खोटाङको नेताहरुद्धारा शहिदपार्क अवलोकन तथा परिकल्पना तयार
–राजु बिक्रम चाम्लिङ
मानव समूदायमा अन्याय र अत्याचारको विरुद्ध समाजलाई सकारात्मक रुपमा परिबर्तन गर्न, देशलाई सकारात्मक रुपमा रुपान्तरण गर्न समयको आवश्यकताले दिसानिर्देश गरे अनुसार न्यायको पक्षमा वकालतगर्दा अथवा जनताको अधिकारको बारेमा वकालत गर्दा वा जनताहरुमा जागरण, चेतना अभियान संचालन गर्दा राज्यप्रशासनले होस, सत्ताधारी वा अन्यनिकायहरुले समाज प्रेमी, राष्ट्रभक्ति, देश प्रेमीहरुलाई वदलाको स्वरुपहत्यागर्दै, फाँसि दिंदै आएको पाइन्छ । समाज रुपान्तरणको चरण नेपालमामात्र होइन विश्व समाजमा, विश्वका सबै राष्ट्रहरुमा त्यस्ता समाज प्रेमी, न्यायप्रेमी व्यक्तित्वहरुको जन्म भएको पाइन्छ । त्यस्ता व्यक्तित्वहरुको जन्म आमाको कोखबाट भएतापनि मृत्यु भने परिवारको आँखा सामू वा कुनै जंगलमा सत्ताधारीहरुले गोली ठोकेर, कसैलाई फाँसीदिएर आदि आदि तरिकाले मृत्युवरण गर्न बाध्य बनाइन्छ ।
नेपालको जहानिया शासनको विरुद्ध जनताको अधिकारको लागी आवाज उठाउँदा विस १९९७ चार शहिदहरुलाई गोली ठोकेर, फाँसि दिएर मृत्यूवरण तत्कालिन राणाशासनले गरे । यसपछि नेपालको परिबतर्नको लागी विस २००७, २०२७, २०४६ गर्दै धेरै देशभक्ति युवाहरुले आफ्नो ज्यान वलिदा नगर्नु पर्यो । त्यतिले मात्र आजको नेपाल परिबर्तनको लागी संभव भएन । विस २०५२ सालमा भूमिगत रहेर युवाहरुले जनयुद्ध सुरुगरे, उक्त जनयुद्धमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हजारौं युवाहरुले ज्यान वलिदान गरे । यसै क्रममा खोटाङ जिल्लाका युवाहरुले पनि ज्यान वलिदान गरे ।
जसको प्रतिफल आज नेपाल नयाँ संविधानको निर्माण भएको छ । स्थानिय सरकार लगायत सबै जाति, वर्ग, क्षेत्र, भुगोलका समूदायहरुले आफ्नो अधिकार प्राप्त गर्न सफल भएका छन् । यसकारण ती आफ्नो ज्यानको प्रवाह नगरीकन, ज्यान वलिदान गरेर गएका शहिदहरुको सम्झनामा तथा उनीहरुको प्रतिष्ठालाई उच्च सम्ममान गर्न, शहिदहरुले लिएको लक्ष्य र उदेश्यलाई प्राप्त गर्न उनीहरुको मार्ग दिसालाई निरन्तरता दिन खोटाङ जिल्लामा पनि सहिद परिवार समाज गठन गरिएको छ । उक्त शहिद परिवार समाजको अध्यक्ष शहिद परिवारका जीवन राई (क. संगिन) हुनुहुन्छ । उक्त समाजले शहिदहरुको सम्मान र उच्च सम्मानको लागी खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका वडा नं.२ रुपाकोटमा शहिदपार्क निर्माण कार्य थालनी गरिएको छ ।
विस २०६८ मा तत्कालिन शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको क्रमांगत बजेट अनुसार उक्त शहिदपार्कको लागी रु.२५,००,०००। (अक्षेरुपी पचीस लाख रुपैंया) प्रदानगर्नु भएको थियो । तर उक्त रकम हाल सम्ममा १२,५००००। (अक्षेरुपी बाह्लाख पचास हजार मात्र) प्राप्त भएको शहिद पार्कको अध्यक्ष तथा शहिद पार्क निर्माण समितिका अध्यक्ष संगिनले बताए । राज्य संरचना परिबर्तन भएसँगै देश संघियतामा गएपश्चात प्रदेश नम्बर एकले उक्त शहिद पार्कलाई बाँकी रहेको निर्माणकार्यलाई पुर्णता दिनको लागी रु.२०,००,०००। दिएको र प्रक्रियामा रहेको क. संगिनले बताउनु भयो । खोटाङ जिल्ला पर्यटकको हिसाबले उर्वर जिल्ला मानिन्छ । यस क्षेत्रमा रहेको रुपाकोटको भ्रमणसँगै यस शहिदपार्कले थप पर्यटन प्रवर्दनमा सहयोग पुग्ने क. संगिनले बताउनु भयो ।
यसैगरी दिलकाजी, ठुलकुमार स्मृति प्रतिष्ठानले पनि शहिदहरुको सम्मान स्वरुप प्रतिमान निर्माण तथा भवन निर्माणको लागी आवश्यक स्थल खोजिरहेको अवस्थामा खोटाङ जिल्लाका नेकपाका शिर्षस्थ नेताहरुको सल्लाह र सुझाव लिनको लागी अवाश्यक तयारी छलफल गर्ने कार्य योजना भए अनुसार सोही शहिद पार्कमा छलफल गरिएको प्रतिष्ठानका अध्यक्ष सुरेश राईले बताए । उक्त प्रतिष्ठानलाई प्रदेश नम्बर एकबाट भवन निर्माणको लागी रु.२०,००,०००। छुटिएकोले कार्यान्वयनको लागी आवश्यक प्रक्रिया अगाडी बढीरहेको अध्यक्ष राईले बताउनु भयो । उक्त शहिद पार्कको जग्गाको क्षेत्रफल कम भएको हुनाले यसलाई बढाएर उक्त पार्कमा २५ देखी ३० फिट अग्लो स्तम्भमा महिलाले नानी च्यापेको तथा बन्दुक भिरेको राख्ने की भन्ने परिकल्पना गरिएको प्रतिष्ठानका अध्यक्ष राईले बताए । पहिले निर्माण गरिएको शहिद परिवार समाज र हालको दिलकाजी ठुलकुमार प्रतिष्ठानको लक्ष्य र उदेश्य समान भएको हुनाले यसलाई मर्ज गरेर लगिने प्रतिष्ठानका अध्यक्ष राईले बताउनु भयो । उक्त शहिद पार्क अवलोकन भ्रमण तथा परिकल्पना छलफल कार्यक्रममा नेकपाका आमन्त्रित स्थायी समिति सदस्य तथा पूर्व सांसद क. टंक राई, प्रनिनिधि सभा सदस्य माननिय विशाल भट्टराई, प्रदेशसभा एकका सांसदहरु मननिय रामकुमार राई (पासाङ), माननिय राजन राई, पूर्व माननिय सभासद अस्मिता कार्की, खोटाङ जिल्ला समन्वय समितिका अध्यक्ष बबि चाम्लिङ, नेता हरि पोखरेल, दिरुम नगर प्रमुख दिप नारायण रिजाल, उपप्रमुख वीना राई, प्रतिष्ठानका अध्यक्ष सुरेश राई, शहिद पार्ककका अध्यक्ष जीवन राई, महिला नेता दिलकुमारी राई, युवा नेता मिलन राई लगायतका नेता, बुद्धिजिवी, समाजसेवी, पत्रकार सबैको सहभागीता रहेको थियो ।