Logo

किन नेपालको झण्डा नफेरेको ?-बलराम तिमील्सिना


काठामाण्डौ- नेपालमा शासन गर्ने चन्द्रवंशी र सूर्यवंशी राजाहरूको प्रतिक चन्द्र र सूर्य भएको झण्डा बोकेर हामी गणतन्त्रको रत्यौली नाचिरहेका छौं । गणतन्त्रले नयाँ राष्ट्रिय गीत बनायो तर झण्डा लगायत अन्य आर्य प्रतिक चिन्हहरू पुरानै बोकेर हिड्यो । यो झण्डाले आर्य जातिका दुई वंशको शासनको प्रतिनिधित्व मात्र गर्छ ।

नेपाल आर्य, मङ्गोल, द्रविड आदि सभ्यताको देश हो । यदि यलम्वरका सन्तानको अहिलेसम्म अविछिन्न शासन हुन्थ्यो भने नेपालको झण्डाले मुन्धुम मान्यता अनुसारको अर्कै झण्डा हुने थियो । तामाङहरूलाई सोच्न दिने हो भने उनीहरले वौध्द मतको प्रभाव भएको बेग्लै झण्डा बनाउँथे । सत्तामा किरातीहरू या गैह्र आर्य हुने हो भने गाई या गोरुको मासु खाए वापत जेल जानु पर्ने कुरा परिकथा मात्रै हुने थियो ।

नेपालको झण्डा भने २००७, २०४६,र पछिल्लो जनयुध्द र जनआन्दोलनपछि आएको गणतन्त्रले पनि फेर्न र नयाँ सिर्जना गर्न नसकेको सवैभन्दा लामो दुख हो ।

नेपाल लामो समय पहाडीया हिन्दू जातीका राजाहरूले शासन गरेको र भर्खर गणतन्त्रमा प्रवेश गरेको देश भएको र यो गणतन्त्र पनि “राजा नभएको राजतन्त्र”जस्तो हरिप भएकोले यसले वल्ल तल्ल एउटा राष्ट्रिय गीत बनायो। अरु जम्मै कुरा हिन्दू सामन्ती राजतन्त्रका जडौरीहरूले काम चलाएर विचरो गणतन्त्र जसोतसो चलेको छ ।मैले झण्डाका वारेमा प्रश्न उठाउँदा कैयन इमान्दार नेपाली नागरिलाई पनि भ्रम पैदा हुन या झोक चल्न सक्छ।

हरेक देशको राष्ट्रिय गौरवको प्रतिक चिन्ह हुन्छ र हुनु पर्छ भन्ने म पनि मान्छु । तर ती प्रतिक चिन्हहरू धार्मिक मतजस्तै अपरिवर्तनशील हुदैनन वरु युगको जनचेतना अनुसार वदलिन्छन भन्ने मेरो मत हो । जस्तै आजको चीनको झण्डा चीनको राजतन्त्रकालीन झण्डा होइन । आजको भारतको झण्डा पनि अंग्रेजकालीन होइन । ती जनताको नयाँ चेतनाले पछि निर्माण गरेका हुन। तर नेपालको झण्डा भने २००७, २०४६,र पछिल्लो जनयुध्द र जनआन्दोलनपछि आएको गणतन्त्रले पनि फेर्न र नयाँ सिर्जना गर्न नसकेको सवैभन्दा लामो दुख हो । (लेखको फेसबुकबाट लिएको हो ।)

-लेखक स्वातन्त्र राजनीतिज्ञ तथा साहित्यकार हुन ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्