Logo

‘लिभरपुलविरुद्द खेल्न नेयमार र एम्बाप्पे तयार’


एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका प्रशिक्षक थोमस टुचेलले च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलविरुद्वको खेलमा आफ्ना दुई महत्वपुर्ण खेलाडी मैदान उत्रने बताएका छन् ।

प्रशिक्षक टुचेलले ब्राजिली स्टार नेयमार र फ्रान्सेली स्टार केलियन एम्बाप्पे प्रिमियर लिग क्लब लिभरपुलविरुद्वको खेलमा मैदान उत्रने स्पष्ट पारेका हुन् । दुवै खेलाडीले अन्तराष्ट्रिय विश्रामको समय चोट बोकेका थिए । च्याम्पियन्स लिगको समुह चरणको कठिन मोडमा रहेको पीएसजीलाई दुई ठुला स्टार खेलाडीको चोटले सताएका थियाे ।

दुवै खेलाडी गत सोमबारको अभ्यास सत्रमा फर्किएका छन् । प्रशिक्षक टुचेलले लिभरपुलविरुद्वको खेलमा दुवै खेलाडी आफ्नो मुख्य हतियार हुने प्रष्ट पारेका छन् ।

‘नेयमार सतप्रतिशत र एम्बाप्पे राम्रो अवस्थामा छन् ।’ उनले भने, ‘दुवै फिट छन् । दुवैले हिजो र अस्ति अभ्यास गरेका छन् । दुवै पीएसजीको लाईनअपमा हुनेछन् ।’

‘मलाई कुनै कुराको डर छैन । तर हरेक खेलमा दबाब हुन्छ । यो खेल निकै महत्वपुर्ण छ । मैले आफुभित्र दबाबको महशुश गरेको छु । यो मेरो ब्यक्तिगत दबाब हो । त्यो कुरा खेलाडीमा झल्किने छैन ।’ उनले थपे ।‘लिभरपुलविरुद्द खेल्न नेयमार र एम्बाप्पे तयार’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्