Logo

हिन्दु कम्युनिष्ट पार्टिमा नेकपाको बिकाश कि पतन?


आश कुमार राई 

काठमाण्डौ- एक घना जंङ्गलमा एउटा आफू लाई खुब चत्तुर ठान्ने स्याल थियो। एक दिन त्यो स्यालले मयुरको सिकार गरेछ अनि मासु खाएछ त्यसपछी भुत्ला जिउभरी टाँसेछ र सबै जंङ्गली जनवारहरु भएठाँउमा गएर भनेछ कि आज देखि म यो जंङ्गलको राजा हुँ मलाई सबैले राजा मान्नु पर्छ।

सबैले यसो हेरेछन अनौठो रंङ्गिचङ्गी टाउको भरी जिउ भरी टल्किने मयुरको भुत्ला टाँसेको छ अनि सबैले पत्याएछन र सबैले राजा पनि मानेछन तर दिन ढल्दै गयो ढल्दै गयो जब साँझ परेपछी स्यालहरु कोकोहोलो कराउन थालेछन त्यसपछी उस्लाई पनि खपिनस्क्नु औडाहा भएर आएछ र थाम्नै नसकेर कराउन सुरु गरेछ अनि त्यस पछि तुरुन्तै स्याल राजाको भेद खुलेछ त्यस्तै हाम्रो देशमा पनि आफू लाई जबर्जस्त कम्युनिष्ट भन्ने हिन्दु नश्लबादी हरुको एउटा बगालको भेद खुलेको छ जस्ले अहिले यो देशमा रामराज्य चलाई रहेका छन। २००६ सालमा पुष्पलालले कम्युनिष्टको बीउ रोपे समाजबादी हरु उम्रीनु पर्ने ठाँउमा भ्रष्टाचारि राष्ट्रघाती,दलाल अनि नश्लबादी हरु उम्रेर बाक्लै झाँगी सकेको प्रष्ट देखिन्छ। तर तिनीहरु आफूहरु लाई बिष्वको सबै भन्दा उन्नत सभ्य अनि सबै भन्दा ठूलो कम्युनिष्ट पार्टी भन्दछन।

यदि पुष्पलाल यत्तिबेला भएको भए उनी कार्ल मार्क्सको यो भनाई लाई धेरै चोटि दोहोर्याउथे होलान “I sod dragons teeth, but harvest plea”अनि पुष्पलालले भन्नेथे होलान धार्मिक र नश्लिय स्वर्थको उदेश्य बोकेर समाजबाद स्थापना हुँन सक्दैन जो तिमीहरु गरिरहेका छौ । त्यो बाटो बाट कम्युनिष्ट पार्टिको काम,कर्तब्य र उदेश्य पुरा हुनै सक्दैन त्यसैले तिमी हरु यो दक्षिणपंथी बिसर्जन बादको बाटो बाट तुरुन्त फर्किनु पर्छ। हालै जारी भएको नयाँ संबिधानको प्रस्ताबनामा धर्म निरपेक्ष मुलुक भनेर लेखिएको छ र तिनिहरु उक्त संविधान आफूहरुले लेखेको दाबी गर्छन। अनि एउटा धर्मको पक्षमा उभिन्छन र एउटा धर्मको प्रबर्द्धन गर्दछन र सम्पुर्ण जनतामाथी उक्त धर्मको संस्कृति थोपर्छन।

संविधान संशोधन गरि अरु धार्मिक चाडहरु लाई निषेध गर्दै प्रधानमन्त्री कार्यलय देखि राष्ट्रपति कार्यलय सम्म राज्यकोषको करोडौ खर्च गरि देश ठप्प पार्दै हिन्दु धार्मिक राज्यशत्ता स्थापना दिवस तथा उत्सब हालै सरकारले मनायो जुन संस्कार निरंकुश राजतन्त्रले गरेको शासन कालमा भन्दा अझ उच्च र खर्चालु छ। संसदिय ब्याबस्थाको लामो अभ्यासको ईतिहाँसमै पहिलो पटक ब्याबस्थापिका, कार्यपालिका,न्याय पालिका,सुरक्षा निकाय लगायतको सम्पुर्ण राज्यसत्ता एउटा जातिले बैधानिक तरिकाले झुक्याएर कब्जा गरेको सम्भव त यो पहिलो ईतिहाँस हो। तर यो सम्योग हैन यो अत्यान्तै मिहिन ढंङ्गले बनाईएको रणनीतिक कारेक्रम अनुसार आएको भनेर बुझ्न सकिन्छ।

जस्को काम बिकाश निर्माण परिबर्तन र जनपक्षीय कारेक्रम ल्याएर जनजिबिका हरुलाई सम्बोधन गर्न राष्ट्र शक्तिशाली बनाउदै राष्ट्र लाई समृद्ध बनाउनको लागि हैन,नेपालमा नयाँ संविधान कार्यनोयन संङ्गै हजारौं बर्ष पुरानो दर्शनको अस्तित्व माथी संकट आई सकेको र उक्त दर्शनले अहिलेको सत्तासिन जाती लाई रक्षक,पालक,ब्याख्याता अनि सर्बोपरी मान्दछ। त्यो दर्शनले साह,राणा कालमा मात्र नभएर अहिले सम्म नेपालमा जत्ती ब्याबस्था परिबर्तन भयो ती सबैको मुल सत्ता उहि पुरानो दर्शन थियो।

त्यही पुरानो दर्शन लाई फेरि बदलिदो परिस्थिति तथा नयाँ सिराबाट एक पटक अनुमोदन गराउने र कालन्तर सम्म त्यही पुरानो दर्शनले यथाईस्थितिमा यो मुलुक चलाउने रणनीतिमा यो दुई तिहाई सरकार आएको देखिन्छ। प्रष्ट भन्नु पर्दा गणतन्त्रात्मक ब्याबस्थामा फेरि हिन्दु धार्मिक सामाजिक सत्ता तथा दर्शन स्थापना गर्ने यो सरकारको मुख्य काम कर्तब्य र एतिहाँसिक अभिभारा हो। त्यही आफ्नो उदेश्य पुरा गर्न यो सकार बडो सुझबुझका साथ कथित कम्युनिष्टको मुखुण्डो ओढेर पतित मार्गमा आफ्नो स्थापना देखि निरन्तर अगाडि बढीरहेको देखिन्छ।

१:- दर्शन के हो त ?
दर्शन भनेको मुलत शत्ता लाई देख्नु,बुझ्नु, चिन्नु,थाहापाउनु हो र दर्शन आफै सत्ता पनि हो।
२:- परिबर्तन भनेको के हो ?
नयाँ ब्याबस्था तथा नयाँ राज्य प्रणालिको बिकाश हुनु,गर्नु तथा पुरानो ब्याबस्थाको बिकास या बिकल्प पनि हो।
३:- दर्शन कहाँ र कसरी अभिब्यक्त हुन्छ ?
दर्शन समाज र राज्यसत्ताको चरित्र तथा उस्को कारेक्रम हरुबाट अभिब्यक्त हुन्छ।

त्यसैले अहिलेको परिबर्तन पछिको गणतन्त्रात्मक नयाँ संविधान कार्यनयन संङ्गै बनेको दुईतिहाई वाला सरकारलाई त्यो परिबर्तित धरातल बाट हेर्दा ब्याबस्था परिबर्तन भए पनि जबर्जस्त पुरानो एकात्मक नश्लिय हिन्दु आर्य ब्राह्मणबादी राज्यसत्ताको निरन्तरता दिन चाहान्छ। त्यसैले यो सरकार जनताको सरकार हुँदै होईन।

हिंजु ब्राह्मणबादको नाभि राजा थियो भने राज संस्थाको अन्त्य पछि रुपमा राप्रपा कट्टर हिन्दु अतिबादि देखिए पनि मुल त हिन्दु अतिबादको नाभि एमाले थियो र जनयुद्ध बाट आएको क्रान्तिकारी शक्तिको एक टुकडी तथा त्यसको मुल नेतृत्वले हिन्दु अतिबादि हरुको डिजाईन लाई बुझ्न नसकि बिलय हुन पुगेको एक पुर्ब क्रान्तिकारि ब्यक्तित्व लाई समेत सहभागी गराई पुन हिन्दु नश्लिय अद्यात्मिक दर्शन तथा ब्राह्मणवाद लाई पुन स्थापित गर्दै हिँजुकै यथास्थिति ढाँचामा मुलुक लाई चलाउने खतर्नाक खेल भैरहेको छ जुन खेलले राष्ट्रिय एकता लाई फेरि कम्जोर बनाउदैछ। त्यसैले यो सरकार सबै जातिको मुक्ति चाहाने प्रचार गरेजस्तो राष्ट्रबादी सरकार बिल्कुल हुँदै होईन।

बिकाश र समृद्धिको नारा दिन्छ अनि सुन तस्कर लाई संरक्षण गरेर राख्छ,शान्ती सुरक्षाको खिलाबमा शृङ्खलाबद्ध बलत्कारको घटना घटी रहेको छ र प्रधानमन्त्री भन्छ यो बलत्कारि पत्ता लाग्न बार्हबर्ष समय लाग्छ,मुल्यबृद्दी थेग्नै नसकिने गरि आकासिएको छ तिनै हाम्रा प्रधानमन्त्री तस्कर दलाल हरुको घरमा मार्सिधानको भात खाँदै भन्छ मुल्यबृद्दी सरकारले गरेकै छैन।
त्यसैले यो सरकार लोकको लागि जिम्मेवार सरकार पनि होईन।

दुई तिहाई वाला सरकारले दुई तिहाई दुई भन्दा बढी बहुसंख्यक जनताको काम गर्छ कि मुठ्ठीभरको कुलीन अनि दलाल बर्गको लागि मात्र काम गर्छ? यो सम्पुर्ण जात जाति संस्कार संकृतिको सरकार हो कि सिमित जात र धर्मको सरकार हो ? कम्युनिष्टहरु भौतिकबादि हुन्छन कि अध्यात्मकबादी हुन्छन ? यदि होईन भने माहाराजको गद्दिमा आसिन नयाँ महाराज महारानी लाई कसरी कम्युनिष्ट भनी आदर्शको रुपमा स्विकार गर्ने ? यो संस्कृतिले कम्युनिष्ट प्रतिको निष्ठा र बिचार लाई कहाँ पुयाउछ ? हिन्दु धार्मिक अतिबादी बाटोमा लाग्नु लाई नेकपाको बिकास हो कि पतन हो भन्ने ?

हिंजु युरोपेली युनियनको मान्छे आउदा आफ्नो कार्यलय बाट मार्कस लेनिनको फोटो हटाउनु अनि अस्ति फेरि लेनिन दिवसमा लेनिनको फोटो नराख्दा खैलाबैला भएको दुनियाले देखेकै हो। मौसुफको सैलिमा गद्दिमा बिराजमान कम्युनिष्ट पार्टिको आलंकारिक मुमा बडामाहारानि र कार्यकारि महाराजले दुनिया लाई घुँडा टेकाएर टीका लागाई धार्मिक पर्बमा सहभागी भई धर्म निरपेक्ष राज्य र कम्युनिष्ट पार्टीको धज्जी उडाउदै गरेको दृष्य हरु देख्दा अहिलेको सरकार र उस्को पार्टी नेतृत्व कम्युनिष्ट हैनन भन्ने कुरा उनिहरुले आफैले प्रष्ट पारेका छन र निश्चित रुपमा अहिले नेकपा हिन्दु कम्युनिष्ट पार्टिमा पतन भई परिबर्तनको मुलबाटो बिज्ञान लाई मुडा बालेर अबरोध पुर्याउने दुस्साहस गर्दै नेकपाले आफ्नो अन्तिम तागत लाएर दलाल संसदिय ब्याबस्था र आफ्नै चिहान आफैले खनिरहेकोछ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्