संसद हिमाल काठमाडौं देखी जनताको घरसम्म प्रत्यक्ष खुशी साटे
– राजु बिक्रम चाम्लिङ
नेपालीहरुको महान चाडहरु दशैं, तिहार (दिपावाली), नेपाल सम्वत, ल्होसार, इद, उधौली र छठ लगातार कार्तिक महिना देखी मंशिर भर भइरहेको छ । सामान्य रुपमा जब जब त्यो समूदाय र जातिसँग सम्बन्धित चाडपर्वहरु आउँछन्, तब तब परदेशबाट देश अनि, कर्मभूमीबाट जन्मभूमी तिर मानिसहरु जानेक्रम जारी रहन्छ ।
दशैं र तिहार नै बढी नेपालीहरुले मनाउने र राज्यले पनि अन्य चाडपर्वहरु भन्दा बढी विदा दिने गरेकोले विशेष चाडको रुपमा यसलाई मानिन्छ । राज्य संयन्त्र, कर्मचारी होस वा सरकार, सबैले कार्यालय नै वन्द गरेर आ–आफ्नो घरमा, ससुरालीमा चाड मनाउन वा नयाँ स्थानहरुमा भ्रमण गर्न निस्कन्छन् । तर उदयपुर जिल्लाको क्षेत्र नं.२ का प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित संघिय संसद सुरेश कुमार राई (हिमाल) भने आफुलाई अमूल्य मत दिएर जिताउने जनताहरुको घर, आँगन, दलानमा पुगेर दशैंको शुभकामना आदान प्रदानमा व्यस्त रहनु भएको छ ।
आफ्नो परिवार, नाताहरुलाई दशैंको समय नदिएर ठिक फुलपातीको दिन देखी जनतासँगै हरेक गाउँमा खुशी साट्दै आदान प्रदान गरिरहेका छन् । यही क्रममा कार्तिक ३ गते उदयपुर जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं.२ को ताप्ली गाउँपालीका वडा नं.१ पिपलभञ्याङ लगायत आसपासका गाउँहरुका जनताहरुसँग शुभकामना, भेटघाट आदान प्रदान गरिरहुन भएको छ । यो भेटघाट तथा शुभकामना आदान प्रदान मंशिर भर रहने र आफ्नो क्षेत्रका सबै जनताहरुको घरदैलोमा पुगेर जनताहरुले जे जसरी चाड मनाएका छन्, उनीहरुसँग प्रत्यक्ष रहेर खुशी बाँड्ने कार्यक्रम रहेको नेकपा कार्यालयका कार्यलय सचिव संजिव थापाले जानकारी गराए ।
जनताहरुले आफुले जिताएको संसद आफ्नो गाउँमा यति ठुलो चाड आएको समयमा हामीसँगै रम्न आउनु भएको संसद यो नै इतिहासमा प्रथम पटक भएको स्थानिय जुनु राईले बताउनु भयो । संसद हिमालसँग बसेर वातचित गर्दा दशैंमा टिका लगाएर, परिकार खाएर रमाइलो भन्दा पनि आफुले आफ्नो संसदले दशैंको समयमा आफ्नो घरदलानमा प्रवेश गर्दा लक्षिणले प्रवेश गरेको, आफ्नो अभिभावक आउनु भएको अनुभुती भएको सोमकुमार मगरले बताए ।
स्मरण रहोस नेपाली जनताहरु त्यति धेरै लोभी पनि छैनन्, जसले धनैधनको रासको चाहना गर्दछ, उनीहरु जे जसरी आफ्नो निवासमा बसेका छन्, जहाँ बसेका छन्, उनीहरुले जसरी रम्छन्, र उनीहरुले जे खान्छन्, त्यहाँ जाने, उनीहरुले पकाएको खाना दाइदिने वातचित गर्ने वस, यतिमा नै उनीहरु आफूलाई स्वर्गतुल्य ठान्छन्, र अपार खुशी मान्छन् । यसकारण नेतृत्व र जिम्मेवारी सम्हालीरहेका व्यक्तित्वहरुले यसरी नै जनताहरुसँग प्रत्यक्ष खुशी मात्र साटे उनीहरु खुशी हुन्छन् । मानव जीवनमा खुशीको अर्को कुनै विकल्प छैन । यसलाई उदाहरणको रुपमा सबैले सिक्ने की ?