Logo

सांसद हिमालको तिहार जनतासँगै


राजु बिक्रम चाम्लिङ

प्रदेश नम्बर १ उदयपुर जिल्ला क्षेत्र नं.२ को सांसद सुरेश कुमार राई (हिमाल) जनतासँगै तिहार मनाई रहेका छन् । नेपालमा संविधान कार्यान्वयनसँगै नेपालीहरुले नेपाली चाडपर्वहरु खुशीकासाथ मनाउन थालेका छन् । नेपालीहरुको जनसंख्याको हिसाबले बाहुल्य रुपमा मनाइने दशैं, तिहार ल्होसार साकेला, ईद आदि हुन् । दशैंको खुशीयालीमा समेत जनताको घरघरमा गएर जनतासँगै मनाएका थिए ।

परदेशमा रहेका सबै नेपाली आफ्नो घरमा फर्केर दशैं तथा तिहार लगायतका पर्वहरु बनाउँछन् । तर सांसद हिमाल भने नेपाल परिबर्तनको लागी १६ वर्षको उमेरमा भूमिगत भएसँगै दश वर्षे जनयुद्ध, तथा उक्त जनयुद्धको सफल परिणाम स्वरुप निर्माण भएको संविधान कार्यान्वयनको क्रममा जनताको अधिकार जनतासँगै, केन्द्रिय सरकारको अधिकार स्थानिय तहमा आएसँगै उक्त खुशी चाडपर्वको अवसर पारेर जनतासँगै तिहार मनाउन सांसद हिमाल गाउँ गाउँमा जनताहरुसँग रमि रहेका छन् ।

जनतासँगै देउसी भैलो खेल्ने क्रममा सांसद हिमाल उदयपुर जिल्लाको रौतामाई गाउँपालीका वडा नं.६ निकासमा स्थानिय समूदायहरुसँग देउसी खेलेर रमिएका छन् । देउसी खेलेसँगै दान पनि प्रदान गरिएको थियो ।हरेक नेपालीहरु आफ्नो परिवारसँग रमाउँदै तिहार मनाउने गर्दछन् ।

तर सांसद हिमाल भने जनतासँग तिहार मनाउनमा नै खुशी छन् । यसकारण जनताहरु पनि आफुले आफ्नो परिवारका साथ अभिभावक पाएको स्थानिय बिक्रम राईले बताए । विभिन्न पर्वहरुमा हरेक गाउँ गाउँ जनतासँगै मनाइ रहेका सांसद हिमाल अधौली पर्वमा लिम्चीबुङ गाउँपालीका जाने योजना तयार रहेको जितेन राई बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्