Logo

‘ए घामका सन्तानहरु’ कबिता-उमेश राई


किन घामको सन्तानहरु
रुमलीरहेछन् हुस्सु भित्र
र खोजी रहेछन्
भल-बाढीले छोपेको खोला बगरमा
थिबिया / थुबियु चरी भै 
आफ्नो सन्तानको चित्र
हिज पनि बिश्वासले गुमाएको सर्वस्व
श्रींखलाबद्ध आज पनि गुमाइरहेको किन
किन घामका सन्तानहरु
अलमली रहेछन् नक्कली ईश्वरको लालचमा ।

ए घामका सन्तानहरु
आफै भित्र खोज्नु मुहान ज्योतीको
आफै भित्र रोप्नु बीउ सिर्जनाको
पछ्याउदै जानु मुन्धुमको मुहान
केलाउदै जानू पित्री पुर्खाको आहान र आबहान
अनि पत्ता लाउने छौ शृष्टिको बिहान
र बुझ्ने छौ जीवनको बिज्ञान
ए घामको सन्तानहरु हो
प्रलयको कयौं पहर खेपेर बाँच्न सिकाउने तिमी
आफ्नै इतिहास भुलेर हुन्छ र ?
यो माटोमा अंकुरित प्रथम मुल जरा हौ
यो हावामा लहलहाएको पहिलो पात हौ
तिमी रङ्ग सुवास हौ
यो ढुंगाको माटोको हावा पानी र आकाशको
ए घामको सन्तानहरु
अब ढिलो नगरी खोल्नु दैलो चेतनाको
फुटेर हैन जुटेर गाउनु साझा गीत एकताको
ए घामका सन्तानहरु ।

ए घामका सन्तानहरु
बिन्तिपत्र बोकेर बिदाको लागि बिन्ती बिसाउनु छोड अब
बहिरो सत्ताको स्तुति भन्दा
स्वराजी चेतनाको आगो जलाउन उठ अब
कमसेकम आफ्नै घरमा वास माग्न सरम मान्न थाल अब ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्