Logo

२०७५ को गोल्डकपको उपाधी खाखासलाई


राजु बिक्रम चाम्लिङ
भौगोलिक र विकासको हिसाबले पूर्वको कर्णाली मानिने खोटाङ जिल्लामा यहाँका स्थानीयवासीहरु जो आफ्नो गाउँबाट परदेशमा रहेर तथा आफ्नै देशमा रहेता पनि गाउँबाट पराई रहेर आफ्नो गाउँविकासको निमित्त आफ्नो अमूल्य पसिनाको कमाईको केही संचित रकम समाज विकास, भौतिक विकास, शिक्षा, आपतकालिन् समस्या, विरामी, खेल विकास लगायतको क्षेत्रहरुमा सहकार्य मार्फत सहयोग हालैसुङ राजाका सन्ततीहरु तथा उनीहरुको सहकार्यमा अन्य समाजसेवीहरुको सहकार्यमा सहयोग र समाजसेवा गरिरहेका छन् । यसै क्रममा युवाहरुलाई हौसलामात्र होइन उनीहरुमा खेलकुदको विकास गर्नको लागी होलैसुङ जनराजराई मार्ग गोल्डकप विस २०७३ देखी सुरुवात भई हाल तेस्रो संस्करणको खेल कार्तिक ११ देखी १७ गते सम्म हलेसी तुवाचुङ नगरपालीका वडा नं.५ दुर्छिम भञ्याङमा सम्पन्न गरिएको छ ।

उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य माननिय विशाल भट्टराई तथा विशिष्ट अतिथि पूर्व माननिय अस्मिता कार्कीद्धारा उद्घाटन गरिएको थियो, भने समापन कार्यक्रम तथा पूस्कार वितरण प्रदेश १ का सभासद माननिय राजन राई, हलेसी तुवाचुङ नगरपालीका उपमेयर, विमला राई, प्रथम, द्धितिय र सेमी फानलिष्ट पुरस्कार प्रायोजक जनराज राई, विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई अमृता–अदिलसेर राई मुईमा लाम अर्वाड, आठवटा वेष्ड अर्वाडका प्रायोजक नरेन्द्र राईको तर्फका प्रतिनिधि मिस मंगोलका प्रथम रनरअप निर्मला राई लगायतको उपस्थिति तथा पुरस्कार वितरण गर्नु भएको थियो । उक्त खेलमा विभिन्न जिल्लाहरु खोटाङ, सोलुखुम्बु, वखलढुंगा, उदयपुर लगायतका जिल्लाहरुका क्लव तथा समुदायहरुबाट ३१ समूहको सभागीता रहेको थियो । उक्त खेलमा प्रथम खामाखा खार्चुङ समूह, द्धितिय ॐशिव शक्ति क्व हलेसी तथा सेमीफालिष्टहरु नयाँ नेपाल सरोकार समाज सोक्माटार ओखलढुंगा तथा साइनो क्वल राटमाटे रहेका थिए । उक्त पुरस्कारहरु प्रथम रु.७५,०००। गोल्डकप सिल्ड, प्रमाणपत्र तथा मेडल, द्धितिय पुरस्कार रु.३५,०००।, प््रामाणपत्र र मेडल, सेमी फाइनलिष्टहरुलाई रु.१५,०००। तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई रु.५,०००। प््रामाणपत्र तथा मेडल वितरणगरिएको थियो ।

स्मरण रहोस सामाजिक विकासको लागी सहकार्य गर्दै हलेसी तुवाचुङ नगरपालीका वडा नं.५ दलश्वर राईचोक छाडाँडाबाट ख्रोपा बतासेघाट सम्मको १३.२७ किलो मिटर सडक निर्माणको लागी करिब रु.७,००,०००। (अक्षेरेपी सत्तरी लाख) बराबरको सडक सम्पन्न गरेको थियो । यसै गरी दुर्छिम माध्यमिक विद्यालय व्यवस्थापनको लागी रु.२,५५,०००। (दुईलाख पचपन्न हजार), उदयपुर बतासे सडकको लागी रु.११०,०००। (एकलाख दशहजार), हलेसी बजारमा आगलानी हुँदा विभिन्न संघ संस्थाहरु, राष्टिय संस्थाहरु र विदेशमा रहेका नेपालीहरुको सबैको सहकार्यमा रु.१५०,०००। (अक्षेरुपी पन्ध्र लाख), हलेसी तुवाचु नगरपालीका वडा नं.५ राटमाटेमा आगलागी हुँदा रु.२२,०००। (अक्षेरुपी बाइस हजार), हालको हलेसी तुवाचुङ नगरपालीका ७ बारे मा बस दुर्घटना हुँदा रु.१,५५,०००। (अक्षेरुपी एकलाख पचपन्न हजार), स्थानिय विभिन्न टोल टोलको सडकहरुमा १,५०,०००। (अक्षेरुपी एकलाख पचासहजार), स्थानिय विभिन्न क्लवहरुमा युवा खेलाडीहरुलाई प्रोत्साहन र सहयोग रु.१,०५,०००। (एकलाख पाँचहजार), फुटवल खेलकुद मैदान ३,१५,०००। (तीन लाख पन्ध्र हजार), पटक पटक गरेर विभिन्न विरामीहरुलाई गरी रु.१७५,०००। ल्गायतका अन्य सयोगहरु गर्दे आएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्