Logo

किन नेपालमा वर्गीय आन्दोलन सफल हुँदैन ???


भाई किराती

नेपालमा वर्गीय आन्दोलन सफल हुँदैन किन ? यही प्रश्न अनुत्तरित छ, हरेक समयमा हुँदै आएको आन्दोलनहरुलाई महान ऐतिहासिक भन्दै त आइएको छ । तर उपलब्धि भने घुम्दैफिर्दै उहीँ  रुम्जाटार भनेझैँ भएको छ । वर्गीय आन्दोलनमा जातीय सवाल बारे चासो राख्न थालेदेखि केही  प्रश्नहरुको समाधान भएको छ । प्रश्न – वर्गीय, जातीय, लैङ्गिक, क्षेत्रीय उत्पीडनको हुँदैहोइन । प्रश्न मुल दर्शनको छ, प्रश्न धार्मिक परम्पराको छ, प्रश्न एकाधिकार पुँजीवादको छ । प्रश्न, पूर्वीय सभ्यतामा ऐतिहासिक क्रान्ति सफलता पूर्वक सम्पन्न गर्ने जाति किराती समुदायको आफ्नै लिखित दर्शन र कुनै ऐतिहासिक ग्रन्थहरु खोइ ? नेपालमा किरात काल अघिको गोपाल वंशावली इतिहास स्पष्ट भेटिनु, अनि किरात काल पछिको इतिहास पनि स्पष्ट हुनुले छट्पटी र कहालीलाग्दो प्रश्न छँदैछ ।

गति क्रमसँगै ति सारा प्रश्नको जवाफहरु नभेट्दै पूर्वीय दर्शनको अध्यायनले अझै गहन चासोको मार्गमा जोडिदिएको छ । चार्वाक, पूर्वीय दर्शनको समग्र भौतिकवादी दर्शन हो । यो समग्र समाजको बिकास क्रम र मर्मलाई केन्द्रमा राखेर निर्माण गरिएको दर्शन थियो । त्यसै कारण यसलाई लोकायत दर्शन भनियो । यसले अध्यात्मवादी कित्तालाई पूर्ण ध्वस्त पार्नेकाम गरेको थियो । तसर्थ चार्वाकलाई त्यो बेलाका महान ब्राह्मण ॠषिमुनिहरुले सहन सक्ने कुरै भएन । जुन दर्शन खोजी-खोजी जलाइदिए, भेटेजत्ती समर्थकलाई मारीदिए, बाँकी सबैलाई चार्वाक सम्बन्धि कुरा सम्म गर्न प्रतिबन्ध लगायो, अहिले चार्वाकको बारेमा, ब्राह्मण ऋषिमुनी, महापण्डितहरुले अपशब्दद्वारा गालिगलौज गरेको किस्साहरु बाहेक वास्तविक चार्वाकको मुल खण्ड भेटिएको छैन । यस कुराले हामीलाई के कुराको बोध गराउँछ भने प्राचीन काल देखिनै भौतिकवाद विरुद्ध अध्यात्मवादको चरम दमन, उत्पीडन रहँदै आएको छ । अर्थात भौतिक जगतलाई मुलसत्ता मानी त्यसको आधारमा लेखिएका जे जत्ती आधिकारिक ग्रन्थ र दर्शनहरु सबैलाई नष्ट गर्ने प्रवृत्ति भनौं वा सत्यको विरुद्ध असत्यको जीत हुने मार्गदर्शक सिद्धान्त उहीबेला देखि मौलाएको प्रष्ट हुन्छ । त्यसैले नेपालमा जनपक्षीय समाज व्यवस्था स्थापना हुन नसकेको हो ।

किराती दर्शनलाई “रिदुम” वा “मुन्धुम” भनिन्छ । “रिदुम” शब्द रि+दुम = रिदुम, यसमा “रि” भनेको मुख्य कुरा, “दुम” को दुइटा अर्थ लाग्ने गरेको छ, एउटा पहिल्याउनु र अर्को पिउनु हो । तर “रिदुम” मा लाग्ने अर्थ पहिल्याउनु, पत्तालाउनु नै हुन्छ । अर्थात “रिदुम” को शाब्दिक अर्थ मुख्य, मुलकुरा पहिल्याउनु वा मुलसत्ता पत्ता लगाउनु भन्ने हुन्छ ।

पूर्वीय सभ्यता अन्तर्गत दार्शनिक जगतमा चार्वाक दर्शनको स्थान उच्च र महत्वपूर्ण रहेको पाइन्छ । जुन दर्शनलाई “लोकायत” भनिन्छ । जसको अर्थ लोकबाट उठेको आवाज अर्थात समाजले चाहेको मार्गदर्शन भन्ने हुन्छ । तसर्थ चार्वाक जस्तो भौतिकवादी दर्शनको निर्माणले ब्राह्मण ऋषिमुनी, महापण्डित र पुरोहितहरुको निम्ति ठूलो संकट सिद्ध हुनभयो । त्यसकारण चार्वाकको बारेमा यत्ति धेरै भ्रमहरु सृजना गरे कि कहिल्यै केलाउनु नसक्ने गरि उल्टिपल्टी पारियो । चार्वाक भनेको समाज बिरोधी, पवित्र वेदको  बिरोधी, उच्छृङ्खल, पाखण्ड, खन्चुवा, भविष्य नसोच्ने आदि आदि आरोप लगाइ त्यसलाई खोजी खोजी जलाइदिए, त्यत्तिमात्रै कहाँ होर उसका अनुयायीहरु, पक्षधरहरु सबैलाई खोजी खोजी मारिए, चार्वाकको बारेमा कुनै शब्दसम्म उच्चारण गर्न प्रतिबन्ध लगाइयो । कालान्तरमा आखिरमा चार्वाक के हो, कस्तो थ्यो, प्रतिबन्ध लगाइयो किन ? भनी ढाकछोप गर्नै नसकिने गरी लोकबाट पुनः आवाज उठ्यो र ब्राह्मणहरुको मण्डलीले चार्वाक खोजी गर्ने नौटंकी टोलि निर्माण गरे र ठिक पहिला उनीहरुले लगाएको आरोपलाई पुष्टि हुनेगरी संस्कृतकरण गरि विभिन्न भाष्य पंक्तिहरु रचना गरिए । जस्तैः   यावत् तिवेत सुखं जिवेत ! ऋणकृत्वापी घृतम पिवेत !! भष्मी भूतष्य देहष्य !!! पुनरागमनं कृत !!!! अर्थात जे जे भए पनि सुख, ऐशआरामले बाँच्ने, ऋणै काढेर भए पनि घ्यू नै खाने, मस्ती गर्ने, भस्म खरानी भैसकेको देहलाई खुशी-आनन्द दिलाउने । चार्वाक भनेको यही हो, यस्तो कुकर्म सिकाउने मार्गको खोजी किन गरेको ? भनेर पुनः लोकलाई दमन गरियो । तर भौतिकवाद त्यत्ति जिद्दी छ, अन्ततः आफ्नो गति लिएरै छाड्छ ।

चार्वाक दर्शनको बारेमा किन यहाँ उद्धृत गरिएको हो भने यस दर्शनसँग प्राचीन नेपालको किराती जातिको राम्रो सम्बन्ध थियो । या त किराती दर्शनबाट प्रभावित चार्वक थियो । भन्ने कुरा सतहमा देखिन आउँछ । संयोग मानौं वा प्रत्येक्ष सम्बन्धको कारण होस, दार्शनिक दृष्टिकोणले समकालीन युग तत्व मीमांसाको आधारमा “रिदुम”/”मुन्धुम” र चार्वाक दर्शनको विषयवस्तुमा तात्विक भिन्नता प्राय छैन । किराती दर्शनलाई “रिदुम” वा “मुन्धुम” भनिन्छ । “रिदुम” शब्द रि+दुम = रिदुम, यसमा “रि” भनेको मुख्य कुरा, “दुम” को दुइटा अर्थ लाग्ने गरेको छ, एउटा पहिल्याउनु र अर्को पिउनु हो । तर “रिदुम” मा लाग्ने अर्थ पहिल्याउनु, पत्तालाउनु नै हुन्छ । अर्थात “रिदुम” को शाब्दिक अर्थ मुख्य, मुलकुरा पहिल्याउनु वा मुलसत्ता पत्ता लगाउनु भन्ने हुन्छ । दार्शनिक दृष्टिकोणले रिदुम द्वैतवादी धारा हो जसले प्रकृति र चेतनालाई मुलसत्ता मानेको थियो । रिदुममा प्रकृतिलाई प्रधान मान्दै जल, वायु, अग्नि र भूमि गरी चार तत्वको ब्याख्या गरेको पाइन्छ । सांख्य दर्शनमा पञ्चतत्व, पञ्च ज्ञानेन्द्रीय, पञ्च-कर्मेद्रीय, पञ्च तन्मात्रा, मन, विवेक, घमण्ड र बोली लगायत पञ्च महाभूत भनी उल्लेख गरेको पाइन्छ । चार्वाक दर्शनमा जल, वायु, अग्नि र पृथ्वी गरि चार तत्व उल्लेख गरिएको छ । त्यसैगरी पश्चिमा दर्शनमा जल, वायु, अग्नि, पृथ्वी र आकाश गरी पञ्च तत्वको कुरा गरेका छन । रिदुममा आकाश/खगोल सम्बन्धि बिस्तृत रुपमा विश्लेषण गरेको पाइदैन । यद्यपि बृहस्पति, शुक्र र विभिन्न ताराहरुको बारेमा कथा भेटिन्छ्न । जेहोस रिदुम अनुसार उधौली उभौलीको अवसर पारेर  जल, वायु, भूमि अग्निको पूजा गर्ने परम्परा छ । जसमा जल, वायु र भूमि पूजा छुट्टाछुट्टै हुन्छ । तर अग्नि र सूर्यलाई एउटै वर्गमा राखेर सँगै पूज्ने गरेको पाइन्छ । रिदुमले पदार्थलाई प्रधान र चेतनालाई सहायक सत्ता मान्दै जल, वायु, अग्नि र भूमि गरी चार तत्वको अस्तित्वको कारण मानव जीवन अस्तित्वमा रहन सक्दछ भान्ने मान्यता राख्छ । यस कुराको पुष्टि गर्नको लागि किराती समुदायले निर्माण गरेको घरको आकार, समग्र चुल्होको संरचना, चुल्होलाई सम्बोधन गर्ने सामान्य मुन्धुमी शब्दावलीहरु, विशेष आकारको ढोल, झ्याम्टाको आविस्कार साथै त्यसलाई सम्बोधन गर्ने विशेष मन्धुमी शब्दावलीहरु नै काफी छन । यसको आवश्यक खोज अनुसन्धान जरुरी छ । ब्राह्मणवादी एकाधिकार राज्यसत्ताको दृष्टिकोणमा बिना आधिकारिक ग्रन्थ तथा दर्शन कुनै जातिलाई सभ्य मानव मानिदैन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्