Logo

रियलद्वारा जित बिहिन यात्राको अन्त्य


एजेन्सी । साबिकको विजेता स्पेनिस क्लब रियल मड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियलले चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनलाई २ – १ ले हराएको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र मार्सेलोले एक एक गोल गरे । भिक्टोरियाका प्याट्रिक ह्रोसोभ्स्काईले एक गोल फर्काए ।

सान्टियागो बेर्नाबेउमा खेलको ११ औं मिनेटमा बेन्जिमाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ – ० ले अघि रहेको रियलले दोस्रो हाफमा थप एक गोल गर्यो ।

खेलको ५५ औं मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई २ – ० को अग्रता दिलाए । त्यसपछि खेलको  ७९ औं मिनेटमा भिक्टोरियाका प्याट्रिकले एक गोल फर्काएपछि रियलले २ – १ गोलको जित निकाल्यो ।

जितसंगै प्रशिक्षक जुलेन लोपेटेगुईलाई राहत मिलेको छ ।  पछिल्लो समय रियलले खराब प्रदर्शन गरिरहदा क्लबले प्रशिक्षक लोपेटेगुईलाई बर्खास्त गर्ने तयारी समेत गरिरहेको थियो ।
यस्तै रियलले छैटौं खेलपछि जित बिहिन यात्राको अन्त्य पनि गरेको छ । सबैखाले प्रतियोगिताको पछिल्लो पाँच खेलमा रियलले जित निकाल्ने सकेको थिएन ।
भिक्टोरियाविरुद्धको जितपछि समूह ‘जी’ मा रहेको रियलले ३ खेलबाट ६ अंक जोडेको छ । रियल समूहको शीर्ष स्थानमा छ । भिक्टोरिया १ अंकसहित पुछारमा छ ।
यस समूहको अर्को खेलमा इटालियन क्लब रोमाले रुसी क्लब सीएसकेए मस्कोलाई ३ – ० ले हराएको छ । रोमा ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । ४ अंक जोडेको मस्को तेस्रो स्थानमा छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्