सांसद सुरेश देउसीमा भट्टयाउँदै
–राजु बिक्रम चाम्लिङ
प््रानिधिसभा सदस्य माननिय सुरेश कुमार राई (हिमाल) नेपाल कम्युनिष्ट पार्टीको प््रादेश नम्बर एकको सचिव तथा नेकपाको केन्द्रिय समिति सदस्य हुनुहुन्छ । सांसद हिमालले आफुलाई जिताएको जनताहरुसँग भेटघाट गर्ने क्रममा २०७५ सालको देउसी भैलो कार्यक्रममा रौतामाईका स्थानिय समूदायहरुसँग खुशी साट्न पुगेका छन् । तिहारको समय परेको हुनाले भैलो, देउसी पर्वमा भट्ट्याउने र भैलो देउसी भन्नु नै मुख्य चाडको मनोरञ्जन तथा पर्व मनाउने तरिका हो ।
यही अवसरमा सांसद स्थानिय समूदायहरुको अभिभावक बनेर भट्ट्याउने काम गर्नु भएको छ । उक्त क्रममा तिहारको समयमा रौतामाई गाउँपालीका वडा नं. २ र ४ को गाउँहरुमा तिहारमा देउसी भैलो खैल्न र खुशी साट्न पुगेका स्थानिय विक्रम थापाले बताए । हरेक वर्ष दिनमा मनाइने दिपावलीमा आशिष दिने तथा लिने र माइती चेलीबीच विशेष फुलमालाले खुशी र आर्शिवाद लिनेदिने प्रचलन रहेको छ । तर सांसद हिमाल आफ्नो परिवार चेलीहरुसँग उेउसी मनाउँदनु भन्दा पनि स्थानिय समूदायहरुसँग देउसी भैलो खेल्दै खुशीआदान प्रदान गर्नमा व्यस्त रहे । देउसी भैलेनीसँग कार्तिक पर्वमा हरेक घरपरिवारबाट दान पनि दिने प्रचलन रहेको छ ।
स्मरण रहोस तिहार एक विशेष चाड हो । यही समयमा जनताहरुसँग रम्न जनताको घरदैलोमा पुग्नु उनीहरुमा ज्याँदै हर्षित हुन्छन् । सांसद हिमाल २०७५ सालको सबै चाडपर्वहरु जनताहरुसँग मनाउने योजना अनुसार दशैंमा कटारी नगरपालीका र ताप्ली गाउँपालीकाको जनताहरुसँग दशैं मनाएका थिए । भने तिहारमा त्रियुगा नगरपालीका र रौतामाई गाउँपालीकाको स्थानिय समूदायहरुसँग मनाएका छन् । आगामी उधौली साकेला, साकेवा पर्वमा लिम्चीबुङ गाउँपालीकामा जाने योजना रहेको सांसद राईले बताए ।