Logo

इतिहास, दर्शन र सभ्यता भएको चाक्चाकुर चाडलाई ‘सेक्सुवल इसु’ बाट किन हेरियो ?


-सुमन बाङदेल

काठमाण्डौ- बिषय प्रवेशमा यो पङ्तिकार किरात नाछिरिङ समुदायको व्यक्ती भएको कुरा प्रष्ट्र पार्न चाहान्छु, एक निजी दैनिक मिडियमा केहिदिन अघी ‘चाक्चाकुर चाड’लाई विवादपुर्ण समाचारको प्रति नै केन्द्रीत भएर यो लेख तयार पारिएको कुरा सादरताको साथ राख्दछु । पहिला ‘चाक्चाकुर चाड’ के हो ? बाट नै विषयबस्तु उठान गरौ । कुलुङ भाषामा मीनाको अर्थ ‘मान्छे’ र मिनारीको अर्थ ‘मान्छेको पाखुरी’ हुन्छ । दाचाम्को अर्थ ‘भण्डार वा ढुकुटी’ हो भने निङ्दोङले ‘नयाँ वर्ष’ र चाक्चाकुरले ‘चासुम् अर्थात अन्नको सह’ तथा पुस महीनालाई जनाउँछ । मानव पाखुरीको बलबाट फलेर भण्डारण गरिएको अन्नको नयाँ वर्षमा सह होस् र नयाँ सालमा अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई शुरुको समय पुज्नु हो ।

नेपालको वास्तविक चिनारी भनेकै जातीय विविधता, भाषिक विविधता, साँस्कृतिक विविधता, धार्मिक विविधता, भगौलिक विविधता आदि नै हो । चाक्चाकुर चाड खाद्यान्न भण्डारण गरिएको अन्न उपभोगले स्वास्थ्यमा प्रतिकूल असर नगरोस् र सबैको सुख शान्तिका लागि कुलुङ समुदायले चाक्चाकुर चाड मनाउने गर्छन् । पुस १५ पछि सुरु भएको चाक्चाकुर पर्वमा उनीहरू रमाइरहेका छन् । पुसभरि नै यो पर्व मनाइने गरिन्छ । चाक्चाकुर चाड मनाउन कार्यक्षेत्रबाट गाउँ आएकाले बस्ती भरिभराउ भएको हुन्छ, विशेष गरी अध्ययन तथा रोजगारीको सिलसिलामा गाउँ बाहिर भएकासमेत छुट्टी मिलाएर घर आएका हुन्छन । यसरी सामाजिक रुपमा समुदायले भब्य मनाउने चाड चाक्चाकुर हो । चाक्चाकुरमा सबै गाउँभरिका मानिस भेला भएर नाचगान, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न किसिमका खेल खेलेर रमाइलो गर्दै मनाइन्छ ।

किरात कुलुङ जातिको ‘चाक्चाकुर चाड’मा आफनै दर्शन, सौर्न्दर्यता, सभ्यता र इतिहास जोडिएको छ, हिन्दु धर्ममा मानिने शिबरात्रीमा राज्यमा कानुनबाट बर्जित गाजा खान छुट हुने देशमा ‘सेक्सुवल इसु’ बाट हेरिनु कतिको सकारात्मक दृष्ट्रीकोण हो ? ठाउँ ठाउँमा भिबिन्न चाडपर्वमा र मेलामा किन कण्डम बितरण गरिएन ? वा गरिए भने किन समाचार आएन ? मुख्य प्रश्नहरु सबैलाई हुनेछ । एकल जातिय दृष्ट्रीकोणले हेरिनु गलत हुनेछ ।

औपचारिकरुपमा देशभर चाक्चाकुरलाई मनाउने शुरुआत नेपाल किरात कुलुङ भाषामा संस्कृति उत्थान संघ्, केन्द्रीय कार्यसमितिको पहलमा २०६२ बाट थालिएको कुरा संस्थाको महासचिवा ईन्द्र कुलुङले पङ्तिकारलाई एक भेटमा ब ताएको थियो । कुलुङजातिको महान् चाडका रुपमा लिइने चाक्चाकुरको अवसरमा महाकुलुङ गाउँमा विभिन्न प्रतियोगिताको आयोजना गरिन्छ जस्तै: भाले जुधाई, गोरु जुधाई, धनु हान्ने, छेलो हाने, भलिबल्, फुटबल, गायन, नृत्य, टेबलटेनिस आदी गेम हुन्छ । साँस्कृतिका रुपमा पुर्खाहरुले गर्दै आएको परम्परा खेल खेलिन्छ । भेषभुषा गरगहना, लवाई, खुवाई देखाउने, त्यहिलाई निरन्तर दिन पुर्खालाई सम्मान दिन यो चाड मनाईन्छ । सामाजिक र साँस्कृतिक चाडमा आफनै बैज्ञानिक विधि र प्रणाली रहेको छ भने साँस्कृतिक आफ्नै मुल्या मान्यता रहेको छ ।

कुलुङ जातिको साँस्कृतिक पोशाकमा सजिएको महिला र पुरुषहरु
कुलुङ जातिको साँस्कृतिक पोशाकमा सजिएको महिलाहरु र पुरुषहरु

यसरि मनाईने चाडलाई समाजको दायित्व र कर्तब्य स्वरुप स्वास्था चौकि, सुरक्षाकर्मि, स्वंयमसेवक हुन्छन । यस्ता बिषयलाई मिडियमा अतिरिन्जित गर्नु भन्दा पनि सहयोगी हुनुपर्दछ । सुरक्षित यौनका लागि कण्डम आवश्यक छ । त्यो कण्डम सर्वसुलभ नभएको अवस्था, हुँदा पनि लिन जान लाज लाग्ने अवस्थामा वितरण गरेर ठिक कार्य भए पनि ‘कण्डम बाडेकै शिर्षक्’ मा समचार आउन पर्ने जरुरी देखिदैन । बरु कुनै चाडको बिशेष कुराको महत्वको बारेमा उचित हुन्छ । हिजोदेखी नै एक पक्षिय रुपमा नक्ष्लिय समाचार आएको प्रमाणित हुन्छ । ‘सेक्सुवल इसु’बाट नै हेरिने हो भने हिन्दू धर्मको शिबरात्रीमा सबै भन्दा धेरै  ‘सेक्सुवल इसु’ हुन्छ तर ‘चाक्चाकुर कण्डम प्रसंग’कै समाचार बन्नु अचम्म नै हो ।

कुलुङको साँस्कृतिक संस्कृतिमा कुनै एक राष्ट्रिय दैनिकमा आएको न्युजमा आंशिक सत्यता होला तर किरात कुलुङ समुदायको  ‘साँस्कृतिक चाड चाक्चाकुर’ लाईअन्य ढङबाट प्रहार  गर्न पाइदैन । चाक्चाकुर चाडमा आफनै दर्शन, सौर्न्दर्यता,  सभ्यता र इतिहास जोडिएको छ । हिन्दु धर्ममा मानिने शिबरात्रीमा राज्यमा कानुनबाट बर्जित गाजा खान छुट हुने देशमा ‘सेक्सुवल इसु’ बाट हेरिनु कतिको सकारात्मक दृस्टीकोण हो ? ठाउँ ठाउँमा भिबिन्न चाडपर्बमा र मेलामा किन कण्डम बितरण गरिएन ? वा गरिएको भए वा हो भने किन समाचार आएन ? यो सोचनिय र बिचारनिय प्रश्न छ ।  यहाँ एउटा गम्भिरे प्रश्न छ, ‘शिक्षा र चेताना फरक हुन’ भन्ने प्रमाणित हुन्छ ।

बरु सबै जातको फुलहरु बंगैचामा फुल्न दिने निती अनुसार चाक्चाकुरलाई राज्यले पनि विशेष महत्वको चाडका रुपमा मान्यता दिनु पर्दछ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्