महाराज! वर्षौं पो भएछ… महाराज! वर्षौं पो भएछ…
योगेश्वर खालिङ
महाराज! वर्षौं पो भएछ तिमी उपद्रो चिच्याएको नि !?
अब कति बिताउनु पर्छ? यस्तो कोलाहल महाशय !!?
कर्तव्य र कानुनको अगाडि पो त निरीह छु सरकार !
अब त यतिमै सिमित रहे हुन्थ्यो चिच्याहट महाराज !!
म पनि त एउटा तिमी जस्तै मानव मेसिन हुँ ।
अलि अलि खिएको छु अनि केही थाकेको छु।।
त्यसैले अरु बाँकि दलिनु अनि पेलिनु मन छैन ।
एक पछिको अर्को तमासा त झन हेर्नै मन छैन ।।
यदि वर्षौंको पिडाले म कठोर हुन बाध्य भएँ भने ।
अनि दुस्साहसि मेरो जालो र पासो थापि दिएँ भने ।।
सधैं गाँज्ने दाह्रा नङग्रा अनि गिदिका लाभा सबै सबै ।त्यो पासोको एकै घान सिलौटोमै पिसिएला नि जम्मै ।।
अनि सकिएला तिम्रो एक तमासाको एउटा उपद्रो युग ।
र फेर्न सकिएला कि कतै! स्वतन्त्रको सजिलो सास ।।