Logo

सडक जाम गराएर केपी ओली बिजुली बसमा सरर


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बसमा यात्रा गरेर सिंहदरबार पुगेका छन् । साझा यातायातले संचालन ल्याएको बिजुलीबाछ चल्ने बस सेवाको उद्घाटनको क्रममा ओलीले बसको यात्रा गरेका हुन् ।

साझा यातायातले मंगलबारदेखि काठमाडौंमा विद्युतबाट चल्ने बस सेवा संचालनमा ल्याएको छ । नयाँ बस सेवाको उद्घाटन गर्दै ओलीले सडक जाम गराएर पुल्चोकदेखि सिंहदरबारसम्म यात्रा गरे ।

प्रधानमन्त्रीले यात्रा गर्दा पूरै सडक खाली गरिएको थियो । अगाडि–पछाडी सुरक्षाकर्मीले पहरा दिइरहेका थिए ।

बसमा प्रधानमन्त्रीसँगै पर्यटनमन्त्री रवीन्द्र अधिकारी, (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायतले थिए ।
बस सेवाको उद्घाटन गर्दै प्रधानमन्त्रीले सन् २०२० सम्म २० प्रतिशत विद्युतीय बस चल्ने बताए ।

साझाले एसियाली विकास बैंक (एडीबी) ले लुम्बिनी विकास कोषलाई दिएका पाँचवटा बिजुली बस संचालनमा ल्याएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नबन्दासम्म २० सिटे बिजुली बस काठमाडौँमा गुड्ने छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्