Logo

यस्ता पनि बाबु: दुई छाेरीमाथि बलात्कार


पथरी / आफ्नौ दुई छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय पथरीले बाबुलाई पक्राउ गरेको छ । कानेपोखरी –५, स्थित भौसाबारी बस्ने ३९ बर्षिय नाम परिवर्तन जिते माँझीलाई प्रहरीले पक्राउ गरेको हो । माझीलाई आफ्नो १२ बर्षिय र १४ बर्षिय छोरीलाई पटक पटक जवरजस्ती करणी गरेको आरोपमा कात्तिक २० गते पक्राउ गरेको थियो । मामाको घर गएको बेला आफ्नो बुबाको घर फर्कन नमाने पछि करणीको रहस्य खुलेको थियो ।
ज्वाईको हर्कत मामालाको हजुरआमाले नातीनिहरुबाट पटक पटक करणी गर्ने गरेको सुने पछि असोज ३ गते गाउँमा घटना सार्वजानीक भएको थियो । स्थानीयको सहयोगमा बालिकाको मामालीबाट असोज २० गते इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिए पछि माँझीलाई पक्राउ गरेको इस्पेक्टर कमल बंजगाईले बताए । माझीलाई जवरजस्ती करणीको मुद्दा चलाएको इन्स्पेक्टर बंजगाईले बताए । अदालतबाट म्षद थप गरेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्