Logo

डोल्पा जीप दुर्घटनाको ताजा अपडेट


काठमाडौँ । दिउँसो डोल्पामा भएको जीप दुर्घटनाको पछिल्लो अपडेट प्राप्त भएको छ । डोल्पाको सदरमुकाम दुनैबाट त्रिपुरा सुन्दरी नगरपालीकाको सुपानीको लागि छुटेको जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।

दुनै सुपानी सडकखण्डको ठुलीभेरी नगरपालीकाको कालागौडा नजिकैको बतासे डाडाँमा जीप भेरी नदीमा खस्दा ३ जना महिला र ७ जना पुरुषको ज्यान गएको हो । मृत्यु हुनेमा जीप चालक त्रिपुरा सुन्दरी नगरपालीका वडा नं. ३ का दिनेश बहादुर बोहोरा र वडा नं. २ रुमका वडाअध्यक्ष नन्दबहादुर थापा गम्भीर घाईते भएका छन् ।

सोमबार भएको जिव दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालीका वडा नं. १ का अन्दाजी ४८ बर्षका हेमराज हमाल, सोही नगरापलीका वडा नं. १ का अन्दाजी ६५ बर्षका नरसिंह कठायत, वडा नं. १ कै शेरबहादुर थापा, वाड नं. २ मधुकी अन्दाजी १३ बर्षकी अस्मीता रोकाया, वडा नं. ५ ल्हाकी अन्दाजी २५ बर्षीय लक्ष्मी रोकाय, सोही नगरपालीका वडा नं. ३ सुउका वर्ष ४५ का बोध धराला, सोही नगरपालीका वडा नं.३ १६ वर्षीय मनिसा धराला र ठुलीभेरी भेरी नगरपालीका वडा नं. ५ बर्ष ३० वर्षीय भद्र रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जाडो महिनामा नदीमा जीप डुबेको कारण चिसोले धेरैको ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतकका शव जल्ला अस्पताल डोल्पामा राखिएको छ । भोलि पोष्टमाटम गरी आफन्तलाई जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ ।
दुर्घटनामा जिल्ला अदातल डोल्पामा कार्यरत डोल्पा त्रिपुरा सुन्दरी नगरपालीका चुकी अमिना बुढामगरको झोला भेटीएको मान्छे बेपत्ता भएको हुन सक्ने बताइएको छ । प्रहरी र स्थानीयले घाइते र मृतकलाई सदरमुकाम ल्याएका हुन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्