Logo

‘नजन्माउ मलाई’-जाउमा म्वारेबुङ


आमा !
म छोरी हूँ
तिम्रो गर्वभित्र हुर्किँदैछु
म आउनु अघि
तिम्रो पेट हेरेर
अड्कल काटिरहेछन
छिमेकी
सपनामा आधार
खोजिरहेछन
पापा
बाटो हेरिरहेछन
बाजे बोजु
छोरा जन्मिछ कि
छोरि भनेर !

आधुनिक यो दुनियाँमा
रेडियोलोजि , माईक्रोस्कोपमा
खोसिन्छ मेरो
अधिकार
म झर्ने बित्तिकै
माटोमा
मेरो आवाजबाट
अनि
गुप्ताङ्ग हेरेर
अनुहार खुम्च्याउँदै
छोरी जन्मेछ भनेर !

डर, त्रास छ
मलाई
म चियाउँदैछु
तिम्रो पाठेघरबाट
त्यो आडम्बरिहरुलाई
नजन्मिँदै गिजोल्ने गिद्दे नजर
ट्वाल ट्वाल्ती हेर्ने
अपराधी आँखा
अघोषित पापी मन
सक्ने भए म
पारिदिने थिएँ
भस्म !

आमा !
साँच्चै नजन्माउ मलाई
तिम्रै पाठेघरमा छु म
सुरक्षित
तिम्रो न्यानो माया
अनि यहि घरभित्र
निश्चिन्त रहन्छु
हरेक पल
बलत्कार , हिंसा,
हत्याको समाचार हुन
पिपासुहरुकोस सिकार हुन
सक्दिन म
यो हरेक – हरेक पींडामा
पिल्सिन !
२०७५/०६/१० मनिषा

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्