Logo

उपाधिका लागि एपीएफ र आर्मी भिड्ने


काठमाडौं । चौथो संस्करणको आरबीबी एनभीए राष्ट्रिय पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको उपाधिका लागि विभागीय टिम आर्मी र एपीएफ भिड्ने भएका छन् ।

शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा जित निकाल्दै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा नेपाल आर्मीले नयाँ बजार स्पोर्टस क्लब तथा एपीएफले जावलाखेललाई पराजित गर्दै महत्वपुर्ण तीन अंक बटुल्न सफल भए ।

आर्मी १८ अंक सहित शीर्ष स्थानमा रह्यो । दोस्रो स्थानको एपीएफले १७ र तेस्रो स्थानको पुलिसले १६ अंक जोड्न सफल भयो । चौथो स्थानको रुपन्देहीको मणिमुकुन्दले ११ अंक जोड्न सफल बन्यो ।

शीर्ष स्थानमा उक्लिन आर्मीले नयाँ बजार स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । आर्मीले २५–१९, २५–२० र २५–१८ को सेटमा जित निकाल्न सफल भयो ।

अर्को खेलमा एपीएफले जावलाखेललाई ३–१ को सेटले हरायो । दोस्रो सेट १६–२५ ले गुमाएपनि खेलमा एपीएफले २५–१०, १६–२५, २५–१७ र २५–१२ को जित निकाल्न सफल भयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्