Logo

हिड्दै पाइला मेट्दै, सन्दर्भ जनयुद्ध सेना दिवस


–राजु बिक्रम चाम्लिङ

नदि किनारामा बस्ने माझी दाईले पैदलयात्री आउँदा वारीबाट पारी डुंगा तार्दा जसरी डुंगा पानीमा बहनाले खियाउँदा डुंगा अगाडी बड्दै जाँदा पानीले, पानीको छालले डुंगाको पाइला मेटिन्छ, जब डुंगा पारी तर्छ तब डुंगाको पाइला सबै मेटिन्छ । त्यो जायज हो । तर पनि पंचायतको ढंगढंगी भइरहेको वेला, नेपाली समाजमा भएका, हुनेखानेले राज गरिरहेको वेला, समयको माग र परिस्थित अनुरुप राजनीतिक वातावरणले “प्रचण्ड” जन्मायो । प्रचण्ड कसैको रहरले जन्मेको होइन आवश्यताले जन्माएको थियो ।
 तिनै प्रचण्डले जनताको अधिकारको लागी, नेपाली जनतामा चेतना फैलाउन, मान्छे सबै समान हुन् भन्ने चेतना फैलाउन, सबै जनतालाई अधिकार माग्न सिकाउन जनचेतना फैलाउन, २३ वर्ष अगाडी जनयुद्धको शुरुवात भयो । जनयुद्ध शब्दमा सरल भएता पनि यसको कार्यान्वयन सामान्य चुनौती थिएन । जनयुद्धलाई कार्यान्वयन गर्न जनसंगठनको वलले मात्र संभव थिएन । 
शान्तिपूर्ण भुमिगत रुपमा थालिएको अभियानलाई तत्कालिन सरकारले प्रहरी र सेनाको वलमा दबाउने कसरत गर्यो । फलस्वरुप द्धन्दमा परिणत भयो । त्यही समयमा जनमुक्ति सेनाको जन्म भयो । तिनै जनसेनाहरुले प्रहरी र सेनाको प्रतिकार गर्दै जनतामा चेतना जगाउँदै गयो । नेपाली जनताहरुको साथ पाउँदै गयो । फलस्रुप पछाडी परेका समूदायहरुले आफ्नो अधिकार बुझे, महिला पुरुष समान हुन्न भन्ने कुरा महिलाहरुले बुझे, सिमान्तकृत, आदिवासीहरु, उपेक्षित तथा उत्पिडित सबै समूदायहरुले मान्छे समान हुन भन्ने बुझेकाले नै उनीहरुले साथ दिए । जनमुक्ति सेनाको तागतले नयाँ संविधान निर्माणको साथ कार्यान्वयन भइरहेको छ । सबै वर्ग, जाति, समूदायहरु र उत्पिडित समूदायहरुको अधिकार संविधानमा लिपिवद्ध भएको छ । यो सबै सफल हुनुमा जनुमक्ति सेनाको देन रहेको छ । यसमा कुनै दुईमत छैन । तर हिजोको जनमुक्तिसेनाको महत्व आज विर्सदै जान थालिएको अवस्था छ ।

>यो संविधान, सामान्य तरिकाले आएको जस्तो, जनमुक्ति सेनाको भूमिका नै नभएको जस्तो, उपेक्षित गर्दै आउन थालिएको अवस्था छ । यो ज्याँदै दुःखद कुरा हो । कुनै व्यक्ति सामान्य अवस्थाबाट प्रचण्ड हुनु, सामान्य नेपाल देश, दशवर्षे जनयुद्धमा संसारमा तहल्का मच्चिनु, यो तागत जनमुक्ति सेनाको कारण संभव भएको हो । यसकारण जनमुक्ति सेना दिवसको अवसरमा राज्यबाट वेवास्ता गर्नु, जनमुक्ति सेना शान्ति अवस्थामा आएपश्चात दैनिक व्यवस्थापनको लागी विदेशीन बाध्य हुनु, वा जनमुक्ति सेनाहरु जो अपाङ्ग छन्, तथा जो शहिद भएका छन्, उनीहरुलाई मौखिक रुपमा पनि राज्यले सम्बोधन नगर्नु यो राज्यको कर्मजोरी हो । जनमुक्ति सेनाको योगदानलाई विर्सने हो भने जनयुद्धको शहिदहरुको सपना अपुर्ण हुनेछ । 

उनीहरुको आत्माले धिकार्नेछ । जनमुक्ति सेना कुनै तरल पर्दाथ थिएन की जसरी नदी वहन्छ । यसबारेमा आजका युवा पिंढिहरु तथा पूर्व जनमुक्ति सेनाहरु सचेत हुनै पर्छ । आजका नेतृत्वहरुले जनमुक्ति सेनाको योगदानलाई कदर गर्न छोड्दै गर्दा भोलीका दिनमा पार्टीको नेतृत्व तहमा जाँदै गर्दा अहिलेको जस्तै आँच आउने व्यवहार नहोस, नगरियोस । यस बारेमा युवाहरुले आजै सोच्न जरुरी छ । जय जनमुक्ति सेना ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्