Logo

माओबादी केन्द्रले महान जनबिद्रोह गर्ने -गोपाल किराती


-सुमन बाङदेल

काठमाण्डौ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन बृहत रुपमा पुरा गरेको छ । बुटवलको हिल पार्कमा शनिबारबाट सुरु भएको विधान सम्मलेनमाथिको छलफल गर्दै सम्मेलनले पार्टीको विधान, राजनीतिक कार्यनिती र रणनिति पारित गरेको छ ।

पार्टीका महासचिव कर्णजीत बुढाथोकीले पेश गरेको राजनीतिक प्रतिवेदन र विधान पारित गर्दै सम्मेलन ‘समाजवाद स्थापनाका लागि महान् जनबिद्रोहको तयारीमा अघि बढौं’ भन्ने नाराकासाथ अभियानमा सुरु भएको छ ।

महासचिव कर्णजीत बुढाथोकी ‘सुशील’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र विधानमाथि छलफल गर्न विभिन्न सात समूह विभाजन गरिएको छन् । सातै समूहले रिपोर्ट तयार गरिएको थियो उक्त सातै समुहले एक पदिए नेतृत्व हुनुपर्ने रिपोर्ट पेश सहित बिबिध राजनितिक प्रतिबेदन र बिधानमाथी सुझाब दिदै सम्मेलन सकिएको छ । माओवादी केन्द्रका ८ औं महाधिवेशन आयोजक समितिले पार्टीको आगामी कार्यदिशा र विधानमाथि छलफल गर्न सम्मेलनको आयोजना गरेको हो ।

पार्टीका अध्यक्ष गोपाल किरातीका अनुसार सम्मेलनले पार्टीको निर्वाचन कार्यविधि, पार्टीको ऐतिहासिक कार्यभार, विधान संशोधन र पार्टीको आर्थिक तथा उत्पादन नीतिबारे ठोस कार्यनीति तय गर्नेछ । उक्त सम्म्लेनबाट महासचिव क. कर्णजित बुढाथोकीद्वारा प्रस्तुत साङठनिक प्रतिवेदन सुझावहरु सहित पारित गरियो, आठौं महाधिवेशनका लागि पार्टीको विधान प्रस्ताव तयार गरियो र ,०७५ फागून १ गते काठमाण्डौ उपत्यकामा आठौं महाधिवेशनका लागि निम्न समिति गठन गरिएको छ ।
(क) गोपाल किराती, संयोजक- व्यवस्थापन समिति ।
(ख) भविश्वर पराजुली, संयोजक – प्रचार समिति ।
(ग) तिलक थापा, संयोजक – आर्थिक समिति ।

अध्यक्ष किरातीले भने ‘महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यका लागि ०७५ पौष १५ देखी माघ १५ सम्म प्रदेश पार्टी सम्मेलनहरु आयोजना गर्ने भएको छ । साथै, आठौं महाधिवेशनका लागि क । गोपाल किराती द्वारा तयार गरिएको “नेपाली मार्क्सवाद र समाजवादी कार्यक्रम” शीर्षक राजनैतिक प्रतिवेदन छलफलका लागि वितरण गरियोएको छ ।’

“गोर्खाली अन्धराष्ट्रवाद विरुद्ध समाजवादी राष्ट्रीय एकीकरण, !” आठौं महाधिवेशनको मुल नारा रहेको छ । राजनीतिक प्रतिवेदनमा नेपाली क्रान्ति पूरा नभएको निष्कर्ष निकाल्दै अावश्यकतामा चुनावको उपयोग गर्न सकिने र संविधानले सबै तह-तप्कालाई समेट्न नसकेको भन्दै संविधानको पुर्नलेखन गर्नु पर्ने कुरा समेत यस सम्मेलनमा गरिएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्