Logo

विप्लवले पार्टीका प्रवक्ता प्रकाण्डलाई पुन पक्राउ पूर्जी जारीप्रति निकाले कडा विज्ञप्ति, पूर्णपाठः


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका प्रवक्ता प्रकाण्डलाई पुनः पक्राउ पूर्जी जारीप्रति आपत्ति जनाएका छन् । अदालतले सफाई दिइसकेको मुद्दालाई पुनः उल्ट्याइएको भन्दै विप्लवले कडा आपत्ति जनाएका हुन् ।

सर्वोच्च अदालतले खारेज गरिसकेको उदयपुर र संखुवासभा अदालतले जारी गरेको मुद्दालाई सरकारले उल्ट्याएको छ । सोही मुद्दामा प्रवक्ता प्रकाण्ड र पोलिट्ब्यूरो सदस्य मोहन कार्कीलाई पुनः गिरफ्तार प्रहरीले पूर्जी टाँसेको थियो ।
विप्लवले आइतबार विज्ञप्ति जारी गरेर जनताको संघर्षका कारण खारेज भइसकेको मुद्दालाई पुनः ब्यूँत्याएकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताएका छन् ।

“२०७५ पुस १३ गते सामाजिक दलाल सरकारले हाम्रा पार्टीका प्रवक्ता एवम् स्थायी समिति सदस्य कमरेड प्रकाण्ड र पोलिटब्युरो सदस्य जीवन्तका नाममा यसअघि नै हाम्रो पार्टीको निर्देशन र नेतृत्वमा जनताको निरन्तरको सङ्घर्षका कारण उनीहरूकै न्यायालयले खारेज गरिसकेको उदयपुर र सङ्खुवासभाका मुद्दा पुनः ब्यूँत्याएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विप्लवले पार्टीलाई आधिकारिक रुपमा पत्र नलेखेका कारण वार्ता दमन गर्न प्रपचञ्च गरिएको षड्यन्त्र भएको बताएका छन् । “एकातिर वार्ताको हल्ला मात्र फिजाउने तर अर्कोतिर आधिकारिक पत्र नै नपठाई हाम्रो पार्टीमाथि दमन गर्ने प्रपञ्च केपी—प्रचण्डको सरकारले गरेको यी हर्कतले पुष्टि गरेको छ । उनीहरूको यस्तो हर्कतको हामी घोर भत्र्सना गर्दछौँ” विप्लवले भनेका छन् ।

महासचिव विप्लवले आफ्नो पार्टीका नेताहरूका विरुद्ध उनीहरूकै न्यायालयले खारेज गरेको मुद्दालाई पुनः ब्युँत्याउनु भनेको उनीहरूले भन्दै आएको मानवअधिकारको उल्लङ्घन मात्र नभएर उनीहरूले गर्दै आएको भ्रष्टाचार, जनतामा थोपरेको महँगीलाई वैधानिकता दिने काम भएकाले यसको सबै मानवअधिकारवादी, कानुन व्यवसायी र सच्चा लोकतन्त्रवादीहरूलाई विरोध गर्न पनि आह्वान गरेका छन् ।

यस्तो छ विज्ञप्ति

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्