त्रिचन्द कलेजमा आगलागी

त्रिचन्द्र क्याम्पसमा आइतबार साँझ आगलागी भएको छ। महानगरीय प्रहरी बृत्त, दरबारमार्गका अनुसार साँझ ६ बजे कलेजमा आगलागी भएको हो।
जेनेरेटर राखेको कोठामा भएको आगलागीबाट भएको क्षतिको विवरण आइनसकेको बृत्तका प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताए।
उनका अनुसार आगो लागेको आधा घन्टाभित्र नियन्त्रणमा लिइएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको मल्ले बताए।
बिजुलीको तार चुँडिएर आगलागी भएको अनुमान छ। आगो लाग्नेवित्तिकै नियन्त्रणमा लिइएका कारण ठूलो क्षति हुन नपाएको मल्लले बताए।