Logo

विद्यार्थी देखी सभासद सम्म, पूर्व माननिय मणी खम्बु किराती (रिवासी)


– राजु बिक्रम चाम्लिङ

राणाासनको नासो पञ्यात स्थापना भए पश्चात त्यही पञ्यातकालमा जन्मिएका युवाहरुले पञ्यातका दलाल, द्धारेहरुले जनतालाई गरेको अन्याय, अत्याचारबाट शिक्षा लिंदै, किन मान्छे मान्छेबीच अन्याय गरिन्छ, आखिर मानिस जन्मदा समान हैसियत भएर जन्मन्छ तर सम्पत्ति र सन्तानको आडमा वर्ग छुटिन्छ । मान्छेले मान्छेलाई पशु समान व्यवहार गरिन्छ किन ? भन्ने प्रश्न मनमा कौतुहुल जगाउँदै सबै मानिस समान हुन, समान हुनको लागी समाजमा जीवनभर लडिरन्छु भन्ने अठोटका साथ श्री सरस्वती मा.वि. मात्तिममा अध्ययन गर्दा समाज रुपान्तरण गर्न राजनीतिक क्षेत्रबाट मात्र सकिने निश्चित गरी अनेरास्वीयूमासंगठित भएर लागि परिन्मणी खम्बु किराती । खोटाङ जिल्लाको साविक मातिम गाविसको मानेगाउँ साविक वडा नं.४ मा जन्मिएकी मणी खम्बु भूमिगतकालमा रिवासी उपनामले चिनिन्थिन । उवेला पञ्चायतकाल भर्खरै समाप्त भई बहुदलको घोषणासँगै पञ्चे मुर्दावाद, बहुदल जिन्दावाद जस्ता नाराहरु गाउँ समाजमा घन्किरहँदा वाल मस्तिष्कमा भित्री आत्मा देखी नै प्रभाव परेको हुनाले, एउटै गाउँ समाजमा एकाध हुनेखानेहरुले गरिब मानिसहरुको घरवास नै उठाई दिएका घटनाहरुले झनै सांगठनिक रुपमा संगठत हुने तागत, उर्जा मिल्दै गयो । त्यही समाजहरुमा भएको अन्याय र अत्यचारहरुका विरुद्ध लड्ने क्रान्तिकारी बिचारले अगाडी बढीरहँदा राजनीतिमा प्रेरित हुने पारिवारीक प्रेरणाका श्रोत आफ्नो बाजे बल बहादुर राई तथा दिदी दाजुभाईहरु रहेको बताउनु हुन्छ । त्यस्ता अन्यायको विरुद्धमा लड्नको लागी यात शिक्षण पेशा याता राजनीति दुईमा एक छान्ने निधो गरेकी मणी अन्तत शिक्षण पेशामा जाँदा समाजमा चेतना त जगाउने तर नितिगत तहमा निति बनाउन नसक्ने भएको हुनाले समाजलाई न्याय दिन निति बनाउने तह राजनीतिमा नै जाने निधो गरिन् । पारिवारीक रुपमा बाजे बलबहादुर राई देखि नै राजनीतिक चेतना भएकोले पनि यस्तो निर्णय गर्न सजिलो भएको बताइन् ।

सामान्य हिसाबमा पारिवारीक राजनीतिक वातावरण केही रुपमा भएता पनि शैक्षिक चेतना भएको हुनाले आफु कान्छी भएको हुनाले आफु माथिका सबै दाई तथा दिदीहरुको सहयोग रहेकोले राजनीतिक क्षेत्रमा सफल हुनमा उहाँहरुको सयोग रहेको बताइन । तत्कालिन अनेरास्वीयूको विद्यालय स्तरिय संगठन प्रा.क. को सदस्य विस २०५१ सालमा सदस्यता लिएर सक्रिय रुपमा राजनीति सुरुवात गरिन् ।तत्कालिन खम्बुवान राष्ट्रि मुक्त्ती मोर्चाका महासचिव गोपाल किरातीले विस २०४८ देखी जाति, क्षेत्रिय र वर्गिय मुक्ती आन्दोलन सुरु गरेसँगै तत्कालिन सरकारले विद्रोहीको संज्ञा दिएसँगै भुमिगत हुनुभएको थियो । अधिकारको लागी लडिरहेका संगठनहरुलाई सरकारले हतियारको वलमा दवाउने प्रायस गरेसँगै मोर्चाले पनि हतियार उठाउन बाध्य भए । तत्पश्चात सामान्य रुपमा रहेको कम्युनिष्ट पार्टीको शान्तिपुर्ण राजनीतिले सत्ता परिबर्तन र समाजमा चेतना ल्याउन धेरै समय लग्ने परिबर्तन आउनेमा विश्वास नभएको कारण विस २०५६ सालमा मोर्चामा आवद्ध भएर पुर्णकालिन रुपमा भूमिगत भए क. रिवासी । तत्कालिन माओवादीहरुले देशको मध्य तथा मश्चिम क्षेत्रमा निकै प्रभाव पारिरहेको समयमा पूर्वी क्षेत्रमा भने खम्बुवानको प्रभाव रह्यो । खम्बुवान कै प्रभावको कारण माओवादीहरुले संगठन विस्तार गर्न सकेका थिएनन् । तर वास्तवमा दुवै संगठनहरु समाज परिबर्तन र अन्यायको विरुद्धमा जाति, क्षेत्रीय र वर्गिय राजनीति गरिरहेको हुनाले दुई संगठनहरु एकता हुँदा अझ राज्यलाई दवाव दिनसक्ने र आन्दोलन सफल हुने संभावना रहेकोले विसका २०६० सालमा मोर्चा र माओवादी पार्टी एकता भए । एकता पश्चात पार्टीमा झन् ठुलो जिम्मेवारी बढेर गयो ।

उवेला जनकपुर सगरमाथा व्यूरो सदस्य, किरात जनसरकार सदस्यको जिम्मेवारी बहन गरिन् । सोही महत्वपुर्ण जिम्मेवारी बहनगर्दै गर्दा पार्टी शान्ति प्रक्रियातिर अगाडी बढेकाले समय र परिस्थिति अनुसार जिम्मेवारीहरु पनि परिबर्तन हुँदै गयो । सरकार र पार्टीबीच बाह्बुँदे सम्झौता भएसँगै अन्तरिम विद्यायक निर्माण गरियो सो समयमा पार्टीले पाएको ७३ विद्यायिकाहरु मध्ये एक परिन खम्बु पनि । यो समयमा अन्तरिम संविधान निर्माण महिलाको हिसाबले, वर्गिय हिसाबले संविधानमा सही मुद्धालाई सम्बोधन गर्न ठुलो योग्दान गरिन् । यस समयमा पार्टीको उदयपुर जिल्लाको सहसेक्रेटरीको जिम्मेवारीमा रहनु भएकी थिइन । अन्तरिम संविधान निर्माणसँगै, अन्तरिम संविधान कार्यान्वयनको क्रममा विस २०६४ मा भएको प्रथम संविधानसभाको चुनावमा उदयपुर जिल्लाको क्षेत्र नं.२ बाट प्रत्यक्ष तर्फबाट समेत निर्वाचित भइन् ।सभासद हुँदा मौलिक हक तयार मस्यौदा समिति, महिला तथा वालवालिका समितिको सदस्य रहेर आफ्नो जिम्मेवारी बहन् गरिन् ।संविधानसभाको सदस्य रहँदा संसदीय कोषमा आउने रकमले उदयपुर जिल्लाको मुर्कुचीका स्थानिय समूदायहरुको माग अुनसार दशलाख बराबरको एक भवन निर्माणमा सहयोग गरिन् ।

विद्यार्थीकालबाट राजनीतिक यात्रा सुरु गरेकी खम्बु विद्यालयको प्रा.क. देखी अनेरास्वीयू क्रान्तिकारीको केन्द्रिय सदस्यहुँदै पार्टीको महत्वुर्ण जिम्मेवारी वहन् गरिन् । पूर्व नेकपा माओवादीको जम्बोटोलीको केन्द्रिय समिति रहँदा केन्द्रिय सदस्य रहेकी मणी हाल प्रदेश नं.१ को प्रदेश सदस्यमा जिम्मेवारी पाएकी छिन् । सानै उमेर देखी हक्की स्वभावकी मणी अन्यायको विरुद्धमा कुनै ठाउँमा पनि आफु नझुकेको र नझुक्ने बताइन् । जनयुद्धको समय ताका सोलुखुम्बु जिल्लाको सोताङको एक विद्यालयमा तत्कालिन सेनाले आफुले लगाएको सर्तमा तानेर झारेको तर त्यही समयमा आफु उम्किन सफल भएको बताइन् । सँगैको साथीहरु त्यही ठाउँमा सहादत प्राप्त गरेको अविष्मरणीय क्षण सम्झिइन । भुमिगत रहँदा पटक पटक मृत्युको मुखमा पुगेर बाँचेको बताइन ।हिजोको महान शहिदहरुको वलिदानको परिणाम स्वरुप नेपालमा नयाँ संविधान निर्माण भएको छ, संविधानमा समानुपातिक समावेशी, समान सहभागीता आदि कार्यान्वयनको क्रममा छ । यदी १० वर्षे जनयुद्धमा किरातीहरु जस्ता महिलाहरुको प्रत्यक्ष सहभागीता नभएको भए सम्भव थिएन । अहिले हरेक मानिसहरुमा राजनीतिक चेतना जागेको देख्दा गौरव लागेको बताइन ।

यसैगरी जातिय, क्षेत्रिय, वर्गिय र लिङ्गिए रुपमा आफ्नो अधिकारको बारेमा चेतना भएकोमा आफु खुशी व्यक्त गरिन् । जनयुद्धमा आफुले सोचेजति समाज र देशमा परिबर्तन नभएता पनि समग्र नेपालको इतिहासम दबवर्षे जनयुद्धले नेपालीमाहरु महान परिबर्तन ल्याएकोमा कुनै दुईमत नभएको बताइन । समयर परिस्थितिले जनयुद्धबाट शान्ति प्रक्रियामा राजनीतिक बाटो परिबर्तन भएता पनि अझ नेपालमा भएको लैङ्गक समस्या, वर्गिय, क्षेत्रिय समस्यहरु तथा नैसर्गिक अधिकारहरु प्राप्त हुन बाँकीरहेकोले तीनै बाँकी रहेका कार्यभारहरुलाई पुरा गर्दै देशलाई साम्यवादमा पुर्याउन समाजवाद उन्मुख बाटोमा लैजान आफ्नो बाँकी जीवन पनि पुर्ण रुपमा खटिरहने बताइन ।

स्मरण रहोस अन्तरिम विद्यायिका तथा प्रथम संविधान सभामा रहँदा उमेरको हिसाबले कान्छी सभासदको नामले परिचित रिवासी आफुले पदको लागी होइन, समाजलाई सकारात्मक परिबर्तनको लागी राजनीतिमा लागेको बताइन । आफुले राजनीति सुरु गरेसँगै आजसम्म कुनै पदमा दावी नगरेको तथा पार्टीले दिएको जिम्मेवारी कुनै नछोडेको बताइन । नेपाली समाज भएको परिबर्तन र नेपाली महिलाहरुले भोगीरहेको समस्यालाई हल गर्न रिवासी जस्ता नेतृत्वहरुले पार्टीले दिएको जिम्मेवारी मात्र होइन, पार्टीको निर्णायक तहमा पुग्न जरुरी छ । आगामी दिनहरुमा रिवासीले पार्टीको केन्द्रिय नेतृत्व तहमा दावी गर्न आवश्यक छ । समयले पनि साथ दियोस, अग्रिम शुभकामना छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्