Logo

नेकपा (माओवादी केन्द्र) को आठौ महाधिवेशनको लागि प्रदेश सम्मेलन सुरु


नेपागञ्ज-तत्कालिन नेकपा (माओवादी केन्द्र)ले ६ र ७ नम्बर प्रदेशको आफ्नो आठौ महाधिवेशन कोहल्पुरमा आज बुधबारबाट सुरु हुन लागेको नेकपाका जिल्ला ईन्चार्ज, केन्द्रिय सदस्य कृष्ण बोहराले बताउनुभयो ।

पछिल्लो समय निकै दौडधुपका साथ नेकपा केन्द्रले आफनो संगठन सुदृकरण सँगै बलियो बनाउनको लागि विभिध कार्यक्रम गर्दै आएको छ । तत्कालिन नेकपासँग पार्टीको नामको विषयमा विवाद गर्दै आएको गोपाल किराती नेकपा माओवादी केन्द्रले विभिन्न प्रदेशमा आफ्नो महाधिवेशन सहितछ प्रशिक्षण कार्यक्रम चलाउदै आएको छ ।

बुधबार हुने कार्यक्रममा नेकपाका अध्यक्ष गोपाल किराती, नेकपाकै महासचिव कर्णजीत बुढाथोकी सुसिल, लगाएत नेता कार्यकर्ताको सहभागिता रहने भएको बोहराले जानकारी दिए । २०७५ जेष्ठ ३ गते तत्कालिन नेकपा एमालेमा माओवादी केन्द्रको पार्टी विलय भएपछि दश वर्षे जनयुद्धको रक्षा क गर्नको निम्ती नेकपा माओवादी केन्द्रको महाधिवेशनको लागि आठौ प्रदेश सम्मनेन बुधबारबाट सुरु भएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्