भोलि माओवादी केन्द्रको चियापान: केपी-प्रचण्ड,विप्लव-वैद्य र देउवालाई बोलाईयो
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले भोलि (मंगलबार) चियापान कार्यक्रमको आयोजना गर्न लागेको छ ।
दशैं, तिहार, नेपाल सम्बत तथा छठको अवसरमा चियापान कार्यक्रम गर्न लागिएको पार्टीका महासचिव कर्णजीत बुढाथोकी ‘शुसील’ ले जानकारी दिए । मंगलबार दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा भवनमा चियापान कार्यक्रम आयोजना गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गोपाल किरातीको नेतृत्व देश ब्यापी रुपमा पार्टी सन्चालन भई रहेको छ ।
महासचिव शुसीलका अनुसार चियापान कार्यक्रममा प्रधानमन्त्री तथा (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राजपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि निम्ता पठाइएको महासचिव शुसीलले जानकारी दिए ।
त्यसैगरी चियापानमा नेपालस्थित विभिन्न देशका राजदूत तथा कुटनीतिक नियोगका प्रतिनिधिलाई पनि बोलाइएको छ ।https://www.youtube.com/watch?v=kl0YhvAsYQg