Logo

पूर्वसैनिकले गोली चलाए, १२ जनाको मृत्यु, १० घाइते


काठमाडौँ । विद्यार्थीले भनिएकार एक रात्रिकालिन बारमा गोली चल्दा १२ जनाको मृत्यु भएको छ । यो अमेरिकाको घटना हो ।

क्यालिफोर्नियाको थाउजन्ड ओक्सस्थित ‘बोर्डरलाइन बार एन्ड ग्रील’ एक जना पूर्वसैनिकले अन्धाधुन्ध गोली चलाएका थिए ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अमेरिकी पूर्वसैनिक २८ वर्षीय इयान डेबिडले गोली प्रहार गरेका थिए । उनले अरु व्यक्तिको हत्यापछि उनले आफैंमाथि पनि गोली प्रहार गरेर आत्महत्या गरेका थिए ।

गोली प्रहार भएको समयमा बारमा करिब २ सय मानिस रहेको बताइएको छ । मानिसहरु पार्टीमा व्यस्त भएका बेला बन्दुकधारीले गोली चलाएका हुन् । मारिनेमा धेरैजसो विद्यार्थी छन् ।

घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय विश्वविद्यालयका विद्यार्थीले कलेज नाइट मनाइरहेका बेला उक्त घटना भएको बताइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्