Logo

के कारणले नेपालमा वर्गीय आन्दोलन सफल हुँदैन ?

भाई किराती

नेपालमा वर्गीय आन्दोलन किन सफल भैरहेको छैन ? अहिलेसम्म यस प्रश्नको खास जवाफको उदघाटन भएको छैन । हरेक समयमा हुँदै आएको आन्दोलनहरुलाई महान र ऐतिहासिक भन्दै पनि आइएको छ । तर उपलब्धि भने घुम्दैफिर्दै उहीँ रुम्जाटार भनेझैँ छ । वर्गीय मुक्तिको सवाल होस वा राष्ट्रिय स्वाधीनताको सवाललाई केन्द्रमा राखेर उठान गरिएको, अर्थात यो वा त्यो मुद्दामा केन्द्रित जत्ति पनि आन्दोलनहरु छन ती सबै सर्वहारा वर्ग, जाति, लिंग, क्षेत्रको सवाललाई निशेध गर्ने दृष्टिकोणद्वारा प्रेरित छन । यसको मुल कारण नेपालको वर्गीय आन्दोलनहरु सबै साम्राज्यवादी रोडम्याप अनुकुल निर्मित छन, भन्ने कुरा बुझ्नु कठिन छैन । जसले आम जनताको हितमा वकालत गर्दैन र जरुरी पनि छैन । यसकारण अब हामी ढुक्कसँग के भन्न सक्छौं भने नेपालको समाजिक व्यवस्था परिवर्तनको निम्ति बैचारिक, राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक लगायत समग्र आन्दोलनहरुको दार्शनिक दृष्टिकोणमा नै गम्भीर समस्या छ । यसको खातिर प्रथमतः यसै भित्र व्यापक संघर्ष र क्रान्ति जरुरी छ । चाहे त्यो वर्गीय, जातीय, लैङ्गिक, क्षेत्रीय उत्पीडनको प्रश्न नै किन नहोस् अन्ततः त्यसले मुल दर्शनसँग सिधा सम्बन्ध राख्दछ । अहिलेसम्मको प्रत्येक नेपाली भूमिलाई आधार बनाई घोषित आन्दोलनहरुले धार्मिक दृष्टिकोणलाई मेरुदण्ड बनाइ आएको छ । जसको कारण नेपाली क्रान्ति अघि बढ्न सकिरहेको छैन । यसो हुनुको मुख्य कारणहरु खोज्नुपर्दा हामीले नेपाली क्रान्तिलाई मात्र कोट्याएर सारपक्षलाई भेट्टाउन सकिँदैन । यसको निम्ति प्राचीन काल देखि यताको विभिन्न घटना- परिघटनाहरुको सिंहवलोकन गर्नै पर्दछ ।

पूर्वीय दर्शनले के कुरालाई प्रस्ट्याँछ भने प्राचीन काल देखिनै भौतिकवाद विरुद्ध अध्यात्मवादको चरम दमन, उत्पीडन रहँदै आएको छ । भौतिक जगतलाई मुलसत्ता मानी, त्यसको आधारमा निर्माण गरिएका समाजको मार्गदिशाको त कुरै छोडौँ, भौतिक जगतमा आधारित जो कुनै कथा वा भनाइहरु, समेत सबै नष्ट गर्ने प्रवृत्ति भनौं वा सत्यको विरुद्ध असत्यको जीत, भनौं या समाज बिकास क्रमको विरुद्धमा अध्यात्मवाद उहीबेला देखि सक्रिय हुँदै आएको छ । लेनिनका अनुसार “धार्मिक पूर्वाग्रहहरुको सबैभन्दा मुख्य स्रोत गरिबी र अज्ञानता हुन ।” नेपाल यस्तो देश हो जहाँ प्राकृतिक स्रोत र साधनद्वारा हराभरा त छ । तर त्यसको सहि सदुपयोग गरि समाजलाई उन्नति प्रगतिको मार्गतर्फ नेतृत्व गर्ने मुल दर्शनको भने अभावै छ । वा भनौं, कि नेपालको शासकीय चिन्तन दास मानसिकताद्वारा प्रभावित छ । किन कि दलहरुको राजनीतिक नेतृत्व पंक्तिलाई देश र जनताको रक्षा र प्रगतिको जिम्मा दिएर चुनेर पठाइन्छ । तर त्यसपछि उसले आफ्नो सबै  जिम्मेवारीहरु बिर्सेर कुनै न कुनै मालिकको आश्रय लिन्छन् र उसैको हुकुममा सलामी चढाउन पुग्छन् । जस जसले शासनसत्ताको बागडोर सम्हाल्न पुग्छन उनीहरुको पहिलो लक्ष्य:- राष्ट्रको ढिकुटीमा लुट मच्चाउने, समाजलाई गरिबीको गोलघार भित्रै बन्दी बनाईराख्ने र बिकासक्रमलाई रोक्ने हुन्छ । खासमा धार्मिक सत्ताको चारित्रिक विशेषता नै यही हो । अत: यस्तै हालतमा नेपालको समाज व्यवस्था, समाजवादी स्वरुपको हुने त कल्पना सम्म निराधार छन ।

चार्वाक दर्शन ई.पू. ६००, जुन पूर्वीय दर्शन मध्ये भौतिकवादमा आधारित समग्र समाज बिकास क्रम र मर्मलाई केन्द्रमा राखेर निर्माण गरिएको दर्शन थियो । तसर्थ यस दर्शनलाई लोकायत दर्शन भनिन्थ्यो । लोकायत भन्नाले भौतिक परिवेश अनुसार समाजको बिकासक्रम अथवा आम जनताको मर्म वा मागलाई उचित सम्बोधन गरि तयार पारिएको समाजको मार्गचित्र हो । जसले अध्यात्मवादी भ्रमहरुलाई पूर्ण ध्वस्त पार्नेकाम गरेको थियो । यस कुराले हामीलाई के कुराको बोध गराउँछ भने पूर्वीय सभ्यता अन्तर्गत दार्शनिक जगतमा चार्वाक क्रान्तिकारी दर्शन थियो । यसकारण यो दर्शन ब्राह्मण ऋषिमुनी, महापण्डित र पुरोहितहरुको निम्ति ‘कोमा’ बन्न गयो  । त्यसकारण चार्वाक दर्शनको बिकासमा तुच्छ प्रतिबन्ध लगाइयो । अब हामी निर्धक्क साथ यो भन्न सक्छौं । कि “नेपालमा स्थापित राजनीतिक पार्टीहरुको राजनीतिक मेरुदण्ड, ‘समाज बिज्ञान’ बन्नु पर्दछ ।” जसले अहिलेसम्म धार्मिक वितण्डाद्वारा उल्टो दिशा तर्फ जबर्जस्त घिसार्दै गरेको समाजको गतिलाई सुल्टो मार्ग प्रशस्त गर्दै वर्गीय आन्दोलन सफल पार्दछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्