देशका लागी चिन्तित युवाहरु सिमानाको भ्रमणमा

– राजु बिक्रम चाम्लिङ
कम्युनिष्ट पार्टीहरु एकता भइरहेको अवस्थामा तथा यो संक्रमणकालिन अवस्थामा पूर्व नेकपा माओवादी केन्द्र अन्र्तगतको वाईसियल नेपालका केन्द्रिय नेतृत्व युवाहरु तथा सोही पार्टीका जनसांस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्री लगायतका टिम नेपाल चिनको सिमानाको अवलोकन भ्रमण गरेका छन् ।
राज्यको लागी बर्तमान युवा नेतृत्वकर्ताहरु कम्युनिष्ट पार्टीहरुको एकता प्रक्रियाको समय लम्बिरहँदा पार्टीले युवाहरुलाई विजिनेस दिननसक्दा उहाँहरु पार्टीले जिम्मेवारी नदिएता पनि एक जिम्मेवार राष्ट्रसेवक युवा नेतृत्वकर्ताहरुको हिसाबले देशको विभिन्न ठाउँहरु तथा सिमानाहरुको अवलोकन भ्रमण क्रमिक रुपमा गरिरहेका छन् । २०७५ को मंशिर महिनाको दोस्रो हप्तामा वाईसियल नेपालका केन्द्रिय समितिका नेतृत्वकर्ताहरु नेपालीको पूर्वी सिमाना मेची देखी भारतको टिष्टा सम्मको अवलोकन भ्रमण तथा त्यहाँको बर्तमान अवस्था बारेमा बुझेका थिए ।
उक्त भ्रमण टोलिमा वाईसियल नेपालका केन्द्रिय अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा), महासचिव सुवोध शेर्पाली, सचिव तथा प्रदेश एक इन्र्चाज पुर्ण भुजेल (चिन्तन), सचिव मिङ्ग्मा डण्डु शेर्पा, प्रदेश एक अध्यक्ष डम्मर पुलामी (कर्मा) लगायतको टिमले दुई दिने भ्रमण गरेका थिए । यसैगरी पौषको दोस्रो हप्ता नेपालको पहाडी जिल्लाको हिमाली क्षेत्रहरु जसमा धनकुटा, तेह्थुम, संखुवासभाको गुफापोखरी लगायतको ठाउँहरुमा तथा चिन (तिब्बत) सँगको भावि नाकाको अवलोकन वाईसियल नेपालका प्रदेश एकका केन्द्रिय पदाधिकारी तथा जिल्ला अध्यक्षहरु लगायतले अवलोक भ्रमण गरेका थिए । यसै गरी अंग्रेजी नयाँवर्षको आगमनको अवसर पारेर वाईसियल नेपालका केन्द्रिय पदाधिकारी तथा जनसाँस्कृतिक महासंघका अध्यक्ष र स्थानिय जनप्रतिनिधि वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठद्धारा नेपाल चिन (तिब्बत) सँग जोडिएको मितेरी पुलको अवलोकन भ्रमण गरिरहेका छन् । जसमा मितेरी पुल तिब्र रुपमा निर्माण भएको टोलिको सामाजिक संजालले स्पष्ट पारेको छ ।
स्मरण रहोस गएको २०१८ को सेप्टेम्बर महिनामा सम्माननिय सभामुखद्धारा तिब्बत भ्रमणको समयमा चिनको केन्द्रिय सरकार र तिब्बत सरकारको सहयोगमा मितेरी पुलको शिलान्यास गर्नु भएको थियो । देशको लागी चिन्तित युवाहरु पार्टी र सरकारले विजिनेस नदिंदा आफ्नो पहलमा राज्यको अवस्था र बर्तमान गतिविधि बारेमा अवलोकन भ्रमणहरु गरिरहेका छन् । निश्चय नै युवाहरुको यो जोश र जाँगरले अबको कम्युनिष्ट पार्टी नयाँ निर्माणसँगै राज्यको विकासमा तिब्रता दिनेछ । आसा गरौं यो केही दिनमा नै कार्यान्वयनमा युवाहरुले देखाउनेछन् ।