Logo

बैद्य र बिप्लबले पार्टी एकताको पहल गर्नु पर्छ -गोपाल किराती


काठामाण्डौ-मंगलबार राजधानीमा नेकपा (माओवादी केन्द्र)द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा आयोजक पार्टीका अध्यक्ष गोपाल किरातिले वैद्य‘किरण’ र बिप्लबसँग पार्टी एकता छिटो भन्दा छिटो एकताको पहल गर्नु पर्ने बताए । साथै छोटो समय पार्टिको प्रदेश्, जनबर्गिय र भात्री सँगठन समेत बिस्तार भइ सकेको बताए ।

उक्त कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी)का महासचिब मोहन वैद्य‘किरण’ले वर्तमान ओलि–दाहालहरुको अपवित्र घेरा तोड्न सबै सक्कली कम्युनिष्टहरु बीचको एकता अत्याआवाश्यक भएको बताएका छन । उनले थप्दै भने ‘हाम्रो एकता जरुरी छ तर एकता कहिले हुन्छ ट्याकै भन्न सकिन्न ।’

महासचिब वैद्यले केपि-प्रचण्डले दुईतिहाई सरकारको दम्भले समृद्धी र बिकासको सपना देखाएर जनतालाई भेडा बनाएको बताए । उनले यस्तो किसिमको जनविरोधि सरकारलाई विस्थापन गरेर जनपक्षिय सरकार ल्याउन सच्चा क्रान्तिकारीहरु एक भएको जनताले हेर्न चाहेको बताउँदै आफूहरुले विप्लव र गोपाल किरातिहरुसंग घनिभुत छलफल चलाइरहेको पनि बताए । 

नेकपा मालेका महासचिब सिपि मैनालीले आफू राष्ट्रवादी भन्ने केपि ओलिले देश र जनताका निम्ति राम्रो काम गर्ने प्रशस्त मौका हुँदा पनि गफ भन्दा केहि गर्न नसकेकोले जनता हाँस्न थालिसकेको बताए । त्यस्तै उनले चीन सरकारले लिपुलेकको बारेमा आवाज उठाउ, हामी नेपालको पक्षमै निर्णय गर्छु भन्दा पनि दक्षिणको छिमेकी रिसाउँछ भनेर चुँ पनि नगरेको आरोप समेत लगाए ।

प्राध्यापक डा.सुरेन्द्र केसिले जन्मिने वित्तिकै नेपालीले ३५ हजार रुपैयाँ ऋणको भार बोकेर जीवन गुजारा गर्नु पर्ने अवस्थाबाट जनतालाई मुक्त गर्न सक्ने नेतृत्व देशले चाहेको बताए ।

नायक तथा निर्माता नवल खड्काले आफूले निरन्तर राष्ट्रवादी चलचित्रहरु निर्माण गर्दै आएको र अव छिट्टै ‘काँडेतार’ नामक चलचित्र बनाउन लागेको बताए । नेकपा माओवादी केन्द्रका महासचिब कर्णजित बुढाथोकीले कार्यक्रमको संचालन गरेका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्