Logo

गायिका उर्मिला खालिङ र राजेश पायल राईको आवाजमा ‘पहरामाथी गुरासै फुल्यो’ गीत सार्वजनिक


मुन्धुमस्टार न्युजडेस्क

काठमाडौं । गायिका उर्मिला खालिङ राईको नयाँ गीतको अडियो सार्वजनिक भएको छ । काठमाडौंको सुकेधारामा आयोजित एक कार्यक्रममा गायिका राईको ‘पहरामाथी गुरासै फुल्यो’ साकेला गीतको अडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गरिएको यस साकेला गीतमा गायिका उर्मिला खालिङ राईलाई अन्तराष्ट्रीय गायक राजेश पायल राईले साथ दिएका छन् । टिका चाम्लिङको शब्द तथा जसिहाङ राईको संगीतमा यो गीतलाई नोर्बु शेर्पाले एरेञ्ज गरेका हुन् । गीतलाई गंगाराम राईले सम्पादन गरेका हुन् ।

सार्वजनिक गरिएको यस साकेला गीतमा विभिन्न बिशिष्ट ब्यक्तीहरु, ब्यब्सायि, संघ, संस्थामा आबद्ध अग्रज ब्यक्तित्वहरुको उपस्थितिमा यस गितको अडियो सार्बजनिक गरिएको थियो । यस गितको अफिसियल म्युजिक भिडियो केहि समयमा बन्ने गायिका राईले बताईन । यस कार्क्रममा गितकार टिका चाम्लिङ्, संगीतकार जसिहाङ राई, चलचित्रकर्मी तथा मिडियकर्मी सुमन बाङ्देल्, कलाकार तथा मोडेल मकन राई, मिडियकर्मी अजय अलङ्कार्, मिडियकर्मी पूर्ण कुमार नाछ्हिरिङ्ग, गायिका रशी राई, ब्यबसायी तामाङ र समाजसेबी तथा ब्याबसायी अर्जुन खालिङ्ले समिक्षा तथा शुभकामना सहित गितको बारेमा बोलेको थियो । यस गीतको अडियो सार्वजनिक कार्यक्रम निर्कुधन खालिङ राइले सन्चालन गरेको थियो ।

मौलिक फरकधारको टोनिङमा मिठो गित गाउने गायिका उर्मिला खालिङ थुप्रै गाउदै नेपाली साङितिक आकाश छुट्टै फरक पहिचान स्थापना गर्दै आएकी छिन । २०६२ साल फागुनबाट देखी नेपाली गित साङितको क्षेत्रमा साप्ताहिक रेडियो मार्फत पाइला हालेकी गायिका खालिङ अहिले सम्म ‘लेखमा फुल्ने चाप र चमेलि…’, ‘एहै निष्ठुरी साइला…’, ‘लोक बिधाको सोलु गित्….’, आशु फिल्मको टाइटल गित लगायत दर्जनौ गित गायिकी छिन ।

रिलिज (अडियोहित)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्