Logo

जनताको घरमा विपद्को वेला वाईसियल नेपाल


– राजु बिक्रम चाम्लिङ

काठामाण्डौ- गत पौष १६ गतेका दिन कालीकोटको पलाता गाउँपालिका १, खाडाकामा आगलागी हुँदा करिब ३ करोड ३ लाख २१ हजारको धनमाल क्षति भएको थियो । उक्त बिपतको समयमा जनताको घरमा विपद्को वेला वाईसियल नेपालले सहयोग गरेको छ ।

नचाहेर पनि प्राकृतिक आपतहरु आईपर्छन, वा अन्य कारण विपदहरु । त्यस्ता विपतिहरु आकस्मिक रुपमा हुने गर्छन । जसलाई नियन्त्रण गर्ने समय समेत हुँदैन । विशेष गरी हिउँदको समयमा आईपर्ने आगलागी, वर्षा याममा वाडी आदि । कालीकोटको पलाता गाउँपालिका १, खाडाकामा आगलागी हुँदा करिब ३ करोड ३ लाख २१ हजारको धनमाल क्षति भयो । सो समयमा प्रशासनिक निकाय, प्रदेश सरकार तथा स्थानिय तह भन्दा अगाडी आपतको समयमा वाईसियल नेपालले अग्निपिडितको घाउँमा मलम लगाउन राहत लिएर पुगे । यो ज्याँदै सहारणीय कुरा हो । वाईसियल नेपालका क्रियासिल कार्यकर्ताहरुलाई सलाम छ ।

स्मरण रहोस प्रदेश नम्बर २ मा वाडी र चिसोले जनताहरुको विचल्ली भइरहेको वेला वाईसियल नेपालका केन्द्रिय समितिका अध्यक्ष लगायत राहत लिएर जनताको घरदैलोमा मलम लगाउन पुगेका थिए, भने प्रदेश नम्बर ३ को भक्तपुर जिल्ला वाडीले घरहरु डुवानमा परिरहँदा सबै भन्दा पहिला वाईसियल नेपाल जनताको घरघरमा पुगेर आवश्यक सहयोग गरेका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्