समृद्ध नेपालको बाधक, धार्मिक सत्ता हो !
-भाई किराती
काठमाण्डौ- “हरेक ऐतिहासिक कालखण्डको आ-आफ्नै महत्त्व र ऐतिहासिकता रहन्छ । जसले समाजको हरेक ऐतिहासिक चरणहरुको बारेमा लेखाजोखा गरि सुरक्षीत गर्दछ । अत: वैज्ञानिक समाजवादी सिद्धान्तका प्रतिपादक कार्ल मार्क्सले समाजलाई इतिहास भनि सम्बोधन गर्दछन ।” किन कि मानव समाज नै इतिहासको प्रमुख निर्माता हो । प्राप्त नेपालको इतिहासमा खोज्दा भेटिएका अर्थात दस्तावेजिकरण गरिएका हरेक चरणको प्रत्येक सामाजिक प्रणाली वा राज्य व्यवस्थाको बारेमा अध्ययन गर्दा कुनै युगको उपलब्धि बाहेक खासै ऐतिहासिक क्रान्ति भएको देखिदैन । अर्थात किरात काल बाहेक त्यो लिच्छविकाल होस् वा शाहकाल, राणाकाल, पञ्चायतकाल अझै प्रजातान्त्रिक व्यवस्था, संघीय गणतान्त्रिक भन्ने व्यवस्थालाई नै लिने हो भने खासै अर्थपूर्ण युग भेटिँदैन ।
हरेक राज्य व्यवस्था त्यो शासकको दार्शनिक दृष्टिकोणमा निर्भर गर्दछ । यदि उसँग द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण छ भने प्रगतिशील राज्य व्यवस्था स्थापना गर्दछ । तर यदि उसँग अध्यात्मवादी दृष्टिकोण छ भने अप्रगतिशील घेरा सहितको व्यवस्था लाद्ने गर्दछ । किन कि विश्वमा अध्यात्मवादी दृष्टिकोण र द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण गरी दुईवटा विश्व दृष्टिकोण मौजुद छ्न । अध्यात्मवादी दृष्टिकोणले आत्मालाई मुल सत्ता मान्दै भौतिक अस्तित्वलाई निशेध गर्दछ, जसले काल्पनिक ईश्वरवादलाई सर्वेसर्वा मान्दछन । र जत्ति पनि भौतिक जगत छन त्यस्को रचना परमेश्वरले गर्यो, भन्ने मान्यता राख्दछ्न । भने द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले पदार्थलाई मुलसत्ता मान्दछ । अर्थात भौतिक जगत, कसैको इच्छा वा मेहनतद्वारा निर्माण गरिएको थिएन, बरु आफ्नै स्थुल भौतिक गति शक्ति र सुक्ष्म भौतिक गति शक्तिको परिणामस्वरूप निर्माण भएको हो । भौतिक जगतको उत्पत्ति पहिलो अनि त्यस्को प्रतिबिम्ब चेतना हो भन्ने मान्दछ । यसको सोझो अर्थ पदार्थ अविनाशी र शाश्वत छ, अथवा आत्मा, परमात्मा मरणशील र स्थिर छ भने पदर्थ अमरणशील र गतिशील छ । अत: वस्तुगत जगतको भौतिक परिवेश प्रतिकुलतामा चेतनाको अस्तित्व सम्भव नहुने कुरा बोध हुन्छ ।
“सम्पूर्ण सामाजिक परिवर्तन तथा बिकास, परस्पर बिरोधी तत्वको संघर्षको परिणाम हो ।”
संसारमा जब दर्शनको बिकास हुनथाल्यो त्यही बेलादेखि मानव समाजमा व्यापक रुपले बौद्धिक जगतमा उथलपुथल आयो । यस्ले मुलसत्ताको सहि पहिचान गर्नुमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । जस्को कारण भौतिक परिवेश अनुसार एकपछि अर्को बिचारधाराको बिकास साथै सिद्धान्तहरुको प्रतिपादनद्वारा, विज्ञान र प्रबिधिको क्षेत्रमा तिब्रबिकास हुँदै आयो र नै विश्वमा ऐतिहासिक क्रान्तिहरु सम्भव भएको छ । आदिम साम्यवादी युगले आफ्नो ऐतिहासिक अभिभारा पूरा गरिसकेपछि समाज तिब्रबिकास क्रमको कारण उत्पादक शक्ति र उत्पादन सम्बन्ध बीच बिपरित ध्रुव खडा भयो । तसर्थ उत्पादक शक्ति र उत्पादन सम्बन्ध बीच समरुपता कायम गर्ने कसरत हुन थाल्यो । जसको बावजुद् मानव समाज जंगली युगमा संक्रमण गर्दछ्न । फलस्वरूप बर्बर युग हुँदै दास-मालिक युगको बिकास हुन्छ । दास-मालिक युगलाई मानव समाजको सबैभन्दा पहिलो र ठूलो क्रान्तिको चरण मानिन्छ । जुन युगले मानव समाजलाई सभ्यताको युगतर्फ उक्किनु वाध्य बनायो । र दास-मालिक युग, सामन्तवादमा बिकास भयो । Di-section सिद्धान्त अनुसार नै दुनियाँमा पनि हरेक बिकास क्रमको चरण तीनवटा हुने गर्दछ । त्यसैगरी समाज व्यवस्थाको पनि मुख्य तीन चरणहरु – आदिम साम्यवाद, सामन्तवाद र बैज्ञानिक समाजवाद हुन । जसमध्ये आदिम साम्यवाद मानवले पूरा गरेका छन । भने सामन्तवादको चरणहरु पारगर्नेक्रम जारी छ ।
सामन्तवादबाट बैज्ञानिक समाजवादमा पुग्नको निम्ति पारगर्नु पर्ने संक्रमणको चरण पुँजीवाद र समाजवाद हो । अर्थात आदिम साम्यवादको बिकास क्रम पूरा भएपछि मानव जंगली युगमा प्रवेश गर्यो । जंगली युगलाई बर्बर युगको बिकासले निशेध गर्यो । बर्बर युगलाई दास-मालिक युगको बिकासले निशेध गर्यो । दास मालिक युगको आधारमा सामन्तवादको बिकास भयो । यसरी समाज व्यवस्थामा बिपरितहरुको एकता, मात्राबाट गुणमा परिवर्तन र निशेधको निशेध नियम लागु हुँदै आएको छ । तर नेपालमा भने प्राचीन किरातीकालमा स्थापना भएको सामन्तवाद हजारौं वर्ष बितिसक्दा पनि अझै अर्ध-सामन्तवाद भन्दा माथि उठ्न सकेको छैन । यसको एउटैमात्र कारण हो निर्विकल्प धर्म-शास्त्रीय चिन्तन । यो चिन्तनले भन्छ धर्म-शास्त्रमा लेखिए भन्दा फरक चेतले राज्यसत्ता चलाउनु भनेको महाअपराध हो । तसर्थ सामन्तवाद पुँजीवादमा बिकास हुन सकिरहेको छैन । पुँजीवादको पहिलो चरण ब्यक्ति केन्द्रित पुँजीवादी व्यवस्था र दोस्रो राष्ट्रिय पुँजी निर्माणको चरण हुन । यसको सिधा अर्थ हो “निजी स्वामित्वको पुँजीलाई राष्ट्रिय पुँजीमा बिकास गरि राज्यको आधार र उपरिसंरचना बीचको अनावश्यक अंतर्विरोधको अन्त्य गर्ने ।” संक्रमण कालको दृष्टिले एकात देश, समाजवादको चरणमा प्रवेश गरेको बाहेक पुँजीवादमै अल्मलि रहेको अवस्था छ भने नेपालमा त ब्यक्ति केन्द्रित पुँजीवादको चरणमा पनि पूर्ण छैन । हुन त विश्वमा यस्तो देश पनि छ, जुन देश, दास-मालिक युगबाट सामन्तवादमा नपुगी नै पुँजीवादमा प्रवेश गर्न सफल भएको छ । तर नेपालको ऐतिहासिक कारणहरु हेर्दा कुनै पनी हालतमा त्यस्तो चामत्कारिक क्रान्ति हुने स्थिति देखिँदैन ।
किरातीकालिन शासन प्रणाली सामन्तवादकै आधारमा निर्माण भएको भएता पनि ऐतिहासिक दृष्टिकोणले यस युगलाई अब्बल युग मानिन्छ । “किरातकालमा नेपालको विविध रुपले बिकास भएको थियो । नेपालको प्रशासनिक ढाँचा पहिलो पल्ट किराती युगमा नै स्थापित भएको थियो । जसमा कुथेर, सुल्ल, लिङ्ग्वल, पिन्टजा, मापचोक आदि अड्डाहरु किरातकालमै स्थापना भैसकेका थिए । नेपालको बाह्य सम्पर्क तथा ब्यापार बिस्तारमा किराती युगको महत्वपूर्ण देन छ । नेपालमा किरातीहरुको शासन हुँदा भारतमा मगध साम्राज्य शासन थियो । मगध साम्राज्यमा बिम्बिसार, अजातसत्रुका अतिरिक्त नन्दवंशी राजाहरु तथा मौर्य राजवंशहरुसित किराती शासकहरुको राम्रो सम्बन्ध थियो । कौटिल्यका अनुसार किरातकालमा नेपालको ब्यापार मगधको राजधानी पाटलीपुत्रमा निकै चलेको थियो । नेपालमा बनेको विभिन्न कम्बलहरु मगधको बजारमा धेरै माग हुन्थ्यो । त्यसको अलवा ऊन व्यवसायमा पनि त्यसबेला नेपाल प्रख्यात थियो । किरातीकालमा कला साथै वास्तुकलाको बिकास पनि निकै भएको थियो । किरातीकालमा बनेका भनिएका कतिपय मुर्तिहरु काठमाडौ उपत्यकामा उपलब्ध छ्न । त्यस्तै यसकालमा निर्मित अशोक स्तुपहरु अध्यापि देख्न सकिन्छ । अशोकको समयमा यहाँ बौद्ध धर्मको प्रचार गर्न आएका उनका मानिसहरुले यी स्तूप निर्माण गराएका हुन । यी स्तुपहरु भारतमा बनेका अशोक शैलीको भएको हुनाले यसलाई अशोक स्तूप भनिएको हो । यसका अतिरिक्त पाटन (यल) शहरको निर्माण तथा काठमाडौमा वस्ती विस्तार किराती युगमा नै भएको हो । किरातीकालमा विभिन्न हिन्दु धर्मावलम्बीहरुले शरणार्थीको रुपमा यहाँ प्रवेश गरेका थिए । यिनमा शाक्य, मल्ल, कोलिय, लिच्छवि आदि प्रमुख थिए । यिनीहरूको राम्रो बसोबासको व्यवस्था किरातीहरुले गरिदिएका थिए । यसरी विविध रुपले किराती सभ्यता विकसित अवस्थामा पुगेको थियो ।” डा. पेशल दाहाल – “नेपालको इतिहास”
‘दसवर्षे जनयुद्धले धेरै ठूलो क्रान्ति गर्छ भनेर नेपाली समाज विश्वस्त थिए । राजतन्त्र सम्म हटायो, सामन्तवादको मुलखम्बा ढालियो, अब नेपालमा सामन्तवादको अन्त्य भयो, र पुँजीवाद आयो भनेर ठूलै हल्ला मच्चाएको पनि हो । तर त्यसले पनि केही नया शब्दहरु मात्र कागजमा टिपाएर त्यो पनि सामन्तवादको विकृत चरण दलाल पुँजीवादमा पतन भयो । ‘
प्राचीन किरातीकालका संस्थापक यलम्बर हुन । उनमा क्रान्तिकारी दृष्टिकोण भएकै कारण उनी, दास-मालिक युगको अन्त्य गर्न सफल भए । नेपालको ऐतिहासिक घटना क्रमलाई लिँदा, किरातीकालमा सामन्तवादको स्थापनाद्वारा विस्थापित गरिएको दास-मालिक प्रथा झन्डै हजार वर्षपछि लिच्छवि कालमा, पुनर्स्थापना भएको पाउँछौं । किराती कालमा दास-मालिक प्रथाद्वारा मौलाएको शोषण, दमन, उत्पीडन साथै असुरक्षित र अव्यवस्थित सामाजिक थितिको अन्त्यको निम्ति विभिन्न अड्डाहरुको स्थापना गरि न्याय प्रणालीमा आधारित राज्यव्यवस्था सञ्चालन गरेको पाइन्छ । अहिले पनि किराती समाजको केही ब्यक्तिमा पर्नगएको ब्राह्मणवादको असर बाहेक सबैमा, पाहुनाहरुलाई भान्सा, बिस्ताराको उचित व्यवस्था सहित उच्च स्तरमा सम्मान गर्ने चलन छ । भरसक आफूले अर्कालाई अन्याय नगर्ने र आफूले पनि अन्याय नसहने अरुको पीडामा उद्दारभाव राख्ने साथै पीडित प्रति समभाव प्रकट गर्ने संस्कृति जिवित छ ।
राज्य सञ्चालन बिधिको दृष्टिकोणले किराती कालमा जुन ढंगको राज्य व्यवस्था थियो, लिच्छवि कालमा त्यो भन्दा धेरै कम्जोर भयो । किराती कालिन शासनको अन्त्य हुँदा एकहद सम्म समाज हर्षित नै थिए । किनभने तत्कालीन समाजको निम्ति जुन व्यवस्था साँगुरो वा प्रतिकुल अर्थात उत्पादन सम्बन्धको विरुद्ध उत्पादक शक्ति खडा भैसकेको थियो । त्यसैले कुनै नयाँ समाज व्यवस्थाको खोजी भैरहेको बेला लिच्छविहरुले राज्य हत्याएका थिए । तर उनीहरुले तत्कालीन समाजिक परिवेश बुझ्न सकेनन । बिस्तारै जनको आशा भरोसामा ह्रास आउन थाल्यो परिणामस्वरूप समाजका वा गण गणका अगुवाहरुमा चरम बितृष्णा पैदा भयो । भने उता शासक वर्गमा एकोहोरो लोभ, लालच र दरिद्रताले ठाउँ ओगट्दै गयो । जस्ले गर्दा समाजमा विभाजित मनस्थितिको बिकास हुन गयो । कालान्तरमा कसैले कसैलाई नटेर्ने, एकले अर्कालाई दबाउन होडबाजीले षड्यन्त्र गर्नै पर्ने भयो । त्यसको निम्ति आफुआफु शक्तिशाली बन्दै गए । जुन सिर्जित वैमनस्यता, हत्याहिंसामा परिणत हुँदै गयो, अन्ततः त्यो बाईसी चौबीसी राज्यको रूपमा व्यक्त भयो, ।
पृथ्वीनारायण शाहको धेरै चर्चा चल्ने गरेको छ । उनले पनि उही पुरानै सामन्तवादको निरन्तरता शिवाय नयाँ भने केही ल्याएको देखिँदैन । उनी, हरिनन्द पोखरेलहरुका कुरा सर्वेसर्वा ठान्दछन नयाँ समाज व्यवस्थाको बारेमा भने सोच्न सम्म भ्याउँदैनन । यदि उनि, चौतर्फी चिन्तक थिए भने समकालीन विश्वका प्राय पश्चिमा मुलुकहरूमा पुँजीवाद स्थापना भैसकेको थियो । नेपालमा पुँजीवाद लागुगर्न नसक्ने भन्ने प्रश्नै थिएन । यदि उनले नेपालमा पुँजीवादको बिकास गरि देशलाई नयाँ मार्ग दर्शकको भूमिका निर्वाह गरेको भए आज हाम्रो देश नमुना योग्य हुने कुरामा कुनै द्वविधा थिएन । अझ बिकासक्रमसँगै दार्शनिक दृष्टिकोणले विश्वमा काल्पनिक समाजवादी विचारधाराले वैज्ञानिक समाजवादी विचारधारा तर्फ तीब्र संक्रमण गरिरहेको थियो । उनले त्यो कुरा किन बुझ्न सकेनन् वा बुझ्न चाहेनन् ? उनी त सेन्ट साइमन, चार्ल्स फुर्ले, रोबर्ट ओबेन जस्ता समाजवादी नेताहरुको समकालीन र फायरबाख, हेगेल जस्ता दार्शनिकहरुका युगका पनि त थिए । तर त्यसो नगरेर उनले महान राष्ट्र निर्माताको सम्मान प्राप्त गर्ने अवसरबाट आफै बन्चित भए ।
त्यस्तो ऐतिहासिक क्रान्ति हुने परिस्थितिमा पनि धार्मिक सत्ताको प्राण भर्नु बाहेक उनले समाजको खातिर उल्लेख्य काम केहि गरेको छैन ? पृथ्वीनारायण शाहले त गरेनन नै, त्यो पछिको सबैभन्दा शक्तिशाली मानिएको पात्र जङ्गबहादुर राणाले त त्यो काम गर्नु पर्थ्यो, त्यो पनि देखिएन । जंगबहादुर राणाले त अझ युरोपेली मुलुकको भ्रमण नै गरेर आएका हुन । तर उनले पनि नेपाली समाजको अपेक्षा र विश्वास माथि कुठाराघात नै गरेको देखिन्छ । त्यसको फलस्वरूप २००७ सालमा जनविश्वासका साथ परम्परागत सामन्ती राज्यसत्ताको बिरोधमा समाजवादी आन्दोलनको स्थापनार्थ प्रयास भएको थियो । त्यो आन्दोलन जुन उत्कर्षमा पुग्दासम्म कांग्रेस बिद्रोही पार्टीको रुपमा खडा थियो । आन्दोलनले एक सय चार वर्षे जहानीया राणाशासनको अन्त्य सम्म गर्न सफल भयो । कांग्रेस त्यसपछि गएर राजतन्त्र र भारतको खिलाफमा उभिन नसक्ने भएकोले पूर्ण हुनलागेको आन्दोलन जनबिरोधी सम्झौताद्वारा पतन गराइयो । र त्यस्ले प्रजातन्त्र भन्ने शब्द भन्दा अरु केही पनि समाजमा छोडेको पाइँदैन । त्यसपछि समाजले पञ्चायत कालिन शासनको रवैया ब्यहोर्नु पर्यो । त्यो त झन उही निर्बिकल्प सामन्तवादकै निरन्तरता थियो । बर्बर पञ्चायती व्यवस्थाको स्थापनाद्वारा सामन्तवादले पुनर्जीवन प्राप्त गर्यो । त्यसपछि २०४६ सालमा आन्दोलन भयो त्यसलाई पनि सफल आन्दोलन कै रुपमा लिने गरिएको छ । त्यस यता त अझ भू-सामन्त चरित्रबाट भू-माफिया चरित्रको उत्पत्ति भयो । र त्यसले दलाल पुँजीवादी राज्यसत्ताको बिकास गर्यो । नेपाली समाजले जे चाहेका थिए त्यो पूरा भएन ।
दसवर्षे जनयुद्धले धेरै ठूलो क्रान्ति गर्छ भनेर नेपाली समाज विश्वस्त थिए । राजतन्त्र सम्म हटायो, सामन्तवादको मुलखम्बा ढालियो, अब नेपालमा सामन्तवादको अन्त्य भयो, र पुँजीवाद आयो भनेर ठूलै हल्ला मच्चाएको पनि हो । तर त्यसले पनि केही नया शब्दहरु मात्र कागजमा टिपाएर त्यो पनि सामन्तवादको विकृत चरण दलाल पुँजीवादमा पतन भयो । यसरी हेर्दा लिच्छवि कालदेखि यता जसले जे जे भने पनि समाजको लागि “हात्ती आयो, हात्ती आयो फुस्स” भने जस्तै हुँदै आएको छ । भन्नै पर्दा यथार्थमा सामन्तवादको निरन्तरता बाहेक नेपाली समाजले नयाँ केही प्राप्त गरेका छैनन् । यस्तै अवस्थामा समृद्ध नेपाल निर्माणको बखान गर्नु भनेको मात्र अध्यात्मवादी कथा हो । यसको मुल कारणहरु निम्न छन :
१. लिच्छवि कालदेखि यता नेपालमा कुनै पनि राजनीतिक परिघटनापछि प्रात्र चाहिँ स्वत परिवर्तन हुने तर समाज व्यवस्था उही पुरानै दोहोरिने, जस्ता यथास्थिति वितण्डावाद हावी छ । अर्थात उत्पादक शक्ति बिरुद्ध उत्पादन सम्बन्ध छ । तसर्थ नेपालको शासन प्रणाली समाज विज्ञान बिपरित छ ।
२. नेपाली राजनीतिक बागडोर धार्मिक नश्लिय चङ्गुलमा बन्दी छ ।
३. नेपालको शासकहरुका निम्ति धार्मिक नश्लिय सत्ता भनेकै जनताको सार्वभौमसत्ता हो र त्यो नै लक्ष्मण रेखा हो ।
४. नेपालमा नश्लीय धार्मिक सत्ता, लोकतन्त्रको आवरण भित्र लुकेर नेपाली समाजको शिर छेदन गरिरहेको छ । तसर्थ संघीय गणतन्त्र भन्ने शब्द जसरी पनि खारेज गर्नको निम्ति उ हदैसम्मको हर्कतमा उत्रीनु पछि पर्दैन ।
५. नेपालको दार्शनिक जगतमा व्यापक फेरबदल गर्दै वैज्ञानिक क्षेत्रमा खोज अनुसन्धान तिब्र पार्नु भनेको वैदिक सभ्यता विरुद्ध हो । विज्ञान र प्रबिधिको बिकास हुनु भनेको धार्मिकतन्त्र कम्जोर हुनु हो । अत: यहाँ समाज व्यवस्था परिवर्तनको परिकल्पना अनर्थ सिद्ध छ ।