाको अध्यक्ष तारा नाछिरिङ र महा-सचिब सुमन बाङदेल द्धारा लिखित लेखको छोटो अन्श अनुसार ….विश्वमा मानिसहरूको MAN अर्थात (Mongol, Aryan and Negro)  मंगोल, आर्य र नेग्रो जातिको बसोबास रहेको छ । त्यस्तै मंगोल समुदाय अन्र्तगत किरात नाछिरिङ जाति नेपाल लगायत अन्य देशमा बसोबास गरेको छ । यस जातिको उद्गम थलो हाल मानिएको नेपालको एक नम्बर प्रदेशको खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका वडा नं.१, अन्तर्गत राखा बाङ्देलस्थित राधाम्मा ठाउँलाई मानिएको छ । यहीबाट नाछिरिङ जातिको ४ भाइ पूर्खाबाट सन्तान फैलिंदै आज विश्वको विभिन्न भू–भाग बसोबास गरेको छ । ४ भाइ पूर्खाहरू जेठा थुक्स, माइला रछ, साइला परबु र कान्छा सोत्तो पूर्खाहरूको नाम रहेको छ । जेठाको सन्तान राताप्कु राखा, माइलाको सन्तान बाम्खा वाङदेल, साइलाको सन्तान परबुु पारा र सोत्तो सोताङमा रहेको छन् । यहीबाट खोटाङ, सोलुखुम्ब, भोजपुर, सङखुवासभा, इलाम, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटा, ताप्लेजुङ, सर्लाही, उदयपुर, ओखलढुंगा, सिराहा, सप्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गुल्मी, कास्की लगायत भारत, जापान, हङकङ, युके, अमेरीका, कोरीय आदि विभिन्न देशमा रहेको छ ।

किरात नाछिरिङ जातिको दप्स्नु (सामेइ) र पाछा किरात नाछिरिङ जातिको अहिलेसम्म खोज अनुसनधानबाट पत्ता लगाए अनुसार ११० वटा सामेई छन् । नाछिरिङको आदिम उद्गम भूमि, साझा भूगोल, जनसख्ंया र जनसंख्या विवरण हेर्दा नेपालको पूर्वीभेक माझ किरातमा अवस्थित राखा बाङ्देलको राधाम्मा भूमि किरात नाछिरिङहरूका आदिम उद्गम भूमि भई हालको खोटाङ जिल्लाको उत्तरी भेग र सोलुखुम्बु जिल्लाको पूर्वी भेगको साझा भूगोलमा प्रथम आवाद गरी बसोवा गर्दै आएका हुन् । किरात नाछिरिङहरूका जनसंख्या जनगणना २०६८ सालको अनुसार ७१५४ जना र भाषिक वक्ता १०,०४० जना देखाएको छ । तर हामी नाछिरिङहरूका जनसख्ंया २ लाख भन्दा बढी छ । आजको दुनियाँमा कामको खोजीको सिलसिलामा विभिन्न मुलुकहरूमा समेत छरिन पुगेका छन् । …..(बाकी किरात महासङ्घको जर्नल हेर्न अनुरोध छ)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्