अपरेशन क्याक्टस: जत्तिखेर माल्दिप्स पुगेको थियो भारतीय सेना !
३ नोभेम्बर १९८८ मा माल्दिप्सका राष्ट्रपति मौमुन अब्दुल गयुम भारत भ्रमणमा जानेवाला थिए । उनलाई लैजानको लागि एक भारतीय विमान दिल्ली देखि मालेका लागी दिल्लीबाट उडान भरिसकेको थियो । त्यस्तो अवस्थामा भारतका प्रधानमन्त्री राजीव गान्धी एक चुनावको कार्यक्रममा दिल्ली भन्दा बाहिर जाने कार्यक्रम अचानक तय भयो ।
गयुमले गान्धीसँग कुराकानी गरेर अफु कुनै समयमा फेरी भारत आउने तय गरे । तर गयुमको बिरुद्धमा विद्रोहको योजना बनाईरहेका माल्दिप्सका व्यापारी अब्दुल्ला लुथुफी तथा उनका साथी सिक्का अहमद इस्माइल मानिकले विद्रोहलाई स्थगीत नगर्ने तय गरे ।
सुरुमा उनिहरुको योजना अनुसार विद्रोहको सुरुवात राष्ट्रपति मालेमा नभएको बेला शुरु गर्ने तय थियो । उनिहरुले श्रीलंकाको चरमपन्थी संगठन ‘प्लेट’ (पीपुल्स लिबरेशन आर्गनाइजेशन आफÞ तमिल ईलम)का लड़ाकुहरुलाई पर्यटकहरुको भेषमा स्पीड बोट्सको माध्यमबाट पहिलेनै माले पु¥याईसकेका थिए ।
त्यस समय माल्दिप्समा भारतका उच्चआयुक्त थिए ए के बैनर्जी । उनि गÞयुमको निर्धारित भारत भ्रमण्को सिलसिलामा दिल्ली गईसकेका थिए ।
भारत समक्ष सैनिक पठाउन अपिल
ए के बेनर्जी सम्झन्छन ‘म दिल्लीमा आफ्नो घरमा बिहानै गहिरो निन्द्रामा थिए । एकाविहानै साढे छ बजे मलाई फोन आयो ।’
एनले अगाडी भने ‘मालेमा मेरो सचिबले बताए कि त्यहाँ बिद्रोह भईसकेको छ । सडकमा मानिसहरु गोली चलाउँदै यता यता घुमी रहेका छन । राष्ट्रपति गयुम एक सुरक्षित घरमा लुकेका छन् ।
र उनले भारत सँग अपिल गरेका छन कि उनलाई बचाउन भारतले तुरुन्त आफ्नो सैनिक पठाओस ।’
एता विदेश मन्त्रालयका संयुक्त सचिब कुलदीप सहदेव लाई पनि मालेको भारतीय उच्चायोग बाट फÞोन आयो । उनले तुरुन्त यसको जानकारी प्रधानमंत्री कार्यालयका संयुक्त सचिव रोनेन सेन लाई दिए । उनले साउथ ब्लकमा आर्मी अपरेशन रुममा हुने उच्च स्तरीय बैठकमा बोलाए । जुन बैठकमा कलकत्ता बाट फर्कने बित्तिकै प्रधानमन्त्री राजीव गान्धी पनि भाग लिनेवाला थिए ।
मिशन ओवरसीज: डेयरिंग अप्रेसन्स बाई द इंडियन मिलिट्री
इंडियन एक्सप्रेस का सह संपादक सुशांत सिंह अफ्नो किताब ‘मिशन ओवरसीज डेयरिंग अपरेसन्स बाई द इंडियन मिलिट्री’ मा लेख्छन्, ‘राजीव गांधी रोनेन सेन तथा कुलदीप सहदेवकमा साथ मिलिट्री अपरेशन रूममा प्रवेश गरे । गृह उप मंत्री पी चिदंबरम ले त्यहाँ ‘नेशनल सिक्योरिटी गार्ड्स’ पठाउने प्रस्ताव गरे तर सेनाले त्यसलाई स्विकार गरेन ।’
उनले अगाडी बताए ‘‘र’ प्रमुख आनंद स्वरूप वर्माले भने कि मालेको हुलहुले हवाई अड्डामा सैयौं विद्रोहिले कब्जा गरेको खबर छ । रोनेन सेनले उनलाई चुप रहन भने । वास्तवमा माले मा जे भईरहेको थियो त्यसको सहि सुचना रोनेन सेन लाई थियो ।’
किन टेलिफोन क्रेडिलमा राखिएन् ?
सुशांत सिंह लेख्छन्, ‘माल्दिप्सका विदेश सचिव जकीले ७ आरसीआरमा सिधै फोन गरेका थिए जुन फोन सेनले आफैं उठाएका थिए । जकीले उनलाई बताए कि विद्रोहिहरुले उनको घरको ठिक अगाडी टेलिफोन एक्सचेंजमा कब्जा गरेका छन् । सेन ले उनलाई सल्लाह दिएकी तपाँईहरु टेलिफोन न राख्नुहोस । किनकी जब तपाँईहरुले टेलिफोन गर्नुहुन्छ छेलिफोन एक्सचेन्जको स्विचबोर्डको लाईट बन्द हुन्छ र विद्रोहि हरुलाई थाहा हुन्छ कि तपाँईहरु को संग कुरा गरिरहनुभएको छ । त्यसैले १८ घण्टासम्म पसरा अभियान नसकिउन्जेल सम्म टेलिफोन क्रेडिलमा राखिएन ।’
बैठकमा पहिले तय भयो कि आगराको ५० प्यारा ब्रिगेडका सैनिकहरुलाई मालेमा प्याराशुटको माध्यमबाट उतारिने छ । तर यस योजनामा एउटा समस्या थियो । उनिहरुलाई एक यस्तो ड्रपिङ जोनको आवश्यकता थियो जहाँ यदि उनिहरुको प्यारासुट बिग्रीईहाल्यो भने पनि उनिहरु ज्मिनमा उत्रन सकुन न कि समुद्र के पानीमा ।
माल्दिप्सको नाम समेत थाहा थिएन ब्रिगेडियरलाई
उनिहरुलाई सुरक्षित उत्रिनको लागी १२ फुटबलको मैदान जत्रो क्षेत्रको आवश्यकता थियो । त्यो मालेमा संभब थिएन ।
सैनिकहरुलाई प्यारासुटबाट समुन्द्रमा उतार्ने संभावना भने थियो तर यस्तो गरियो भने अत्यन्त तेज बहाब भएको उक्त समुन्द्रमा सैनिकहरुले आफ्नो प्यारासुट खोल्न नसक्ने अवस्था थियो । यस्तो अवस्थामा सैनिकहरु एउटा गह्रुङ्गो ढुङ्गा जस्तो गरि समुन्द्रको किनारामा भने उत्रन सक्ने स्थिती थियो ।
त्यसैले यस योजनामा अलमल नगर्ने फैसला भयो । बैठकमा सहभागी भएका मानिसहरुलाई यो पनि थाहा थिएन कि हुलहुले हवाई अड्डाको लम्बाई कति छ भनेर । जबकि त्यसलाई एक भारतीय कम्पनीले बनाएको थियो ।
राजीव गान्धीले रोनेन सेन लाई इंडियन एयरलाइंसका पायलटहरु संंग संपर्क गर्न निर्देशन दिए जो माले सम्मको उडान भर्दथे ।
जब बैठक सकिएपछि उप सेनाध्यक्ष लेफ्टिनेन्ट जनरल रोडरिग्सले ब्रिगेडियर फÞारूक बुल बलसारा लाई फोन गरेर पैराट्ूप्स तयार रहन भने बलसाराले यस भन्दा पहिले माल्दिप्सको नाम सम्म सुनेका थिएनन् । उनले आफ्नो इंटेलिजेंस अफिसर लाइब्रेरी बाट एक एटलस उठाए । जसबाट उनलाई थाहा भयो माल्दिप्स १२०० दिपहरुको समुह हो जो भारत के सुदूर दक्षिणी किनारा देखि ७०० किलोमीटर दक्षिण पश्चिममा छ ।
भारतीय सेनाको तयारी
बुलसाराले आफ्ना दुई अफिसरहरुलाई आगरा को पर्यटक केन्द्रमा पठाएर माल्दिप्सको बारेमा जत्ति हुन्छ जानकारि लिन निर्देशन दिए । यस बिचमा ब्रिगेडीयर वी पी मलिक जो पछि सेनाध्यक्ष बने,ले माल्दिप्सका भारतीय उच्चायुक्त ए के बैनर्जीलाई सैनिक विमानमा लिएर आगरा पुगे ।
ए के बैनर्जी बताउँछन्, ‘जब म अपरेशन रूममा पुगें टेवलमा हुलहुल हवाई अड्डाको ठाउँमा, गान हवाई अड्डाको नक्शा फैलिएको थियो । जो माले बाट ३०० किलोमीटरको दुरिमा थियो । देख्ने बित्तिकै म कराएँ र भने यो गलत नक्शा हो । यस बाट पनि थाहा हुनछ कि यत्रो ठुलो अपरेशनको लागि भारतीय सेनाको तयारी पर्याप्त थिएन ।
सुशान्त सिंह बताउँछन,‘बुलसाराको योजना थियो कि यदि हुलहुले हवाई अड्डामा त्यतिखेर सम्म विद्रोहिहरुले कब्जा गरिसकेका थिएनन् भने त्यहाँ विमान उतार्ने । तर यदि त्यस्तो अवस्था थिएन भने उनि आफ्नो छाताधारी सैनिकहरुलाई हवाई अड्डामा कब्जा गर्नको लागी तल उतार्ने छन । बुलसाराले तय गरे कि यदि त्यस्तो भयो भने उनि आफ्नो सैनिकहरुसंग सबैभन्दा पहिले तल ओर्लने छन् । त्यत्तिखेरै ब्रिगेडियर मलिकले भने कि किन हामी उच्चायुक्त बैनर्जी लाई यस अभियानमा अफ्नो साथ नलैजाने, किनकी उनलाई माले को बारे मा सम्पुर्ण जानकारी छ । जो हाम्रो काम आउँछ ।’
दुई शर्त
जब बेनर्जी लाई यो कुरा बताईयो उनि जानको लागी तयार भएनन् । बेनर्जी बताउँछन्, ‘मैले सेनाको साथमा जानको लागी दुई शर्त राखें । पहिलो यो कि यसको लागी विदेश मन्त्रालयको अनुमति लिनु पर्दछ तथा दोस्रो यो कि मलाई एक सेफ्टी रेजर उपलब्ध गराउनु पर्दछ ।
किनभनेम आफ्नो दिनको शुरुआत दाह्रि नबनाई गर्न सक्दिन । पहिलो शर्त तुरुन्त पुरा भयो तर दोस्रो शर्त पुरा गर्नको लागी रातीनै आर्मी क्यान्टीन खोलेर मेरो लागी एक शेविंग किट, टूथ ब्रश तथा तौलिया निकालियो ।’
यो पहिलो घटना थियो कि विदेश मंत्रालयको कुनै उच्च अधिकारी ठुलो सैनिक अभियानमा भारतीय सैनिकहरुको साथ भाग लिइरहेको थियो । जब छाताधारी सैनिकहरुले भरिएको विमानले आगराको खेरिया हवाई अड्डाको रनवेमा दौडि़न शुरू ग¥यो । त्यहाँ बसेका ६ प्याराका सैनिकहरुले नारा लगाए, ‘छतरी माता की जय !’
विमानले आकाशमा उड्न शुरु गरेको केहि मिनेटमै ब्रिगेडियर बुलसारा सुत्न गए. उनले आफ्नो प्यारा कमांडोको शुरुआती दिनहरुमानै यो पाठ सिकेका थिए कि कुनै पनि महत्वपुर्ण अभियान भन्दा पहिले राम्रो निन्द्रा पुग्न जरुरि छ ।
भारतीय सैन्य अभियानको ब्रेकिङ
त्यस विमानमा सवार लेफ्टिनेन्ट जनरल विनोद भाटिया बताउँछन्, ‘जब हामी भारतको सिमा भन्दा बाहिर निस्किइृम ब्रिटिश एयरवेजÞ को एक जहाजÞले हामीलाई देख्यो त्यतिखेर हामीले उनिहरुलाई बताउनु प¥यो कि हामी कहाँ गईरहेका छौं । सायद यहि कारण थियो कि बीबीसीले आफ्नो सात बजेको बुलेटिनमा भन्यो कि माल्दिप्सका राष्ट्रपतिलाई बचाउनको लागी भारतले सैनिक अभियान शूरु गरेको छ ।
जब भारतीय विमानले ल्याण्ड ग¥यो हवाई अड्डामा निक्कै अँध्यारो थियो । जब आई एल ७६ विमान रोकियो, तुरुन्तै १५० भारतीय सैनिक तथा केहि जिपहरु बहिर आए । केहि बेरमा दोस्रो विमान उत्रियो र उसले आनन फाननमा एटीसी, जेटी तथा हवाई पट्टीको उत्तरी र दक्षिणी किनारमा नियंत्रण ग¥यो ।
एटीसी बाटनै ब्रिगेडियर बुलसाराले राष्ट्रपति गÞयुम सँग उनको गोप्य ठेगानामा रेडियो बाट सम्पर्क स्थापित गरे ।
‘मिस्टर प्रेसिडेन्ट हामी आईपुगी सक्यौं’
सुशांत सिंह बताउँछन्, ‘ग्युमले बुलसारालाई भने कि जत्ति छिटो हुन सक्छ तपाँईहरु यहाँ आउनुहोस । किनभने सेफ हाउसलाई विद्रोहि हरुले घेरेर राखेका छन् तथा उनिहरु न्जिक आएर फायरिंङ गरिरहेको आवाज सुनिराखिएको छ । बुलसारा ले भने, ‘मिस्टर प्रेसिडेन्ट हम आईपुगिसकेका छौ तथा तपाँईलाई सुरक्षित निकाल्नको लागी पुरा पुर कोशिश गर्नेछौं ।’
जब भारतीय सैनिक सेफ हाउसको नजिक पुग्यो त्यहाँ निक्कै भयङकर गोलीबारी चलिरहेको थियो । बुलसाराले राष्ट्रपति ग्युमलाई भनेका थिए कि उनि आफ्नो सेफ हाउसको बाहिर गार्ड तैनाथ गरुन ताकि जब भारतीय सेना त्यहाँ पुग्छ गार्डहरुले गैयुम सम्म पु¥याउन सहयोग गर्ने छन् । तर माल्दिप्सको नेशनल सिक्योरिटी सर्भिसका लेफ्टिनेन्ट पनि ग्युमको संदेश पु¥याउन सकेनन् ।
ग्युमको सुरक्षा बलले भारतीय सैनिकहरुलाई अगाडी बढ्न राकि दियो । बुलसाराले गोली चलाउने आदेश दिन लागेका थिए उनका गार्डहरुले भारतीय सैनिकहरुलाई अगाडी बड्ने स्थान दिए । जब भारतीय सैनिक राष्ट्रपति ग्युमम कहाँ पुगे बिहानको २ बजे १० मिनेट भएको थियो । उनिहरुले राष्ट्रपति लाई अनुरोध गरे कि उनि, उनिहरु संग हुलहुले हवाई अड्डा जाउन, तर उनmे त्यहाँ जान मानेन् । उनले उनलाई नेशनल सिक्योरिटी सर्भिस को मुख्यालय लैजान जोड दिए ।
ग्युममले राजीव गान्धी सँग कुराकानी गरे
३ बजेर १५ मिनेटमा जब बुलसारा र ए के बेनर्जी एनएसएसको मुख्यालय पुग्दा भवनको चारै तिर विद्रोहिहरुको लास फैलिएका थिए ।
भवनमा थुप्रै गोलिहरुको निशानले भनिरहेका थिएकि विद्रोहिहरुले त्यस भवनलाई नियन्त्रणमा लिने पुरापुर कोशिश गरेका थिए ।
बेनर्जीलाई याद छ, ‘गयुम निक्कै डराएका देखिन्थे तर उनि पुरापुर आफ्नो नियनत्रणमा थिए । हामीलाई देखेर उनि निकै खुशी भए । उनले हामीलाई धन्यवाद दिए तथा भने उनि राजीव गान्धीसँग कुराकानी गर्न चाहान्छन् ।’
ठिक चार बजे बिहान सेटेलाइट फÞोनबाट राजीव गान्धीसँग संपर्क स्थापित भयो । रोनेन सेन लाई अहिलेपनि सम्झना छ राजीव गान्धी त्यस समय अफ्नो कंप्युटरको अगाडी बसेर एक हातले टाईप गरिरहेका थिए जस्तो उनि संधै गर्दथे । राष्ट्रपति ग्युमसँग कुराकानी गरिसकेपछिमात्रै उनि सुत्न गएका थिए ।
जब रोनेन सेन राजीव गान्धीको क्वाटरबाट निस्कन लागे राजीवले उनिसँग भने रक्षा मंत्री लाई मेरो तर्फबाट यस सफल अभियानको लागी बधाई दिनु । फेरि उनि मुस्कुराएर बोले ‘छोड्देउ उनि यस समय सुतिराखेका होलान ।’बीबीसी हिन्दि
नेपाली अनुवाद — ज्योति भट्टराई