Logo

सत्तारुढ (ने क पा) विरुद्ध सर्वोच्चमा मुद्दा हाल्ने तयारी, चोरको आरोप


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) विरुद्ध सर्वोच्चमा मुद्दा हाल्ने तयारी भइरहेको छ । उक्त तयारी ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको हो । आफ्नो पार्टीको नाम चोरको भन्दै नेकपाले उक्त तयारी गरेको हो ।

पूर्वएमाले र माओवादी केन्द्रको एकीकरणसँगै राखिएका नामप्रति सुरुदेखि नै आपत्ति जनाउँदै आएको नेकपाका नेताहरुले बुधबार सो जानकारी गराएका हुन् । उक्त विवादबारे छलफल गर्न निर्वाचन आयोगले बुधबारै छलफलको आयोजना गरेको थियो ।

छलफलको क्रममा नेकपाका नेता कृष्णहरी भट्टले आफ्नो पार्टीको अस्तित्व सामाप्त पार्ने गरी मिल्दोजुल्दो नाम राखिएको भन्दै आपत्ति जनाएका थिए । उनले सत्तारुढ (ने क पा)ले नाम जुधाएर संविधान विपरित कार्य गरेको भन्दै सर्वोच्च अदालतमा जाने चेतावनी दिए । उनकै पार्टीले आयोगमा दिएको निवेदनकै आधारमा छलफलको आयोजना गरिएको थियो ।

एमाले र माकेको एकता हुनु पूर्व दुबै चुनावमा आयोगमा कट्टेल नेतृत्वको नेकपा दल दर्ता गरिएको थियो । “निवाचन आयोगले दुईवटा पार्टीलाई एउटै नाम दिएर हाम्रो पहिचान मेटाउन खाजेको छ, यो निर्णय नसच्याए सर्वोच्च अदालतसम्म जान्छौं” भट्टले छलफलपछि भने । तर, सत्तारुढ (ने क पा) प्रतिनिधि मुक्ति प्रधानले भने नाम नजुधेको दाबी गरे ।

कट्टेल नेतृत्वका नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले आफ्नो पार्टीको नाम चोरेको आरोप लगाउँदै आएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्